सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेर बन्द भएको छ। दिनभर उतारचढाव देखिएको बजार अन्ततः ३३.२८ अंक अर्थात् १.२१ प्रतिशतले घट्दै २७०१.३२ विन्दुमा पुगेको हो।
सोमबार सेयर बजारमा कारोबार रकम पनि अघिल्लो कारोबार दिनको तुलनामा घटेको छ। नेप्सेका अनुसार ३६० कम्पनीका एक करोड ३९ लाख २५ हजार ३३७ कित्ता सेयर ६९ हजार ८०३ पटक खरिद–बिक्री हुँदा कुल ६ अर्ब ८ करोड ८ लाख ६३ हजार २५४ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा अधिकांश कम्पनीको सेयरमूल्य ओरालो लागेको छ। ३६ कम्पनीको सेयरमूल्य बढ्दा २३४ कम्पनीको मूल्य घटेको छ भने पाँच कम्पनीको सेयरमूल्य स्थिर रहेको छ।
क्षेत्रगत रूपमा हेर्दा १३ वटा उपसमूहमध्ये बैंकिङ र म्युचुअल फन्ड समूह मात्रै हरियो रहे। बैंकिङ समूहको सूचक ०.१० प्रतिशत र म्युचुअल फन्ड समूहको सूचक ०.१५ प्रतिशतले बढेको छ।
यता विकास बैंक समूह १.८२ प्रतिशत, फाइनान्स ०.७० प्रतिशत, होटल तथा पर्यटन २.२२ प्रतिशत, जलविद्युत् १.९० प्रतिशत, लगानी ०.७० प्रतिशत, जीवन बीमा १.२५ प्रतिशत, उत्पादन तथा प्रशोधन २.३० प्रतिशत तथा लघुवित्त समूह १.२७ प्रतिशतले घटेका छन्। त्यसैगरी निर्जीवन बीमा समूह १.२१ प्रतिशत, अन्य समूह १.६९ प्रतिशत र व्यापार समूह २.२३ प्रतिशतले ओरालो लागेको छ।
व्यक्तिगत कम्पनीतर्फ एभरेस्ट कलर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी १४.९९ प्रतिशतले लाभ कमाएका छन्। विपरीत रूपमा आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडका लगानीकर्ताले १३.३८ प्रतिशतले सेयरमूल्य गुमाएका छन्।
कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स लिमिटेड अग्रस्थानमा रहेको छ। उक्त कम्पनीको सोमबार ३३ करोड ८६ लाख ६६ हजार ५८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, कारोबार भएका सेयर संख्याका आधारमा ग्लोबल आईएमई बैंक लिमिटेड सबैभन्दा अगाडि रह्यो। बैंकको १० लाख ८९ हजार २३१ कित्ता सेयर किनबेच हुँदा अन्तिम कारोबार मूल्य प्रतिकित्ता २५५ रुपैयाँ कायम भएको नेप्सेले जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा