सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता तथा सांसद मनिष झाले रास्वपाका कार्यकर्ता हिन्दुवादी अभियानमा सहभागी हुन सक्ने बताएका छन्। पार्टीको सदस्य हुनु र व्यक्तिगत धार्मिक आस्थाअनुसार कुनै अभियानमा आबद्ध हुनु व्यक्तिगत स्वतन्त्रताको विषय भएकाले यसलाई अनावश्यक रूपमा विवादको विषय बनाउन नहुने उनको भनाइ छ।
आइतबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद झाले हिन्दु सम्राट सेनाको तर्फबाट सरकारसँग भएको वार्तामा सहभागीमध्ये एक जना रास्वपाका सदस्य रहेको स्वीकार गरे। उक्त विषय सार्वजनिक भएपछि पार्टीको आलोचना भएको प्रसंगमा उनले धार्मिक अभियानमा सहभागी हुनु र पार्टीको सदस्य हुनु फरक–फरक विषय भएको स्पष्ट पारे।
उनले हिन्दु सम्राट सेनासँग भएको वार्तामा रास्वपाका सदस्यको सहभागिताले आन्दोलनलाई हिंसात्मक बाटोमा जान नदिई संवादमार्फत समाधान खोज्न सहयोग पुगेको दाबी गरे। उनका अनुसार सरकार र आन्दोलनकारीबीच करिब साढे नौ घण्टा लामो वार्ता भएको थियो, जसमा आन्दोलनकारीका मागहरूलाई संवैधानिक, व्यावहारिक र सामाजिक दृष्टिकोणबाट कार्यान्वयनयोग्य बनाउने विषयमा विस्तृत छलफल गरिएको थियो।
झाले गृह मन्त्रालय, मधेश प्रदेश सरकार, जनकपुरधाम उपमहानगरपालिका तथा स्थानीय जनप्रतिनिधिको सहभागितामा भएको वार्तामा कार्यान्वयन गर्न सकिने र उचित मागहरूलाई मात्रै अघि बढाउने सहमति खोजिएको बताए। पहिलो चरणको वार्तामा केही पक्ष सहभागी हुन नसकेपछि दोस्रो चरणमा थप दुई घण्टा छलफल गरिएको र त्यसक्रममा आन्दोलनकारीले थप ६ वटा नयाँ माग प्रस्तुत गर्नुका साथै केही पुराना माग संशोधनको प्रस्ताव राखेको उनले जानकारी दिए।
सुरक्षा निकायका अधिकारी तथा गृहमन्त्री सुधन गुरुङले आवश्यक आश्वासन दिएपछि आन्दोलनकारी पक्ष सन्तुष्ट भएको दाबी गर्दै उनले केही राजनीतिक दलले वार्ता असफल बनाउन प्रयास गरे पनि त्यो सफल हुन नसकेको टिप्पणी गरे।
सांसद झाले समाजमा अस्थिरता र हिंसा फैलाउने गतिविधिबाट सबै पक्ष सचेत रहनुपर्नेमा जोड दिँदै संवाद, सहमति र शान्तिपूर्ण समाधान नै लोकतान्त्रिक अभ्यासको उचित मार्ग भएको बताए।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा