सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमान्डौ, जेन्जि अभियान्ताहरू राहत सामग्रीसहित रसुवा प्रस्थान ।
राष्ट्रिय जेन्जि नागरिक अभियानका अभियान्ताहरू रसुवा बाढीपीडितको उद्धार तथा राहतका लागि खाद्यान्न सामग्री लिएर रसुवा प्रस्थान गरेका छन्।
रसुवा जिल्ला, कालिका गाउँपालिका वडा नम्बर २ का बाढीपीडित नागरिकलाई स्थानीय जनप्रतिनिधिको समन्वयमा प्रत्यक्ष रूपमा भोलि बिहान राहत सामग्री वितरण गरिने अभियानका सह–संयोजक अजय सोडारीले बताउनुभयो।
राहत सामग्रीमा चामल, दाल, तेल, चिनी, नुनलगायतका अत्यावश्यक खाद्यान्न सामग्री रहेका छन्। स्थानीय नागरिक तथा वडा अध्यक्षसँग समन्वय गरी पीडितहरूको आवश्यकता अनुसार राहत सामग्री तय गरिएको अभियानले जनाएको छ।
अभियानका संयोजक सुनिल सिंहका अनुसार राहत सामग्री हस्तान्तरणसँगै अभियानका अभियान्ताहरूले बाढी प्रभावित क्षेत्रमा स्वयंसेवकको भूमिका समेत निर्वाह गर्नेछन्। उनीहरू नेपाली सेना र नेपाल प्रहरीसँग समन्वय गर्दै उद्धार, सरसफाइ तथा पुनर्स्थापनाका कार्यमा निरन्तर खटिनेछन्।
यो महाविपत्तिको सामना गर्न सबै नागरिकले आ–आफ्नो ठाउँबाट सक्दो योगदान र सहयोग गर्नुपर्ने राष्ट्रिय जेन्जि नागरिक अभियानले आह्वान गरेको छ।
टिममा,सुनिल सिंह,अजय सोडारी,प्रकाश बम,सुनिल बिक,गणेश बिक,सफल घिमिरे,विरजन विश्वकर्माले,किरेन्द्र सिंह,प्रदिप भट्टराई,शुशिल बुढाथोकी,धरिज बानिया छन ।।।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा