• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण २०, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • जनताका आशा–अपेक्षा फेरि टुट्न थाले : विप्लव

      सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड काउन्सिलको दाबी

      लगानी बोर्डको सीईओमा यांकी नियुक्त

      उच्च नैतिक चरित्र भएका न्यायाधीश आवश्यक छ : सुलभ खरेल

      म्यान्मारमा ‘मिसेस ग्राण्ड इन्टरनेशनल-२०२६’: नेपालको प्रतिनिधित्व गर्न प्रतिक्षा थापा प्रस्थान

      नेपाल टेलिकमको सेवाग्राहीलाई विशेष अवसर, पौषसम्म बक्यौता बुझाए जरिवाना छुट

      एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

      International गाजाबाट सेना फिर्ता गर्न इजरायल असहमत

      भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

      भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

      अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे सहमति

      सम्झौता उल्लंघन गरेको आरोपमा उद्योगलाई स्पष्टीकरण, पत्र बुझ्न नमानेपछि गेटमै टाँसियो

      राष्ट्र बैंक नियमन नियन्त्रणका लागि मात्र होइन, उत्पादनमा सक्रिय हुनुपर्छ : अर्थमन्त्री वाग्ले

      मुआब्जा विवादले १८ महिनादेखि मुगुको गमगाड पुलमा आवतजावत ठप्प

      ट्रक पदुर्घटना हुँदा एक जनाको मृत्यु

    होमपेज /  समाचार

    साउनमा भरिभराउ सन्तानेश्वर, विश्वभरका धार्मिक पर्यटक भित्र्याउने लक्ष्य

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण १९, मंगलबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४७ पटक पढिएको
  • ललितपुर । काठमाडौं सिनामंगलकी सिर्जना रोक्का करिब सात बर्षअघि ललितपुरको गोदावरी नगरपालिका–१३ मा रहेको सन्तानेश्वर मन्दिरमा दर्शन गरेर फर्किएको थिइन । लामो समयदेखि निःसन्तान भएकाले सन्तान प्राप्तीका लागि कामना गरेकी थिइन । दर्शन गरेको डेढ बर्षपछि उनले सप्तान प्राप्त भयो ।

    ‘करिब सात बर्ष पहिले मन्दिरमा सन्तान प्राप्त होस भनेर कामना गर्न आएकी थिए । यहाँ विधिपूर्वक पूजा गरेर फर्किएको डेढ बर्षपछि मेरो सन्तान भयो । जे मागेकी थिए पूरा भयो । त्यसैले सन्तानेश्वर महादेवप्रति विश्वास छ,’ नेपाल न्यूज बैंकसँग उनले सुनाइन ।

    साउनको तेस्रो सोमबार सन्तानेश्वरमै दर्शन गर्न पुगेकी उर्मिला थापा पनि मन्दिरमा पुगेर दर्शन गर्दा जे माग्यो त्यही पुग्छ भन्ने विश्वास गर्छिन् । ‘यो आस्था हो भगवानप्रति, विश्वास हो । यहाँ दर्शन गरेपछि सन्तान प्राप्त भएको धेरैले सुनाउनु भएको छ । मलाई पनि ठूलो विश्वास छ,’ थापाले भनिन् ।

    समुन्द्री सतहबाट १५०७ मिटरको उचाईमा रहेको यो मन्दिर पछिल्लो समय चर्चामा छ । भक्तजनहरुको थामिनसक्नु भीड छ । साउन महिनाका हरेक सोमबार भक्तालुहरुको घुइँचो लागिरहेको छ । साउनका हरेक सोमबार मन्दिरको प्राग्ङण भरिभराउ देखिने गरेको छ ।

    गर्भगृहमा सन्तानेश्वर महादेवको शिलास्वरुप रहेको विश्वास मानिएको मन्दिरको आफ्नैखाले धार्मिक एवम पौराणिक विश्वास छ । पौराणिककालमा बाह्रैवटै राशीहरु यस स्थानमा आएर शिवजीको तपस्या आराधना गरेको हुनाले यस स्थानको नाम झरुवारासी रहेको भन्ने जनविश्वास छ ।

    पौराणिक किंबदन्ती अनुसार द्वापरयुगमा श्रीकृष्णले सन्तान प्राप्तीको लागि यहाँ आएर शिवजीको आराधना गरेपश्चात् प्रत्येक पत्नीहरुबाट दश छोरा र एक छोरी प्राप्त भएका थिए ।

    मन्दिरका पूजारी गंगाराम गौतमका अनुसार सन्तानका ईश्वर भएकाले सन्तानेश्वर भनिएको हो । ‘जुनबेला सतीदेवी सती जानुभयो, त्यस पछाडि महादेवले लिएर घुम्ने क्रममा यहाँ आइपुग्दा सतीदेवीको माथिल्लो ओठ पतन भई सन्तानेश्वर महादेव उत्पत्ति हुनुभएको हो । निःसन्तान दम्पत्तिका लागि सन्तान प्राप्त हुने विश्वास मात्र होइन व्यवहारमै सन्तान प्राप्त भएको धेरैले सुनाउने गरेका छन् । विशेष गरेर साउनको सोमबार चाहिँ असाध्यै भीडभाड हुन्छ,’ गौतमले भने ।

    मन्दिरमा हरितालिका तीज, जनै पूर्णिमा, नयाँ बर्षमा अत्याधिक भीड हुने गरेको गौतमले जानकारी दिए । ‘यहाँ मेचीदेखि महाकाली मात्र नभएर देश–विदेशदेखि पनि सन्तान प्राप्तीको भाकल लिएर यहाँ आउनुहुन्छ,’ उनले अगाडि भने,‘म जुनसुकै बेला मन्दिरमै हुन्छु । हरेक दिन तीनचार जोडी सन्तान प्राप्तीको कामना गर्दै मन्दिरमा पूजा गरिरहनु भएको हुन्छ । १२ बर्षसम्म सन्तान नभएकाहरु यहाँ दर्शन गरेपछि सन्तान प्राप्त भएको अनुभव सुनाउने गर्नुहुन्छ ।’

    सन्तानेश्वर महादेव मन्दिर कैलाश पर्वत संरक्षण तथा सम्बद्र्धन सेवा संघमा आवद्ध पवन रावलनका अनुसार मन्दिरप्रति धेरै व्यक्तिहरुको आस्था र विश्वास छ । ‘मन्दिरप्रति धार्मिक विश्वास बढेपछि हामीले भौतिक पूर्वाधारका क्षेत्रमा ठूलो परिवर्तन ल्याएका छौं । २०६८ सालमा गुरु योजना नै बनाएर विकास गरिरहेका छौं,’ उनले भने ।

    मन्दिरलाई नगरपालिका, स्थानीयबासी, दान र व्यवस्थापन समितिको अगुवाइमा मन्दिरको भौतिक पूर्वाधार बृहत सुधार गरेपछि दिनहुँ भक्तजनहरुको संख्या बढ्दै गएको छ । गोदावरी नगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष भाष्कर थापाका अनुसार नगरपालिका र सन्तानेश्वर महादेव मन्दिर कैलाश पर्वत संरक्षण तथा सम्बद्र्धन सेवा संघको संयुक्त पहलमा प्रशस्त कामहरु भएका छन् ।

    ‘५०–५० प्रतिशतका हिसाबले पूर्वाधारको काम भइरहेको छ । मन्दिर समितिका अध्यक्ष आफैं इन्जिनियर भएकाले पूर्वाधारको डिजाइनमा ठूलो सघाउ पुगेको छ । हामीले वडा र नगरपालिकामार्फत बर्षेनी विभिन्न शिर्षकमा बजेट विनियोजन गरेर काम गरिरहेका छौं । यसलाई विश्वभर चिनाउने हाम्रो लक्ष्य हो,’ थापाले भने ।

    सन्तानेश्वर मन्दिरमा पुग्नका लागि सातदोबाटो देखि हुँदै गोदावरीरोड, बाँडेगाउँको सडक मार्फत पुग्न सकिन्छ । त्यसबाहेक ठैवदेखि वा चापागाउँ दोबाटो हुँदै बज्रबाराहीको दर्शन गर्दै पनि पुग्न सकिन्छ । त्यस्तै र सुमेरु अस्पताल हुँदै नागदह हुँदै पनि सन्तानेश्वरमा दर्शन गर्न पुग्न सकिन्छ ।

    मन्दिरमा साउन महिनाभरीका लागि विभिन्न धार्मिक कार्यक्रमहरु संचालन गरिएको छ । मन्दिरका संरक्षक डा.चिन्तामणि योगीले साउनको तेस्रो सोमबारका दिन विशेष प्रवचन दिएका थिए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    जनताका आशा–अपेक्षा फेरि टुट्न थाले : विप्लव

    उच्च नैतिक चरित्र भएका न्यायाधीश आवश्यक छ : सुलभ खरेल

    नेपाल टेलिकमको सेवाग्राहीलाई विशेष अवसर, पौषसम्म बक्यौता बुझाए जरिवाना छुट

    International गाजाबाट सेना फिर्ता गर्न इजरायल असहमत

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    सम्झौता उल्लंघन गरेको आरोपमा उद्योगलाई स्पष्टीकरण, पत्र बुझ्न नमानेपछि गेटमै टाँसियो

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    जनताका आशा–अपेक्षा फेरि टुट्न थाले : विप्लव

    सुनको मूल्यमा भारी गिरावट आउन सक्ने वर्ल्ड गोल्ड…

    लगानी बोर्डको सीईओमा यांकी नियुक्त

    उच्च नैतिक चरित्र भएका न्यायाधीश आवश्यक छ : सुलभ…

    लगानी बोर्डको सीईओमा यांकी नियुक्त

    अनसनरत नर्स अभियन्ता रानाभाट र सरकारबीच १९ बुँदे…

    अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार…

    अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालय मातहत राख्ने विधेयक समितिबाट…

    आर्थिक

    एकैदिन तोलामा ४ हजार २ सयले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

    भरतपुरमा भूमिगत विद्युत वितरण प्रणाली अन्तिम चरणमा

    नबिल बैंकको नाफा ३३.५० प्रतिशतले बढ्यो, लाभांश क्षमता १९.१० प्रतिशत पुग्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑