• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • प्रधानमन्त्री बालेनलाई सभामुख अर्यालले भनेः संसदमा आएर बोलिदिनु पर्यो

      मन्त्रालयमा ‘एसीको हावा’ खाँदै बसेर देश भेट्न सकिँदैन : अध्यक्ष राई

      भृकुटीमण्डपमा नाइमा एक्स्पोको रौनक, ५५ ब्रान्डका सवारीसाधन प्रदर्शनमा

      सांसद स्वाँरको कटाक्ष : प्रधानमन्त्री कुम्भकर्णको निद्रामा हुनुहुन्छ, भेट्नै सकिदैन् 

      जलेका स्रेस्ताको विषयमा कानुन संशोधन गर्न सरकार तयार : अर्थमन्त्री

      एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ

      मन्त्री बादी र अष्ट्रेलियाका राजदूत अन्स्र्टबीच शिष्टाचार भेट

      भारतको झारखण्डमा विद्यार्थी आन्दोलन चर्कियो, विधानसभा घेराउ

      सरकारलाई अञ्जन श्रेष्ठको चेतावनी: सरकारी उद्योग मात्र चलाउने नीति मान्दैनौं

      सप्तरीका युवा क्रिकेटर उपेन्द्र रायको निधन

      स्थिर सरकार र स्पष्ट नीतिबिनाको अर्थतन्त्रमा लगानी आउँदैन : वीरेन्द्रराज पाण्डे

      विश्वकै उच्च करको बोझमा नेपाली अटोमोबाइल क्षेत्र : अञ्जन श्रेष्ठ

      जाजरकोटमा ४.१ म्याग्निच्युडको भूकम्प, आसपासका जिल्लामा पनि धक्का महसुस

      सुनको मूल्यमा भारी बृद्धि , कतिमा हुँदैछ कारोबार ?

      बजेट पेश गर्न नसकेका ४ नगरपालिकामा सहजीकरण गर्दै मन्त्रालय, सहसचिव नेतृत्वको टोली आज फिल्डमा जाँदै

    होमपेज /  समाचार

    संघसँग प्रदेशको गुनासो : कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय राष्ट्रिय बैठकमा उठाउने

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण २६, मंगलबार (४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २९ पटक पढिएको
  • संघसँग प्रदेशको गुनासो : कर्मचारीदेखि ट्राफिक जरिवानासम्मका विषय राष्ट्रिय बैठकमा उठाउने

    विराटनगर । कोशी प्रदेश सरकारले प्रदेशमा देखिएका विकास तथा प्रशासनिक समस्या समाधानका लागि संघीय सरकारसमक्ष पुनः दबाब बढाउने भएको छ ।

    विराटनगरमा सम्पन्न कोशी प्रदेशस्तरीय विकास समस्या समाधान समितिको बैठकले संघीय सरकारबाट सम्बोधन हुन नसकेका विभिन्न विषय राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा समेत उठाउने निर्णय गरेको हो ।

    बैठकले संघीय निजामती सेवा ऐन तत्काल ल्याउनुपर्ने, प्रदेशका संरचना निर्माणका लागि आवश्यक जग्गा उपलब्ध गराउनुपर्ने, प्रहरी समायोजन गर्नुपर्ने तथा प्रदेशको अधिकार क्षेत्रभित्र पर्ने यातायातसम्बन्धी ट्राफिक जरिवाना प्रदेश सञ्चित कोषमा जम्मा हुने व्यवस्था गर्नुपर्ने विषयलाई प्राथमिकताका साथ अघि बढाउने निर्णय गरेको छ ।

    प्रदेश योजना आयोगका उपाध्यक्ष तारानाथ निरौलाका अनुसार संघीय निजामती ऐन नआउँदा प्रदेशमा कर्मचारी व्यवस्थापनमा समस्या भइरहेको छ । संविधानले प्रदेशलाई दिएको अधिकार कार्यान्वयन गर्न आवश्यक संघीय कानुन नबन्दा प्रदेश सरकारको काम प्रभावित भइरहेको विषयमा बैठकमा छलफल भएको उनले जानकारी दिए ।

    प्रदेशलाई आफ्ना प्रशासनिक तथा अन्य संरचना निर्माणका लागि आवश्यक सरकारी जग्गा उपलब्ध गराउने, जग्गा संरक्षण तथा भोगाधिकार सुनिश्चित गर्ने विषय पनि संघीय सरकारसमक्ष पुनः उठाउने निर्णय गरिएको छ ।

    यस्तै, ट्राफिक प्रहरीले उठाउँदै आएको जरिवाना संघीय सञ्चित कोषमा नभई प्रदेश सञ्चित कोषमा जम्मा हुनुपर्ने विषयलाई पनि बैठकले प्राथमिकतामा राखेको छ । यातायात क्षेत्र प्रदेशको अधिकार क्षेत्रभित्र पर्ने भएकाले ट्राफिक जरिवानाबाट प्राप्त रकम प्रदेशमै जम्मा हुनुपर्ने दाबी प्रदेश सरकारले गर्दै आएको छ ।

    स्थानीय तहमा खटाइने प्रमुख प्रशासकीय अधिकृतलाई एकमुष्ट रूपमा प्रदेशमा पठाउनुपर्ने विषय पनि बैठकले संघीय सरकारसमक्ष उठाउने निर्णय गरेको छ ।

    प्रहरी समायोजनलगायत प्रदेशको अधिकार कार्यान्वयनसँग सम्बन्धित ऐन तथा कानुनका विषय पटकपटक उठाउँदा पनि संघीय तहबाट अपेक्षित सुनुवाइ नभएको विषयमा समेत बैठकमा छलफल भएको उपाध्यक्ष निरौलाले बताए ।

    स्थानीय तहमा काम गरेका कर्मचारीको सरुवा तथा अवकाशपछि पाउने सेवा सुविधासम्बन्धी व्यवस्थामा समेत अन्योल रहेको भन्दै देशभर लागू हुने गरी एउटै स्पष्ट अवधारणा आवश्यक रहेको विषय बैठकमा उठाइएको उनले जानकारी दिए ।

    बैठकले प्रदेशस्तरबाट समाधान गर्न सकिने विषयलाई मन्त्रालय तहबाटै तत्काल सम्बोधन गर्ने र संघीय सरकारबाट सम्बोधन गर्नुपर्ने विषय सम्बन्धित मन्त्रालयमार्फत अघि बढाउने निर्णय गरेको छ । मन्त्रालयबाट समेत समाधान हुन नसकेका विषय राष्ट्रिय विकास समस्या समाधान समितिमार्फत अघि बढाउने तयारी गरिएको छ ।

    बैठकमा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशमा देखिएका समस्या मन्त्रालय तहबाटै तत्काल निरूपण गर्न निर्देशन दिए । उनले कानुन र संवैधानिक मर्यादाभित्र रहेर मात्रै काम अघि बढाउन मन्त्री तथा सचिवहरूलाई आग्रह गरे ।

    संघीय सरकारसमक्ष पटकपटक उठाइएका कतिपय विषय अझै समाधान नभएको उल्लेख गर्दै मुख्यमन्त्री कार्कीले ती विषयलाई थप सशक्त ढंगले अघि बढाउनुपर्ने बताए ।

    बैठकमा कोशी प्रदेश सरकारका मन्त्री, प्रमुख सचिव, सचिव तथा प्रदेश योजना आयोगका उपाध्यक्ष र सदस्यहरूको सहभागिता रहेको थियो ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    मन्त्रालयमा ‘एसीको हावा’ खाँदै बसेर देश भेट्न सकिँदैन : अध्यक्ष राई

    जलेका स्रेस्ताको विषयमा कानुन संशोधन गर्न सरकार तयार : अर्थमन्त्री

    एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ

    मन्त्री बादी र अष्ट्रेलियाका राजदूत अन्स्र्टबीच शिष्टाचार भेट

    भारतको झारखण्डमा विद्यार्थी आन्दोलन चर्कियो, विधानसभा घेराउ

    सप्तरीका युवा क्रिकेटर उपेन्द्र रायको निधन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    प्रधानमन्त्री बालेनलाई सभामुख अर्यालले भनेः संसदमा आएर बोलिदिनु…

    मन्त्रालयमा ‘एसीको हावा’ खाँदै बसेर देश भेट्न सकिँदैन…

    भृकुटीमण्डपमा नाइमा एक्स्पोको रौनक, ५५ ब्रान्डका सवारीसाधन प्रदर्शनमा

    सांसद स्वाँरको कटाक्ष : प्रधानमन्त्री कुम्भकर्णको निद्रामा हुनुहुन्छ,…

    भारतीयपछि चिनियाँ राजदुतसँग प्रधानमन्त्री बालेनको भेटवार्ता, भोलि अमेरिकी…

    पहिरो र लेदोले बीपी राजमार्ग अवरुद्ध, यातायातका साधन…

    समावेशीता नारामा मात्र नभई राज्यका नीति र स्रोतमा…

    डिम्ब तस्करीमा पक्राउ परेकी डा. नूतन शर्मा हाजिर…

    आर्थिक

    सुनको मूल्यमा भारी बृद्धि , कतिमा हुँदैछ कारोबार ?

    नेशनल लाइफको ‘रेजिङ द बार, रिडिफाइनिङ सक्सेस’ सम्मेलन सम्पन्न, उत्कृष्ट शाखा र कर्मचारी सम्मानित

    माछापुच्छ्रे बैंकको ‘बिल जितौं’ सुविधा सञ्चालन, दैनिक १ लाख र बम्परमा १० लाख रुपैयाँ जित्ने अवसर

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑