• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १२, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, ‘हरितक्रान्ति र समृद्धि’लाई राष्ट्रिय अभियान बनाउने निर्णय

      जेन–जी अभियन्ता ढुंगानाको चेतावनीः ‘आन्दोलनको मर्मअनुसार सरकारले काम नगरे विरोधमा उभिन्छौँ’

      शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश

      सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण, निष्पक्ष छानबिन र संयमता अपनाउन आग्रह

      सुनसरी घटनाको प्रभाव कोशी–मधेशसम्म, कफ्र्युकाबीच प्रदर्शन

      कर्णालीको मुख्यमन्त्रीमा एमालेको समर्थनमा नेकपाका शाहीले गरे दावी पेस

      गोपालमान श्रेष्ठको निधनले लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति : राष्ट्रपति पौडेल

      वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

      वीरगन्जमा निर्माणाधीन पुलको खाल्डोमा डुबेर दुई बालिकाको मृत्यु

      कांग्रेस नेता गोपालमान श्रेष्ठको  निधन

      प्रविधिको दुरुपयोगले मानव बेचबिखनका चुनौती बढायो : हरिवंश

      मानव बेचबिखनको बदलिँदो स्वरूप रोकथाम गर्न सामूहिक प्रयास आवश्यक : आईजीपी कार्की

      माईतीघरमा लघुवित्त पिडितहरुको सामुहिक आमरण अनसन (तस्विरसहित)

      असारमा तिरिएको भ्याट भदौको बिलमा समायोजन हुने

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो १२४५ जनालाई कारबाही

    होमपेज /  राजनीती

    पार्टीभित्र कमजोरी भएकाले यस्तो अवस्था आयो, अब वैचारिक पुनर्गठनको आवश्यक छ : शंकर पोख्रेल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण ११, सोमबार (१ दिन अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ४८ पटक पढिएको
  • काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले पार्टीभित्र आन्तरिक कमजोरी भएकै कारण यो अवस्था आएको स्वीकार गर्दै अब वैचारिक पुनर्गठनको आवश्यक रहेको बताएका छन् । धेरै कार्यक्रममा पोखरेलले नेतृत्वको कमजोरी अस्वीकार गर्ने नेताको पहिचान बनाएका पोखरेल आइतबार एमाले लुम्बिनी प्रदेश कमिटीले गरेको मिशन पार्टी जागरण अभियान शुभारम्भ कार्यक्रममा नेताकार्यकर्तासँग खुलेर आफ्ना कमजोरी स्वीकार गरेका हुन् ।

    ‘हाम्रै कमजोरीले यो अवस्था आएको हो, अलिकति सूचना पनि आएकै थिए कमजोरी कहाँ छन् भन्ने त्यो बेलैमा सल्टाउन सकिएन, अब वैचारिक पुनर्गठनको आवश्यक छ । आन्तरिक कमजोरी भएकै कारण यो अवस्था आयो भन्न हिचकिचाउनु पर्दैन,’ उनले भने, ‘काम नगरेर पार्टीलाई सुधार गर्न सकिन्न । पार्टी जीवनमा सबैभन्दा ठुलो पराजय हो यो । कार्यकर्तामा चरम निराशा पनि छ ।’

    उनले पार्टी शुद्धि करणसहितको रूपान्तरण तयार रहेको बताए । ‘हामी जुन वर्गलाई लक्षित गरेर राजनीति गर्दै आयौ उनीहरू हामीसँग रहेनन्, हामीलाई विश्वास गरेनन्, भूमिहीनले विश्वास गरेनन्, विदेश गएका श्रमजीवी वर्ग पनि हाम्रो साथमा रहेनन् । पार्टी बलियो बनाउने आधार भत्कियो । उत्पीडित वर्गको नेतृत्व युट्युवरले गरे,’ उनले भने, ‘विद्यार्थीहरू हाम्रो साथमा रहेनन् । किसान आन्दोलनबाट हुर्केको पार्टीलाई किसानले विश्वास गरेनन् । हाम्रो पार्टी सत्तामा हुँदा न्याय हुन्छ भन्ने विश्वास भएन । शिक्षकहरू हिजो गाउँ गाउँमा संगठन गर्थे, उनीहरूले पनि विश्वास गरेनन् । त्यसैले अब कसैको निर्देशनभन्दा पनि आफैले जानेर योजना बनाएर काम गर्नुपर्यो ।’

    महासचिव पोखरेलले कार्यकर्ताको भावना र पार्टीको बृहत्तर हितका लागि खुला रूपले निर्णय गर्न तयार रहेको बताए । उनले समाजमा सामाजिक सञ्जालबाट गलत भाष्य बनाइएका कारण आफूहरूले गरेका राम्रा कामहरू नकारात्मक मात्रै अघि बढाइएको बताए ।

    ‘एउटा समय आयो कि हाम्रा राम्रा कुरा पनि सुन्न नचाहने अवस्था आयो । सहरिया, नवयुवा, विदेश बसेका र सुकुम्वासीहरू हामीबाट टाढिए भनेर स्थानीय चुनावपछि नै थाहा भएकै हो, त्यही आधारमा मिशन ग्रासरूट चलायौँ र सफल भयो । तर युवालाई जे गर्ने भनेका थियौ, त्यो भएन । हामी असफल भयौँ,’ उनले भने, ‘अरू पनि युवा केन्द्रित कार्यक्रम भए तर प्रभावकारी भएन । समस्या पहिचान पनि भएको हो । समग्रतामा हामीले समीक्षा नगरी भएन भन्ने हो ।’

    उनले समस्या के हो ? जनताको मनोभावना किन बुझिएन ? र प्रतिस्पर्धा को सँग कसरी गर्ने भन्ने विषयमा कमजोरी भएको बताए ।

    ‘सरकारका माध्यमबाट हामी बलियो हुन खोज्यौँ तर वर्ग सङ्घर्षलाई हामीले बुझ्न सकेनौँ, सिडिओ र राम्रो हाकिम खोज्दै हिँड्यौ । यसरी हामी जनताबिच जाने हैन, जनता हामीकहाँ आउने बनायौ । यो कार्यशैली उल्टो भयो । हामी सत्तामुखी भयौ, जनतामुखी भयौँ,’ उनले भने ।

    प्रदेश सरकारमा नयाँ गठबन्धनबारे कांग्रेस नै नचाहेर भएको बताए । ‘हामी काङ्ग्रेससँग मिल्ने पक्षमा नै थियौ, उनीहरूबिच सहमति हुन सकेन । नेतृत्व हेरफेर नगर्ने भनेको उनैले हो । तथापि बजेट पूर्व हेरफेर गर्न तयार भएन,’ उनले भने, ‘हाम्रै प्रदेश नेतृत्वले पनि समस्या आयो । यसो भयपछि सबै मिलौँ भनियो तर कांग्रेस तयार भएन । यस अर्थमा यो बाध्यताको परिणाम हो ।’

    महासचिव पोखरेलले सरकारबारे टिप्पणी गर्दै यसको जग लोकप्रियतावाद, अराजकतावाद भएकाले जनस्तरमा त्यो सन्देश पुराउनुपर्ने बताए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कांग्रेसको नीति प्रतिष्ठानमा केन्द्रीय पदाधिकारी तथा सदस्यलाई थप जिम्मेवारी

    केपी ओलीलाई नविना लामाको सन्देश: विद्यार्थी नेताले नै एमालेको नेतृत्व सम्हाल्ने समय आयो

    जनयुद्धको तयारी गर्दा नरबहादुर कर्मचार्यसँग धेरै सल्लाह भएको थियो : प्रचण्ड

    इतिहास संरक्षण नगरे आन्दोलनको योगदान हराउँछ : सहसंयोजक नेपाल

    विदेशीका सामु झुक्नुपर्ने आवश्यकता छैन : माधवकुमार नेपाल

    भदौ २३–२४ को घटनाको वैज्ञानिक समीक्षा नगरी चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    उज्यालो नेपाल पार्टीको केन्द्रीय समिति बैठक सम्पन्न, ‘हरितक्रान्ति…

    जेन–जी अभियन्ता ढुंगानाको चेतावनीः ‘आन्दोलनको मर्मअनुसार सरकारले काम…

    शेखर गोल्छालाई १ करोड धरौटीमा छाड्न अदालतको आदेश

    सुनसरी घटनाप्रति रास्वपाको ध्यानाकर्षण, निष्पक्ष छानबिन र संयमता…

    गोपालमान श्रेष्ठको निधनले लोकतान्त्रिक आन्दोलनमा अपूरणीय क्षति :…

    पिआर लिएका दुई नापी अधिकृतलाई भविष्यमा सरकारी सेवाबाट…

    सुनसरी घटबनापछि गृहको कडा कदमः सीडीओसहित सुरक्षा निकायका…

    सांसदलाई स्वकीय सचिव राख्ने निर्णयविरुद्ध सर्वोच्चको कारण देखाऊ…

    आर्थिक

    हिरोको विद्युतीय ब्रान्ड ‘भीआईडिए’को नेपालमा औपचारिक प्रवेशसँगै अन्तर्राष्ट्रिय यात्रा सुरु

    तोलामा ४३ सयले घट्यो सुन, कतिमा हुँदैछ कारोबार ?

    ३३ अंङ्कले घटेर २७०१ विन्दुमा पुग्यो बजार, कारोबार रकम पनि घट्यो

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑