सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । धवल शमशेर जबरा र दुर्गा प्रसाईं ले नयाँ राजनीतिक दल गठन गरेका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएर छुट्टै राजनीतिक अभियान सञ्चालन गर्दै आएका उनीहरूले आफ्नो नयाँ दलको नाम ‘जय नेपाल पार्टी’ राखेका हुन्।
नयाँ पार्टीमा धवल शमशेर जबरा सभापति रहनेछन् भने दुर्गा प्रसाईंलाई सर्वोच्च नेताको जिम्मेवारी दिइएको छ।
उनीहरूले दल दर्ताका लागि आगामी साउन २८ गते निर्वाचन आयोग मा आवश्यक कागजातसहित निवेदन दर्ता गर्ने तयारी गरेका छन्।
राप्रपाबाट अलग भएपछि जबरा र प्रसाईंले नयाँ राजनीतिक शक्ति निर्माणको अभियान अघि बढाइरहेका थिए। अब औपचारिक रूपमा ‘जय नेपाल पार्टी’ गठन गर्दै उनीहरू वैकल्पिक राजनीतिक शक्तिका रूपमा अघि बढ्ने तयारीमा रहेका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा