सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशमशेर राणाले नयाँ राजनीतिक दल ‘जय नेपाल पार्टी’ दर्ता गराएका छन्।
राणाले शुक्रबार दलका समर्थकसहित निर्वाचन आयोग पुगेर नयाँ पार्टी दर्ता गराएका हुन्। उनले ७९ जना केन्द्रीय सदस्य रहने गरी पार्टी दर्ता गराएको बताइएको छ।
नयाँ पार्टीको चुनाव चिह्न ‘त्रिभुज’ राखिएको छ। पार्टीले आगामी राजनीतिक गतिविधि तथा संगठन विस्तारलाई अघि बढाउने तयारी गरेको छ।
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग नयाँ राजनीतिक शक्ति निर्माणका विषयमा सहकार्य गर्ने प्रयास भए पनि कुरा नमिलेपछि राणाले छुट्टै दल दर्ता गराएको बताइएको छ।
राणाको नयाँ दल दर्तासँगै आगामी निर्वाचनलाई लक्षित गर्दै नयाँ राजनीतिक शक्तिहरूको गठन र विस्तारको क्रम थप तीव्र हुने देखिएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा