सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा एमालेका सचिव महेश बस्नेतले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा लामो समयपछि नेपाल फर्किँदा विमानस्थलमा देखिएको भव्य स्वागतले सकारात्मक राजनीतिक सन्देश दिएको बताएका छन्।
देउवा नेपाल फर्किएपछि कांग्रेसका इतर पक्षका शीर्ष नेताहरूले उनलाई विमानस्थलमा बाजागाजासहित स्वागत गरेका थिए। उक्त स्वागतमा देखिएको ठूलो जनउपस्थितिले नेपालको राजनीतिमा स्थायित्व, लोकतान्त्रिक मूल्य र अनुभवी नेतृत्वप्रतिको जनविश्वास अझै कायम रहेको संकेत गरेको बस्नेतको भनाइ छ।
बस्नेतले सामाजिक सञ्जालमार्फत पछिल्लो एक वर्षदेखि बिथोलिएको नेपालको राजनीति अब क्रमशः ‘कोर्स करेक्सन’को दिशामा अघि बढ्नुपर्ने जनचाहना बलियो हुँदै गएको अनुभूति भएको बताएका छन्।
उनले देउवाको स्वागतमा देखिएको भिडलाई केवल एक राजनीतिक नेताको स्वागतका रूपमा मात्र नभई पछिल्लो राजनीतिक परिस्थितिप्रतिको जनभावनासँग जोडेर व्याख्या गरेका छन्।
बस्नेतका अनुसार राजनीतिक स्थायित्व, लोकतान्त्रिक मूल्य र अनुभवी नेतृत्वप्रति जनताको विश्वास अझै जीवित रहेको कुरा देउवाको स्वागतका क्रममा देखिएको भिडले पुष्टि गरेको छ। पछिल्लो राजनीतिक अस्थिरताबीच देखिएको यस्तो जनउपस्थितिले मुलुकको राजनीति सुधार र स्थायित्वको दिशामा अघि बढ्नुपर्ने सन्देश दिएको उनको बुझाइ छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा