• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २६, शुक्रबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कांग्रेस महाधिवेशनको तिथिमिति तलमाथि हुँदैन : गगन थापा

      बाढी प्रभावितको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ : सांसद काउँचा 

      एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने डा.सुनिल शर्माको घोषणा

      बालेनलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगन थापा

      भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाभित्र अनधिकृत संरचना हटाउन सात दिनको समय

      प्रहरीको श्रञ्द्धाञ्जली कार्यक्रममा किन गएनन् आइजीपी ?

      युएसभी फार्माद्वारा एनएमए राहत अभियानलाई १ करोड ५० लाख सहयोग

      एकैदिन तोलामा झण्डै ५ हजारले घट्यो सुन, चाँदी के भयो ?

      ‘जलाकी’बाट डेब्यु अभिनेत्री साहारा हाङमा लिम्बुको चारित्रिक पोस्टर सार्वजनिक

      जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा जोड

      चिलिमे सुरुङमा फसेका कर्मचारीको उद्धारकार्य तीव्र, भित्रबाट प्रतिध्वनि र चिसो हावा आएपछि सकुशल रहेको आशा

      सोलुखुम्बुको हुङ्गा खोला पहिरोले थुनियो, तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

      रसुवा बाढीपीडित बालबालिकालाई काठमाडौंमा विद्यालय भर्ना

      आज युवाकवि मोतीराम भट्टको जन्मजयन्ती

      रसुवा बाढी : उद्धार टोली भग्नावशेष पन्छाउँदै पुग्यो चिलिमे टनेल नजिकै

    होमपेज /  समाचार

    रसुवा बाढीपीडित बालबालिकालाई काठमाडौंमा विद्यालय भर्ना

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २६, शुक्रबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २२ पटक पढिएको
  • काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट विस्थापित भएर काठमाडौं आइपुगेका १३२ जना बालबालिकाको विद्यालय शिक्षालाई काठमाडौं महानगरपालिकाले निरन्तरता दिन थालेको छ । नागार्जुनस्थित पहेँलो गुम्बामा आश्रय लिएर बसेका ती बालबालिकालाई महानगरले डल्लु आवास क्षेत्रमा रहेको गीतामाता स्कुलमा अध्ययनको व्यवस्था मिलाएको हो ।

    विद्यार्थीहरूका लागि पाठ्यपुस्तक र दिवा खाजाको प्रबन्ध गरिएको छ । पहिलो दिन ५९ जना बालबालिका कक्षाकोठामा उपस्थित भएका थिए । विपद्ले बालबालिकाको मनमा पुर्‍याएको गहिरो चोट कम गर्न र उनीहरूको आवश्यकता बुझ्न काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल स्वयं विद्यालय पुगेर विद्यार्थीलाई हौसला दिएकी छन् ।

    प्रधानाध्यापक तथा शिक्षकहरूसँग छलफल गर्दै कार्यवाहक प्रमुख डंगोलले भनिन्, ‘हाम्रो बोली–वचन र व्यवहारले बालबालिकालाई थप चोट नपुगोस्। उनीहरूसँग आत्मीय व्यवहार गरेर मनको आघात भुल्न सघाउनु । अहिल्यै किताब र पाठ घोकाउनुभन्दा पनि उनीहरूभित्र रहेको त्रास हटाउन परामर्शमा ध्यान दिनु।’

    विद्यार्थीलाई पढाइप्रति आकर्षित गर्न कार्यपालिका सदस्यहरू, जनप्रतिनिधि तथा शिक्षा विभागका अधिकारीहरूले विद्यालयमै पुगेर बालमैत्री वातावरण निर्माणका लागि सहजीकरण गरिरहेका छन् । विद्यालय आउनेमध्ये केही बालबालिकाले बाआमा दुवै गुमाएका छन् भने केहीका बुबा वा आमामध्ये एक जना मात्र जीवित छन् । परिवार भएका कतिपय बालबालिकाको पनि घर र बासस्थान पूर्ण रूपमा गुमेको छ ।

    विद्यालय जाने यी विद्यार्थीहरूका लागि ‘कोशिस नेपाल’ले स्कुल झोला, पोसाक र मनोसामाजिक परामर्शको व्यवस्था गरिदिएको छ । यस्तै, आश्रयस्थलबाट विद्यालयसम्म ल्याउन र पुर्‍याउन ‘एलआरआई स्कुल’ले यातायातको साधन उपलब्ध गराएको शिक्षा विभागका वरिष्ठ अधिकृत सुशील सुवेदीले जानकारी दिए ।

    विद्यालयमा दोस्रो दिन ६१ जना विद्यार्थी उपस्थित भएका छन् । गीतामाता स्कुलका प्रधानाध्यापक हरिकृष्ण श्रेष्ठका अनुसार विद्यालय आउन मानसिक रूपमा तयार भएका विद्यार्थीहरू विस्तारै कक्षामा फर्किरहेका छन् ।

    उनले भने, ‘गहिरो मानसिक तनावमा परेका बालबालिकालाई जबरजस्ती गरिएको छैन, परामर्श दिएर बिस्तारै सामान्य अवस्थामा फर्काउने प्रयास भइरहेको छ र विद्यार्थीको उपस्थिति दैनिक बढ्दै छ ।’

    महानगरको सम्पर्कमा रहेका १३२ जना बालबालिका प्रारम्भिक बालविकास (ईसीडी) देखि कक्षा १२ सम्म अध्ययनरत छन् । जसमा सबैभन्दा धेरै कक्षा १ मा ४५ जना रहेका छन् । त्यस्तै, इसीडी र कक्षा १० मा २–२ जना, नर्सरी, युकेजी र कक्षा १२ मा १–१ जना छन् ।

    यसैगरी कक्षा २ मा ८ जना, कक्षा ३ मा ११ जना, कक्षा ४ मा १२ जना, कक्षा ५ मा ९ जना, कक्षा ६ र ७ मा ६–६ जना, कक्षा ८ मा ११ जना, कक्षा ९ मा १० जना र कक्षा ११ मा ५ जना विद्यार्थी रहेको महानगरको तथ्यांक छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    बालेनलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगन थापा

    भेल्पा–हात्तिवन जग्गा एकीकरण आयोजनाभित्र अनधिकृत संरचना हटाउन सात दिनको समय

    प्रहरीको श्रञ्द्धाञ्जली कार्यक्रममा किन गएनन् आइजीपी ?

    युएसभी फार्माद्वारा एनएमए राहत अभियानलाई १ करोड ५० लाख सहयोग

    एकैदिन तोलामा झण्डै ५ हजारले घट्यो सुन, चाँदी के भयो ?

    जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाउने विषयमा जोड

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कांग्रेस महाधिवेशनको तिथिमिति तलमाथि हुँदैन : गगन थापा

    बाढी प्रभावितको मानसिक स्वास्थ्यलाई प्राथमिकता दिनुपर्छ : सांसद काउँचा 

    एक हजार बिरामीको निःशुल्क शल्यक्रिया गर्ने डा.सुनिल शर्माको…

    बालेनलाई निजी क्षेत्र हेर्नै मन पर्दैन : गगन…

    नवनियुक्त उद्योगमन्त्री दीपककुमार साहले लिए शपथ

    राष्ट्रिय सभाबारेको अभिव्यक्ति तोडमोड गरियो, चोट पुगेको भए…

    विवादस्पद अभिब्यक्तिको सर्वत्र विरोध भएपछि कानुनमन्त्रीले मागिन क्षमा

    उद्धारका नाममा थप असुरक्षा सिर्जना नगरौ : सांसद…

    आर्थिक

    सुनको मूल्य ३४ सय रुपैयाँले बढ्यो, चाँदी पनि महँगियो

    कालीमाटी फलफूल बजारका व्यवसायीद्वारा सहयोग

    प्रसारण लाइन मर्मतका क्रममा करेन्ट लागेर घाइते कर्मचारीलाई विद्युत् प्राधिकरणले दियो साढे १९ लाख क्षतिपूर्ति

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑