सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पाकिस्तानका पूर्वक्रिकेटर Shahid Afridi ले ब्रड पिकमा हिमपहिरोमा परी निधन भएका विश्वप्रसिद्ध नेपाली पर्वतारोही निर्मल ‘निम्स’ पुर्जा (निम्स दाइ)प्रति गहिरो दुःख व्यक्त गरेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत श्रद्धाञ्जली अर्पण गर्दै अफ्रिदीले केही नायकहरू रंगशालामा होइन, संसारका सबैभन्दा अग्ला हिमालहरूमा आफ्नो साहस देखाउने बताएका छन्। उनले निम्स दाइले साहस, अनुशासन र अटल दृढसंकल्पका माध्यमबाट असम्भवलाई पनि सम्भव बनाउन सकिने प्रमाणित गरेको उल्लेख गरेका छन्।
अफ्रिदीले ब्रड पिकमा निम्स दाइसहित अन्य पर्वतारोहीहरूको दुःखद निधनको खबरले आफू अत्यन्त मर्माहत भएको भन्दै उनीहरूको साहस र समर्पणले भावी पुस्तालाई पनि प्रेरणा दिइरहने विश्वास व्यक्त गरेका छन्। साथै उनले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै दिवंगत पर्वतारोहीहरूप्रति श्रद्धाञ्जलि अर्पण गरेका छन्।
८,०४७ मिटर अग्लो ब्रड पिक आरोहणका लागि गएको १० सदस्यीय अन्तर्राष्ट्रिय टोली गत बिहीबार करिब ६,६०० मिटर उचाइमा पुगेका बेला हिमपहिरोमा परेको थियो। पाकिस्तान अल्पाइन क्लबका अनुसार ट्र्याकिङ उपकरणबाट प्राप्त तथ्यांकले टोलीका सदस्यहरू हिमपहिरोले सयौं मिटर तलसम्म बगाएको देखाएको थियो।
उक्त टोलीमा नेपालका निम्स दाइ, पुरबहादुर गुरुङ (युक्ता), किली पेम्बा शेर्पा, निमा शेर्पा, नावाङ थिन्दु शेर्पा र ग्यालु शेर्पा तथा अमेरिका, ओमान, पाकिस्तान र चीनका चार विदेशी आरोही सहभागी थिए। ड्रोन र उद्धार टोलीको सहयोगमा सबै १० जनाको मृत्यु भएको पुष्टि भएको थियो।
विश्वभर ‘निम्स दाइ’का नामले परिचित निर्मल पुर्जाले सन् २०१९ मा ६ महिना ६ दिनमै विश्वका ८ हजार मिटरभन्दा अग्ला १४ वटै हिमाल आरोहण गरेर विश्व कीर्तिमान कायम गरेका थिए। पूर्व ब्रिटिस गोर्खा सैनिकसमेत रहेका उनले नेपाली पर्वतारोहणलाई अन्तर्राष्ट्रिय स्तरमा नयाँ उचाइमा पुर्याएका थिए।
उनको निधनप्रति विश्वभरका नेताहरू, खेलाडी, पर्वतारोही तथा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूले श्रद्धाञ्जलि व्यक्त गरिरहेका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा