सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले प्रभु बैंककी चिफ बिजनेस अफिसर (सीबीओ) रश्मी पन्तलाई बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ।
सिआइबीका प्रवक्ता तथा एसएसपी अनुपम शमशेर जबराका अनुसार पन्तलाई बुधबार काठमाडौंको तीनकुनेबाट नियन्त्रणमा लिइएको हो। उनीविरुद्ध बैंकिङ कसुरअन्तर्गत अनुसन्धान भइरहेको र अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाउने प्रक्रिया सुरु गरिएको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार पन्तमाथि बैंकबाट प्रवाह गरिएको कर्जा रकमको दुरुपयोगसँग सम्बन्धित आरोपमा अनुसन्धान भइरहेको छ। यही प्रकरणमा यसअघि रूपन्देहीका ५८ वर्षीय शशिधर शर्मालाई पनि पक्राउ गरिएको थियो। एशियन भिलेज रिसोर्ट प्रालिका अध्यक्ष रहेका शर्मालाई सिआइबीले असार ३० गते नियन्त्रणमा लिएको थियो।
अनुसन्धानबाट शर्माले प्रभु बैंकबाट लिएको ४८ करोड रुपैयाँ कर्जा रिसोर्ट निर्माण तथा जग्गा खरिदका लागि स्वीकृत गरिए पनि उक्त रकम अन्य ऋणी कम्पनीहरूको बक्यौता भुक्तानी गर्न प्रयोग गरिएको प्रारम्भिक निष्कर्ष देखिएको प्रहरीले जनाएको छ। नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले तयार पारेको विशेष स्थलगत निरीक्षण प्रतिवेदनमा समेत यसबारे उल्लेख रहेको बताइएको छ।
प्रहरीका अनुसार बैंकको नाममा जग्गा दृष्टिबन्धक नगरी पछि गर्ने भन्ने कबुलियतनामाका आधारमा कर्जा प्रवाह गरिएको तथा पारिवारिक सम्बन्धका कारण बैंकिङ प्रक्रिया दुरुपयोग भएको आशंकामा अनुसन्धान केन्द्रित गरिएको छ।
यही प्रकरणसँग जोडिएर प्रभु बैंककी सीबीओ रश्मी पन्तलाई नियन्त्रणमा लिई बैंकिङ कसुरसम्बन्धी थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा