• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १०, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कानुनी वातावरणबिना विकास सम्भव छैन : मन्त्री गौतम

      एमबीबीएसको प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ : ठाकुर गैरे

      कांग्रेसको नीति प्रतिष्ठानमा केन्द्रीय पदाधिकारी तथा सदस्यलाई थप जिम्मेवारी

      यस्तो छ माइतीघर डुबानको कारण

      एपीएफ स्कुलको ११ करोड हिनामिना प्रकरण : इन्स्पेक्टर कल्पना गुरुङलाई पाँचौँपटक म्याद थप

      के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?

      के नियमित कफी सेवनले मुटुसम्बन्धी रोगहरूको जोखिम कम हुन्छ ?

      विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

      डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू

      केपी ओलीलाई नविना लामाको सन्देश: विद्यार्थी नेताले नै एमालेको नेतृत्व सम्हाल्ने समय आयो

      हेटौँडामा रक्ताम्य अवस्थामा पुरुष मृत फेला, प्रहरी अनुसन्धान तिब्र

      दिल्लीमा सीजेपीको प्रदर्शन स्थगित, जन्तर–मन्तरबाट आन्दोलन फिर्ता

      डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू

      परीक्षा शुरु भएको पाँच मिनेटमै एमबीएसको प्रश्नपत्र आउट गर्नेहरू पक्राउ

      एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

    होमपेज /  राजनीती

    केपी ओलीलाई नविना लामाको सन्देश: विद्यार्थी नेताले नै एमालेको नेतृत्व सम्हाल्ने समय आयो

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ श्रावण १०, आईतबार (११ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५१ पटक पढिएको
  • काठमाडौं । नेकपा एमालेकी नेतृ तथा अनेरास्ववियुकी पूर्वअध्यक्ष नविना लामाले पार्टी रूपान्तरणमा विद्यार्थी नेता तथा अनेरास्ववियुका पूर्वनेताहरूको भूमिका निर्णायक हुने बताएकी छन्। उनले समयअनुकूल नेतृत्व विकास गर्दै पार्टीलाई नयाँ ऊर्जा दिन पूर्वअखिलको सक्रिय भूमिका आवश्यक रहेको धारणा व्यक्त गरिन्।

    ‘पार्टी रूपान्तरणमा पूर्वअखिलको भूमिका’ विषयक कार्यक्रममा बोल्दै लामाले नेपालमाथि विदेशी शक्तिहरूको चासो बढ्दै गएको दाबी गर्दै पूर्व र पश्चिम दुवैतर्फका शक्तिहरूले नेकपा एमालेको नेतृत्वमा अघि बढेको कम्युनिष्ट आन्दोलनलाई सहज रूपमा नहेरेको बताइन्।

    उनले एमालेले अघि सारेका विकास, समृद्धि र राष्ट्रियताका एजेण्डाहरू कमजोर नरहेको उल्लेख गर्दै ती एजेण्डालाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न नसक्दा आलोचना खेप्नुपरेको स्वीकार गरिन्। नेतृत्व र कार्यदिशामा देखिएका कमजोरीबारे आत्मसमीक्षा गर्दै पार्टीलाई समयअनुकूल ढंगले अघि बढाउनुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो।

    ‘देशविदेशी शक्तिहरूले नेपाललाई गिद्धे नजरले हेरेका छन्। पूर्व र पश्चिम दुवैतर्फबाट एमाले र कम्युनिष्ट आन्दोलनको नेतृत्वलाई कमजोर बनाउने प्रयास भइरहेको छ। त्यसलाई चिर्न आवश्यक छ,’ लामाले भनिन्, ‘हाम्रो पार्टीले अघि सारेका विकास, समृद्धि र राष्ट्रियताका एजेण्डा कमजोर थिएनन्। तर कार्यान्वयन र नेतृत्वका केही कमजोरीका कारण अपेक्षित सफलता हासिल गर्न सकेनौँ।’

    उनले जनताको बहुदलीय जनवाद (जबज), माक्र्सवाद र नेतृत्व शैलीलाई समयअनुसार परिमार्जन गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै अबको नेतृत्व युवाले सम्हाल्नुपर्ने धारणा राखिन्। अनेरास्ववियुका पूर्वअध्यक्षहरूबाट समेत पार्टीको नेतृत्वमा नयाँ पुस्ता स्थापित हुन सक्ने उनको विश्वास थियो।

    लामाले पछिल्लो समय रोजगारी, अवसर र भविष्यको खोजीमा ठूलो संख्यामा युवाहरू विदेशिन बाध्य भएको उल्लेख गर्दै पार्टीमा योगदान गर्न चाहने धेरै युवासमेत निराश भएर टाढिने अवस्था सिर्जना भएको बताइन्। पार्टीभित्र पहुँच, गुट र निकटताका आधारमा अवसर वितरण हुने प्रवृत्तिले इमानदार कार्यकर्ताको मनोबल कमजोर बनाएको भन्दै उनले यस्तो संस्कृतिमा सुधार आवश्यक रहेको धारणा व्यक्त गरिन्।

    उनले अन्त्यमा नेकपा एमाले लोकतान्त्रिक मूल्य–मान्यता, सुशासन, विकास र राष्ट्रिय हितको पक्षमा दृढ रूपमा उभिने पार्टीका रूपमा अझ सशक्त ढंगले स्थापित हुनुपर्नेमा जोड दिइन्।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कांग्रेसको नीति प्रतिष्ठानमा केन्द्रीय पदाधिकारी तथा सदस्यलाई थप जिम्मेवारी

    जनयुद्धको तयारी गर्दा नरबहादुर कर्मचार्यसँग धेरै सल्लाह भएको थियो : प्रचण्ड

    इतिहास संरक्षण नगरे आन्दोलनको योगदान हराउँछ : सहसंयोजक नेपाल

    विदेशीका सामु झुक्नुपर्ने आवश्यकता छैन : माधवकुमार नेपाल

    भदौ २३–२४ को घटनाको वैज्ञानिक समीक्षा नगरी चुनौती सामना गर्न सकिँदैन : प्रचण्ड

    देश संकटमा छ, जनताले फेरि विकल्प खोजिरहेका छन् : जयन्ती देवी राई

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कानुनी वातावरणबिना विकास सम्भव छैन : मन्त्री गौतम

    एमबीबीएसको प्रश्नपत्र चुहावट प्रकरणमा शिक्षामन्त्रीले राजीनामा दिर्नुपर्छ :…

    कांग्रेसको नीति प्रतिष्ठानमा केन्द्रीय पदाधिकारी तथा सदस्यलाई थप…

    यस्तो छ माइतीघर डुबानको कारण

    कानुनी वातावरणबिना विकास सम्भव छैन : मन्त्री गौतम

    विनियोजन ऐन २०८३ प्रमाणीकरणः बजेट कार्यान्वयनको बाटो खुल्यो

    डा. गोविन्द केसी र सरकार बीच वार्ता सुरू

    अन्तिम समयमा गगन थापाको भारत भ्रमण किन भयो…

    आर्थिक

    एक रुपैयाँको सिक्कामा चुच्चे नक्सासहित आकाश भैरवको चित्र राखिने

    सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुदैछ कारोबार ?

    नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑