सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शहीदहरूको बलिदानबाट प्राप्त गणतन्त्र र राजनीतिक उपलब्धिविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको बताएका छन्।
काठमाडौंमा आयोजित शहीद सुरेश वाग्ले र भीमसेन पोखरेल ‘बैरागी’को २७औँ स्मृति सभालाई सम्बोधन गर्दै प्रचण्डले प्राप्त उपलब्धिको रक्षा गर्न सबै सचेत र दृढ भएर अघि बढ्नुपर्ने बताएका हुन्।
उनले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई समाप्त पार्ने प्रयास भइरहेको दाबी गरे। यस्तो अवस्थामा शहीदहरूको सपना, योगदान र बलिदानलाई आत्मसात् गर्दै नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्नुपर्नेमा उनले जोड दिए।
‘प्रतिक्रियावादी शक्तिहरूले आन्दोलन र बलिदानबाट प्राप्त उपलब्धिलाई निमिट्यान्न पार्ने प्रयास गरिरहेका छन्। यस्तो बेला शहीदहरूको सपना र योगदानलाई आत्मसात् गर्दै नयाँ संकल्प र ऊर्जाका साथ अघि बढ्नु आवश्यक छ,’ प्रचण्डले भने।
प्रचण्डले शहीदहरूको योगदानको सम्मान गर्दै उनीहरूले देखाएको बाटोअनुसार राजनीतिक उपलब्धिको संरक्षण र सुदृढीकरणमा लाग्नुपर्ने बताए।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा