• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • वर्षासँगै देशका ७ सडकखण्ड अवरुद्ध

      प्रधानमन्त्री बालेनलाई सभामुख अर्यालले भनेः संसदमा आएर बोलिदिनु पर्यो

      मन्त्रालयमा ‘एसीको हावा’ खाँदै बसेर देश भेट्न सकिँदैन : अध्यक्ष राई

      भृकुटीमण्डपमा नाइमा एक्स्पोको रौनक, ५५ ब्रान्डका सवारीसाधन प्रदर्शनमा

      सांसद स्वाँरको कटाक्ष : प्रधानमन्त्री कुम्भकर्णको निद्रामा हुनुहुन्छ, भेट्नै सकिदैन् 

      जलेका स्रेस्ताको विषयमा कानुन संशोधन गर्न सरकार तयार : अर्थमन्त्री

      एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ

      मन्त्री बादी र अष्ट्रेलियाका राजदूत अन्स्र्टबीच शिष्टाचार भेट

      भारतको झारखण्डमा विद्यार्थी आन्दोलन चर्कियो, विधानसभा घेराउ

      सरकारलाई अञ्जन श्रेष्ठको चेतावनी: सरकारी उद्योग मात्र चलाउने नीति मान्दैनौं

      सप्तरीका युवा क्रिकेटर उपेन्द्र रायको निधन

      स्थिर सरकार र स्पष्ट नीतिबिनाको अर्थतन्त्रमा लगानी आउँदैन : वीरेन्द्रराज पाण्डे

      विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

      जाजरकोटमा ४.१ म्याग्निच्युडको भूकम्प, आसपासका जिल्लामा पनि धक्का महसुस

      सुनको मूल्यमा भारी बृद्धि , कतिमा हुँदैछ कारोबार ?

    होमपेज /  समाचार

    भारतको झारखण्डमा विद्यार्थी आन्दोलन चर्कियो, विधानसभा घेराउ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण २६, मंगलबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २६ पटक पढिएको
  • भारतको झारखण्डमा विद्यार्थी आन्दोलन चर्कियो, विधानसभा घेराउ

    काठमाडौं । भारतको झारखण्डमा परीक्षा तथा सरकारी कर्मचारी भर्ती प्रक्रियामा कथित अनियमितताको विरोधमा विद्यार्थी तथा रोजगारीका आकांक्षीको आन्दोलन चर्किएको छ । आन्दोलनकै क्रममा अखिल भारतीय विद्यार्थी परिषद् (एबीभीपी) ले मंगलबार पुरानो विधानसभादेखि नयाँ विधानसभासम्म विरोध प्रदर्शन गरेको छ ।

    झारखण्ड लोकसेवा आयोग (जेपीएससी) र झारखण्ड स्टाफ सेलेक्सन कमिसन (जेएसएससी) का परीक्षार्थीले लामो समयदेखि विभिन्न माग राख्दै आन्दोलन गर्दै आएका छन् ।

    विशेषगरी जेएसएससीको संयुक्त स्नातक तह (सीजीएल) परीक्षा रद्द गर्नुपर्ने, परीक्षामा भएको भनिएको अनियमितताबारे केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) बाट छानबिन गर्नुपर्ने तथा सरकारी भर्ती प्रक्रियामा सुधार गर्नुपर्ने माग उनीहरूले अघि सारेका छन् ।

    सोमबार पनि जेपीएससी र जेएसएससीका परीक्षार्थीले विधानसभातर्फ ‘घेराउ’ मार्च गरेका थिए । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले लाठीचार्ज र पानीको फोहोरा प्रयोग गरेको थियो । त्यसपछि विद्यार्थी आन्दोलन थप राजनीतिक विषय बनेको हो ।

    झारखण्ड विधानसभामा विपक्षी दलका नेता तथा भारतीय जनता पार्टी (भाजपा) का नेता बाबुलाल मरान्डीले विद्यार्थीमाथि बल प्रयोग गरेर उनीहरूको आवाज दबाउन नसकिने बताएका छन् । उनले विद्यार्थीको मुख्य माग सीबीआई छानबिन रहेको दाबी गर्दै दोषीलाई कारबाही र निर्दोषलाई सफाइ दिन निष्पक्ष अनुसन्धान आवश्यक रहेको बताए । सरकारले विद्यार्थीको माग स्वीकार गर्नुको सट्टा बल प्रयोग गरेर आन्दोलन दबाउन खोजेको आरोप लगाउँदै उनले आन्दोलन झारखण्डका गाउँ–गाउँसम्म फैलिने चेतावनी दिए ।

    सोमबार प्रदर्शनका क्रममा प्रशासनले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेको भन्दै भाजपा झारखण्डले विद्यार्थीको समर्थनमा मंगलबार राज्यव्यापी बन्द आह्वान गरेको मरान्डीले बताए ।

    यता सत्तारूढ झारखण्ड मुक्ति मोर्चा (जेएमएम) की सांसद महुआ माजीले भने भाजपाले विद्यार्थीलाई राजनीतिक रूपमा उक्साइरहेको आरोप लगाएकी छन् । उनले विद्यार्थीका अधिकांश माग सरकारले स्वीकार गरिसकेको दाबी गर्दै बाँकी विषय पनि सरकारले अध्ययन गरिरहेको बताइन् ।

    माजीका अनुसार विद्यार्थीका करिब ९८ प्रतिशत माग स्वीकार भइसकेका छन् भने बाँकी २ प्रतिशत माग सरकारको प्रत्यक्ष क्षेत्राधिकारमा नरहेको दाबी गरिन् । जेएसएससी–सीजीएल परीक्षासम्बन्धी विषय अदालतमा विचाराधीन रहेकाले परीक्षा रद्द गर्ने निर्णय तत्काल गर्न नसकिने उनको भनाइ छ ।

    उनले सीजीएल परीक्षा रद्द गर्दा परीक्षामा सहभागी अन्य युवामाथि अन्याय हुन सक्ने बताइन् । झारखण्डका मुख्यमन्त्री हेमन्त सोरेनले पनि विद्यार्थीका मागबारे अध्ययन गर्ने आश्वासन दिएको उनले उल्लेख गरिन् ।

    विद्यार्थी आन्दोलनले राजनीतिक रूप लिएसँगै राँचीमा सुरक्षा व्यवस्था कडा पारिएको छ । परीक्षा तथा भर्ती प्रक्रियामा पारदर्शिता र निष्पक्ष छानबिनको माग गर्दै विद्यार्थी तथा रोजगारीका आकांक्षीको प्रदर्शन जारी रहेकाले झारखण्डमा राजनीतिक तनावसमेत बढेको छ । एएनआई

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    वर्षासँगै देशका ७ सडकखण्ड अवरुद्ध

    मन्त्रालयमा ‘एसीको हावा’ खाँदै बसेर देश भेट्न सकिँदैन : अध्यक्ष राई

    जलेका स्रेस्ताको विषयमा कानुन संशोधन गर्न सरकार तयार : अर्थमन्त्री

    एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ

    मन्त्री बादी र अष्ट्रेलियाका राजदूत अन्स्र्टबीच शिष्टाचार भेट

    सप्तरीका युवा क्रिकेटर उपेन्द्र रायको निधन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वर्षासँगै देशका ७ सडकखण्ड अवरुद्ध

    प्रधानमन्त्री बालेनलाई सभामुख अर्यालले भनेः संसदमा आएर बोलिदिनु…

    मन्त्रालयमा ‘एसीको हावा’ खाँदै बसेर देश भेट्न सकिँदैन…

    भृकुटीमण्डपमा नाइमा एक्स्पोको रौनक, ५५ ब्रान्डका सवारीसाधन प्रदर्शनमा

    भारतीयपछि चिनियाँ राजदुतसँग प्रधानमन्त्री बालेनको भेटवार्ता, भोलि अमेरिकी…

    पहिरो र लेदोले बीपी राजमार्ग अवरुद्ध, यातायातका साधन…

    समावेशीता नारामा मात्र नभई राज्यका नीति र स्रोतमा…

    डिम्ब तस्करीमा पक्राउ परेकी डा. नूतन शर्मा हाजिर…

    आर्थिक

    सुनको मूल्यमा भारी बृद्धि , कतिमा हुँदैछ कारोबार ?

    नेशनल लाइफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ सम्मेलन सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

    माछापुच्छ्रे बैंकको ‘बिल जितौं’ सुविधा सञ्चालन, दैनिक १ लाख र बम्परमा १० लाख रुपैयाँ जित्ने अवसर

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑