• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र २३, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जेन–जी आन्दोलनका घाइते पवन खड्का पक्राउ, मन्त्री सहभागी कार्यक्रममा उठाए सरकारविरुद्ध आवाज

      एनआईएमबी अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा

      नेपाललाई डब्ल्यूएचओको सम्मान, अतिरिक्त सचिव डा.मिश्राले लिइन सम्मान

      क्षतिग्रस्त बानेश्वरस्थित संसद भवन बर्ष दिनपछि पनि उस्तै

      जेनजीको ढाडमा चढेर मन्त्री बनेकी सोबिता भन्छिन्: ‘स्मरण मात्र होइन, फेरि नदोहोरिने संकल्प गरौँ’

      जेनजी आन्दोलनपछि ‘एकथरिले सत्ता पाए, अर्काथरिले पीडा मात्र’ : कांग्रेस सहमहामन्त्री संग्रौला

      जेन्जी आन्दोलनमा घुसपैठ गराउने योजनाकार खोजेर कारबाही गरौँ : पोखरेल

      गणतन्त्रविरुद्ध प्रतिक्रियावादी चलखेल भइरहेको छ : प्रचण्ड

      शहीद ‘वासु’ र ‘बैरागी’को बलिदानले जनयुद्धलाई नयाँ उचाइ दिएको हो : प्रचण्ड

      अजय सोडारी भन्छन् : जेनजी आन्दोलन स्वर्णिम इतिहास हो तर सरकार म्यान्डेन अनुसार चलेन

      देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पूजा-आराधना

      परिवर्तनको एक वर्ष : जेनजीले के पाए, के गुमाए ?

      जेनजी बलिदानको सम्मान गर्दै मानव अधिकार आयोगको सिफारिस कार्यान्वयन गर्न आङदेम्बेको माग

      प्रधानमन्त्री राहत कोषमा १ करोड रुपैयाँ सहयोग गर्ने कांग्रेसको निर्णय

      विश्वकपमा ऐतिहासिक कीर्तिमानपछि एमबाप्पेको ब्यालोन डी’ओर सम्भावना बलियो

    होमपेज /  समाचार

    अजय सोडारी भन्छन् : जेनजी आन्दोलन स्वर्णिम इतिहास हो तर सरकार म्यान्डेन अनुसार चलेन

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ भाद्र २३, मंगलबार (३ घण्टा अघि)
    अनुमानित पढ्ने समय : २ मिनेट
  • ३३ पटक पढिएको
  • काठमाडौं । जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदा जेनजी अभियन्ता अजय सोडारीले सरकार आन्दोलनका मूल भावना र मागअनुसार अघि बढ्न नसकेको बताएका छन् ।

    जेनजी आन्दोलनका शहीद परिवार, घाइते र बन्दीका समस्या अझै समाधान नभएको तथा सुशासन, भ्रष्टाचार नियन्त्रण, रोजगारी सिर्जना र राज्यका निकायमा युवाको सम्मानजनक सहभागिताको सवाल पनि सम्बोधन हुन नसकेको उनको भनाई छ ।

    कुराकानीमा सोडारीले पछिल्लो समय रसुवा, नुवाकोट र धादिङमा गएको बाढीपहिरोपछि आफूहरूले देखेको अवस्थादेखि जेनजी आन्दोलनको एक वर्षसम्म सरकारको कार्यशैलीबारे धारणा राखे ।

    ‘रसुवा र नुवाकोटमा अणुबम खसेजस्तो अवस्था’

    सोडारीका अनुसार भदौ १० गते रसुवाबाट नुवाकोट हुँदै आएको बाढीपछि आफूहरू दोस्रो दिनदेखि नै प्रभावित क्षेत्रको अवलोकन तथा उद्धारका लागि पुगेका थिए ।

    त्रिशूली, देवीघाट, ढुङ्गेबजार, बेत्रावती हुँदै रसुवाको उत्तरगया, स्याफ्रुबेँसी र कालिकास्थानसम्म पुग्दा आफूहरूले जीवनमा कहिल्यै नदेखेको विध्वंस देखेको उनले बताए ।

    ‘सुन्दर बस्तीहरू, वर्षौंदेखि बस्दै आएका बजारहरू केही पनि देखिएनन् । केवल ध्वस्त भएको अवस्था थियो । मानौँ त्यहाँ कुनै अदृश्य देशले अणुबम खसालेको जस्तो भयो,’ उनले भने ।

    उनका अनुसार बाढी प्रभावित क्षेत्रमा बगरमा शव देखिने र कतिपय मानिस छटपटाइरहेको समेत देखिएको थियो ।

    उद्धारका लागि पुगे पनि आफूहरूसँग आवश्यक तालिम र उपकरण नभएकाले समन्वयकारी भूमिका निर्वाह गर्नुपरेको उनले बताए । प्रभावित क्षेत्रमा कम्मरसम्म हिलो र बालुवा जमेकाले उद्धार कार्य निकै कठिन भएको उनको भनाइ छ ।

    ‘सेनाले पनि अनुभवी र तालिमप्राप्तबाहेक अरूलाई उद्धारमा नजान भनिरहेको थियो। त्यसैले हामीले नेपाल आर्मी, सशस्त्र प्रहरी, जिल्ला प्रशासन र जिल्ला प्रहरीसँग समन्वय ग¥यौँ,’ सोडारीले भने ।

    उनले २०७२ सालको भूकम्पमा समेत आफूहरूले नदेखेको स्तरको विनाश यसपटक देखेको बताए ।

    ‘त्यो दृश्य अहिले पनि सम्झिँदा असहज महसुस हुन्छ। हामी निदाउनसमेत सकिरहेका छैनौँ,’ उनले भने ।

    ‘बाढी प्रभावित क्षेत्रमा सरकार देखिएन’

    बाढीपछि नुवाकोट हुँदै रसुवासम्मको स्थलगत अवस्था हेर्दा आफूले सरकारको प्रभावकारी उपस्थिति महसुस गर्न नसकेको सोडारीको आरोप छ ।

    ‘इमानदारिताका साथ भन्नुपर्छ, हामीले सरकार देखेनौँ,’ उनले भने ।

    आफूहरू राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेको उल्लेख गर्दै उनले त्यहाँ होल्डिङ सेन्टरमा बसेका बालबालिकाको अवस्था अत्यन्त दयनीय रहेको बताए ।

    ‘एउटा बच्चा एउटा चाउचाउको प्याकेट पर्खिरहेको थियो । खुट्टामा चप्पल थिएन । शरीरमा च्यातिएका कपडा थिए र ती कपडाबाट अझै हिलोको गन्ध आइरहेको थियो,’ उनले भने ।

    सरकारको राहत कोषमा ठूलो रकम जम्मा भएको, विभिन्न देश तथा दाताबाट राहत सामग्री आएको र नागरिकस्तरबाट पनि सहयोग जुटेको भए पनि ती सामग्री कहाँ र कसरी वितरण भइरहेको छ भन्नेबारे आफूहरू अन्योलमा परेको उनको भनाइ छ ।

    सोडारीले सरकार सामाजिक सञ्जाल र सञ्चारमाध्यममा धेरै देखिए पनि बाढी प्रभावितको वास्तविक भूगोलमा प्रभावकारी रूपमा उपस्थित हुन नसकेको आरोप लगाए ।

    ‘सरकार आकाशमा देखियो, सामाजिक सञ्जालमा धेरै देखियो । तर जहाँ बाढी आएको छ, जहाँ मानिस पीडित छन्, जहाँ उद्धार र राहत चाहिएको छ, त्यहाँ देखिएन,’ उनले भने ।

    ‘जेनजी आन्दोलनका मागमा खासै प्रगति भएन’

    जेनजी आन्दोलनको एक वर्ष पूरा हुँदा आन्दोलनका मूल मागहरू पूरा हुन नसकेको सोडारीको निष्कर्ष छ ।

    उनका अनुसार अहिले पनि १ हजार १ सयभन्दा बढी जेनजी युवाहरू विभिन्न कारागारमा रहेको र उनीहरूले झुटा मुद्दा खेपिरहेको अवस्था छ ।

    ‘आन्दोलनमा सहभागी भएकै भरमा, आन्दोलनको भिडियो बनाएकै भरमा युवाहरू जेलमा छन् । एक वर्ष भइसक्दा पनि उनीहरूको रिहाइ हुन सकेको छैन,’ उनले भने ।

    शहीद परिवारको पुनःस्थापना, क्षतिपूर्ति, रोजगारी तथा सामाजिक सुरक्षाका विषयमा पनि सरकारले पर्याप्त काम गर्न नसकेको उनको आरोप छ । त्यस्तै आन्दोलनका क्रममा घाइते भएकाहरूको अवस्था झनै पीडादायी रहेको उनले बताए ।

    ‘कसैका हात छैनन्, कसैका खुट्टा छैनन्, कसैका कान छैनन् । शरीरका विभिन्न अंग गुमाएका छन् । तर सरकारले कहिले समिति बनाउने, कहिले बैठक गर्ने गरेर उनीहरूलाई अल्झाइरहेको छ,’ उनले भने ।

    ‘सुशासन, भ्रष्टाचार नियन्त्रण र रोजगारीको अवस्था उस्तै’

    जेनजी आन्दोलनको मुख्य उद्देश्य सुशासन, भ्रष्टाचारको अन्त्य, नेपोटिजमको अन्त्य, रोजगारी सिर्जना र राज्यका निकायमा समान पहुँच रहेको उल्लेख गर्दै सोडारीले ती क्षेत्रमा अपेक्षित परिवर्तन नआएको बताए ।

    ‘अहिलेसम्म कति रोजगारी सिर्जना भए, कति भ्रष्टाचारी समातिए, कति भ्रष्टाचारको अन्त्य भयो ?’ उनले प्रश्न गरे ।

    उनले आन्दोलनको एउटा प्रमुख नाराका रूपमा रहेको ‘नेपो किड्स’ को विषयमा समेत अहिलेको राजनीतिक नेतृत्वमाथि प्रश्न उठाए ।

    ‘हिजो सडकमा नेपो किड्सविरुद्ध नारा लगाउनेहरू अहिले आफैँ त्यही संरचनाको हिस्सा बनेका छन् । हिजोको आन्दोलन र अहिलेको रहनसहन तथा अभिव्यक्तिबीच कसरी तालमेल भयो?’ उनले प्रश्न गरे ।

    ‘सरकार जेनजीकै हो, तर जेनजीका काम गरिरहेको छैन’

    सोडारीका अनुसार अहिलेको सरकार जेनजी आन्दोलनबाट सिर्जित राजनीतिक परिस्थितिको परिणाम हो । तर सरकारलाई जेनजीको सरकार भनिए पनि आन्दोलनका मूल उद्देश्यअनुसार काम हुन नसकेको उनले बताए ।

    ‘सरकार जेनजीकै हो, तर यसले जेनजीका काम गरिरहेको छैन,जेनजीको सरकार भनिए पनि आन्दोलनका मूल उद्देश्यअनुसार काम हुन सकेको छैन,’उनले भने ।

    जेनजी आन्दोलनसँग सम्बन्धित विभिन्न सम्झौता, आयोग र प्रतिवेदनको कार्यान्वयन हुन नसकेको उनले बताए ।

    उनका अनुसार संविधान संशोधनका लागि उच्चस्तरीय आयोग, आन्दोलनका घटनाको छानबिनका लागि न्यायिक आयोग, जेनजी परिषद् तथा घाइते र सहिद परिवारको पुनःस्थापनाका लागि संयन्त्र बनाउने विषयमा प्रतिबद्धता आए पनि ती कार्यान्वयनमा जान सकेका छैनन् ।

    ‘आन्दोलनको उभारलाई राजनीतिक लाभका लागि प्रयोग गरियो’

    जेनजी आन्दोलनपछि केही अभियन्ताहरू राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरी निर्वाचन लडेर सरकारमा पुगेको विषयमा पनि सोडारीले असन्तुष्टि व्यक्त गरे ।

    उनका अनुसार आन्दोलनका माग पूरा नभएसम्म निर्वाचन हुन नदिने बताउने केही अभियन्ता अन्ततः राजनीतिक दलमा प्रवेश गरेर सत्तामा पुगे ।

    ‘आन्दोलनका माग पूरा नभएसम्म चुनाव हुन दिन्नौँ भन्नेहरूले अन्तिममा अवसर पाएपछि पार्टीमा गएर चुनाव लडे र मन्त्री बने । यसले हामीलाई धोका भएको महसुस भयो,’ उनले भने ।

    उनले जेनजी आन्दोलनको राजनीतिक उभारलाई एउटा दलमा मिसाउने काम भएको समेत आरोप लगाए । सरकारसँग दुईतिहाइको बलियो जनसमर्थन भएकाले आफूहरू निर्विकल्प भएको जस्तो व्यवहार गर्न थालेको सोडारीको आरोप छ ।

    त्यससँगै सडकबाट युवाले खबरदारी गर्दा सरकार आत्तिएको र त्यसको परिणामस्वरूप धरपकड तथा मुद्दा चलाउने काम भइरहेको उनले बताए ।

    सुरुङ उद्धारका लागि विश्वमै प्रविधि नभएको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिप्रति समेत उनले प्रश्न उठाए । भारतको उत्तराखण्डमा सुरुङभित्र फसेकाहरूको उद्धार भएको उदाहरण दिँदै सोडारीले सरकारले तथ्य र अध्ययनका आधारमा बोल्नुपर्ने बताए ।

    ‘यति स्तरसम्मको अभिव्यक्ति दिन मिल्छ ? भारतले सुरुङभित्र फसेका मानिस निकालिसकेको उदाहरण छ । त्यसैले सरकारको जोस धेरै भए पनि यी अभिव्यक्ति र शैलीले होस नभएको देखाउँछ,’ उनले भने ।

    ‘सरकारले समस्या समाधान गर्नुपर्छ’

    सरकारले विगत ३५ वर्षमा हुन नसकेका काम पाँच महिनामै पूरा गर्न नसकिने तर्क गरिरहेकोप्रति सोडारी असन्तुष्ट छन् । उनका अनुसार अहिलेको परिवर्तन नै विगतमा अपेक्षित काम हुन नसकेकाले आएको हो ।

    ‘विगत ३५ वर्षमा देश भएन भनेर नै परिवर्तन आएको हो । अब फेरि ३५ वर्ष चाहियो भन्न मिल्छ, नेपाल प्रयोगशाला हो ?’ उनले प्रश्न गर्दै भने ।

    यद्यपि, उनले सरकारलाई दीर्घकालीन कामका लागि समय आवश्यक हुने कुरा आफूहरूले पनि बुझेको बताए । दक्षिण कोरिया, जापान र सिंगापुरजस्ता देशको विकासमा दशकौँ लागेको उदाहरण दिँदै उनले दीर्घकालीन योजनासँगै तत्काल जनजीविकाका समस्या समाधान गर्नुपर्ने बताए ।

    ‘महँगी नियन्त्रण, ग्यासको उपलब्धता, रोजगारी र जनताको दैनिक जीवनसँग जोडिएका समस्या तत्काल समाधान गर्नुपर्छ। दीर्घकालीन विकासका लागि अल्पकालीन र मध्यकालीन योजना पनि सँगसँगै अघि बढाउनुपर्छ,’ उनले भने ।

    ‘जेनजी आन्दोलनको मर्म नबिर्सियोस् सरकार’

    सोडारीले जेनजी आन्दोलनलाई कुनै व्यक्तिगत वा राजनीतिक स्वार्थपूर्तिको आन्दोलन नभई पुस्तागत असन्तुष्टिको अभिव्यक्ति भएको दाबी गरे ।

    उनका अनुसार आन्दोलनमा सहभागी युवाहरू सत्ता वा राजनीतिक पदका लागि सडकमा आएका थिएनन् । उनीहरू विगतको शासन, सत्ता र राजनीतिक प्रवृत्तिप्रति निराश भएर परिवर्तनका लागि सडकमा उत्रिएका थिए ।

    ‘यो देशका लागि गरिएको बलिदान थियो। जेनजी आन्दोलनका शहीद र घाइतेलाई हामी बिर्सँदैनौँ। आन्दोलनले उठाएका माग र मुद्दालाई पनि ओझेलमा पर्न दिँदैनौँ,’ उनले भने ।

    भदौ २३ गतेलाई आफूहरूले जेनजी पुस्ताका लागि गौरवपूर्ण दिनका रूपमा लिएको उनले बताए ।

    ‘भदौ २३ हाम्रा लागि स्वर्णिम दिन हो । नयाँ पुस्ताले उठाएको गर्विलो इतिहास हो । त्यो इतिहासलाई हामी जीवित राख्छौँ,’ सोडारीले भने ।

    एक वर्ष पूरा भएको अवसरमा आन्दोलनको समीक्षा गर्दै आगामी रणनीति तय गरिने उनले बताए । सरकारका काम, प्रतिबद्धता र कार्यान्वयनको अवस्थालाई सूक्ष्म रूपमा समीक्षा गरेर अघि बढ्ने उनको भनाइ छ ।

    सोडारीका लागि जेनजी आन्दोलनको एक वर्ष उपलब्धिभन्दा बढी समीक्षा र संघर्षको समय हो । आन्दोलनको स्मृतिका लागि स्वर्णिम, तर सरकारको कार्यशैलीका लागि ‘कालो दिन’ भएको सोडारीको ठहर छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    गुठी संस्थानविरुद्ध सडक जाम गरी जनकपुरधाममा प्रदर्शन

    बाढी प्रभावित बालबालिकालाई अभिभावकत्व र शिक्षामा विशेष ध्यान दिन आग्रह

    जेन–जी आन्दोलनका घाइते पवन खड्का पक्राउ, मन्त्री सहभागी कार्यक्रममा उठाए सरकारविरुद्ध आवाज

    नेपाललाई डब्ल्यूएचओको सम्मान, अतिरिक्त सचिव डा.मिश्राले लिइन सम्मान

    शहीद ‘वासु’ र ‘बैरागी’को बलिदानले जनयुद्धलाई नयाँ उचाइ दिएको हो : प्रचण्ड

    देश र जनताको कल्याणको कामनासहित राष्ट्रपतिबाट पशुपतिमा पूजा-आराधना

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गुठी संस्थानविरुद्ध सडक जाम गरी जनकपुरधाममा प्रदर्शन

    चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

    बाढी प्रभावित बालबालिकालाई अभिभावकत्व र शिक्षामा विशेष ध्यान…

    जेन–जी आन्दोलनका घाइते पवन खड्का पक्राउ, मन्त्री सहभागी…

    चीनबाट चौथो चरणको आपत्कालीन राहत सामग्री काठमाडौं आइपुग्यो

    विपत्तिमा बेपत्ता नागरिकहरूको खोजी तथा उद्धारलाई निरन्तरता दिन…

    राष्ट्रपतिद्वारा भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटको स्थलगत अवलोकन

    परराष्ट्रमन्त्री खनाल र माल्दिभ्सका विदेशमन्त्री आदमबीच टेलिफोन वार्ता,…

    आर्थिक

    एनआईएमबी अध्यक्ष पाँडे ४० लाख धरौटीमा रिहा

    नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव

    लक्ष्मी सनराइज बैंकद्वारा बाढी प्रभावितका लागि ३ करोड २४ लाख सहयोग

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑