• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ३२, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • अर्को भ्रष्टाचार मुद्दामा पनि टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई साढे ८ वर्ष कैद

      मुक्त कमैया र कमलरीको अवस्था अझै दयनीय, सरकारको ध्यानाकर्षण

      युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा आबद्ध

      काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७ बढि देशका पत्रकार आउने 

      प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गर्दै

      सांसदले फेरि स्वकीय सचिव राख्न पाउने मन्त्रिपरिषद्को निर्णय

      भारतबाट ल्याएको १५ वटा मुर्रा राँगाबाट १ लाख ३० हजार डोजभन्दा धेरै वीर्य सङ्कलन

      साउनमा पनि बैंकहरूको ब्याजदर घट्यो, कुनले बैंकले कति घटाए ?

      मिटरब्याजी पीडित र गृहमन्त्रीबीच निर्णायक वार्ता हुँदै, छ बुँदे मागमा सहमति जुटाउने प्रयास

      गृहमन्त्रीको आश्वासन अस्वीकार, मिटरब्याजपीडित लिखित सहमतिमै अडिग

      केएमसीमा नेपालमै पहिलोपटक मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार उपचार

      सरकारले बाल स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ, प्रत्येक प्रदेशमा बाल अस्पताल आवश्यक ः प्राडा चौधरी

      सुनको मूल्य बढ्दा चाँदी घट्यो

      शेयर धितो कर्जामा नयाँ व्यवस्थाः राम्रा कम्पनीको शेयरमा थप १० प्रतिशत ऋण पाइने

      सुनको मूल्य बढ्दा चाँदी घट्यो

    होमपेज /  राजनीती

    मुक्त कमैया र कमलरीको अवस्था अझै दयनीय, सरकारको ध्यानाकर्षण

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ३२, बिहिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३० पटक पढिएको
  • काठमाडौं । थारू आयोगले मुक्त कमैया–कमलरीलाई कानुनी रूपमा मुक्त घोषणा गरिए पनि उनीहरूको पुनःस्थापना, सुरक्षित बासस्थान, शिक्षा, रोजगारी तथा जीवनयापनको सुनिश्चितता हुन नसक्दा समस्या झन् जटिल बनेको जनाएको छ ।

    आयोगले सरकारलाई पटक–पटक अध्ययन प्रतिवेदन र सिफारिस बुझाएपनि कार्यान्वयन हुन नसकेको भन्दै स्रोत–साधन र अधिकार अभावका कारण अपेक्षित काम गर्न कठिन भएको बताएको हो ।

    बिहीबार बसेको प्रतिनिधिसभाअन्तर्गत महिला तथा सामाजिक मामिला समितिको बैठकमा थारू आयोगको कामकारबाही तथा प्रगति सम्बन्धमा भएको छलफल भएको थियो ।

    उक्त छलफलका क्रममा थारु आयोगका कार्यबाहक अध्यक्ष सुबोध सिंह थारूले मुक्त कमैया र कमल्हरीको अवस्था अझै दयनीय रहेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।

    उनले भने, ‘कमैया र कमलरीलाई मुक्त त गरियो, तर त्यसपछि उनीहरूको जीवन झन् विकराल भयो । पहिले कमैया साहुको घरमा बस्ने, काम गर्ने र खान पाउँथे। मुक्त भएपछि त्यहाँ बस्न र काम पनि नपाउने अवस्था आयो। त्यसैले सुरक्षित बासस्थान, शिक्षा, रोजगारी र दैनिक जीवनको व्यवस्थापन राज्यले सुनिश्चित गर्नुपर्छ भन्ने हाम्रो अध्ययन प्रतिवेदनले देखाएको छ ।’

    उनका अनुसार आयोगले सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा अध्ययन गरेर सरकारलाई प्रतिवेदन बुझाएको भएपनि त्यसअनुसार काम हुन सकेको छैन ।

    उनले भने, ‘सरकारले जग्गा दियो, तर घर बनाउने पैसा भएन । १० धुर वा एक–दुई कठ्ठा जग्गा पाउँदा पनि घर कसरी बनाउने, खुला आकाशमुनि बस्नुपर्ने अवस्था भयो। त्यसैले मुक्त गरिदिएर मात्रै हुँदैन, उनीहरूको सुरक्षित पुनःस्थापना पनि गर्नुपर्छ ।’

    आयोगका सिफारिसहरू संसदमा गम्भीर रूपमा छलफल हुनुपर्ने आवश्यकता रहेको पनि उनले औँल्याए ।

    उनले भने, ‘हामी गाउँ–बस्तीमा गएर प्रत्यक्ष अध्ययन गरेर समस्या र समाधानसहित सिफारिस गर्छौं । तर संसदमा ती विषयमा छलफल नै हुँदैन । आयोगलाई पनि सम्बन्धित छलफलमा बोलाइयो भने हामी प्रत्यक्ष अनुभवका आधारमा समाधान प्रस्तुत गर्न सक्छौं ।’

    थारू समुदायको सूचीकरण सम्बन्धमा बोल्दै उनले देशभर ५२३ प्रकारका थारू थर रहेको अध्ययनले देखाएको जानकारी दिए।

    भाषा र संस्कृतिको संरक्षणबारे उनले थारू समुदाय सांस्कृतिक रूपमा अत्यन्त समृद्ध रहेको उल्लेख गर्दै सबै क्षेत्रका थारू समुदायले स्वीकार्ने साझा मानक भाषा निर्माणको काम अन्तिम चरणमा पुगेको जानकारी दिए ।

    आयोगप्रति समुदायमा पर्याप्त जानकारी नपुगेको स्वीकार गर्दै उनले धेरैले आयोगलाई विकास निर्माण गर्ने निकायका रूपमा बुझ्ने गरेको बताए ।

    उनले भने, ‘गाउँमा धेरैले आयोगले बाटो बनाइदिनुप¥यो, धारा खनिदिनुप¥यो भन्ने अपेक्षा गर्नुहुन्छ । आयोगको भूमिका नीति, कानुन र अधिकारको संरक्षण हो भन्ने बुझाउन हामीले जनचेतनामूलक कार्यक्रम गरिरहेका छौं। तर बजेटको अभावले पर्याप्त काम गर्न सकिएको छैन।’

    यस्तै, समिति सभापति आकृति अवस्थीले आयोगले गुनासो संकलनमा मात्र सीमित नभई समुदायको वास्तविक जीवनस्तर सुधार हुने गरी परिणाममुखी काम गर्नुपर्नेमा जोड दिइन्।

    उनले आयोगका अध्ययन, प्रतिवेदन र अनुसन्धानलाई व्यवहारमा लागू गर्न सम्बन्धित मन्त्रालय, स्थानीय तह तथा सरोकारवाला निकायसँग प्रभावकारी समन्वय आवश्यक रहेको बताइन्।

    उनले भनिन्, ‘हामीले गुनासोहरू गर्नुभन्दा पनि समुदाय स्तरबाट आएका गुनासोहरूलाई हामीले कसरी अन्यायमा परेका समुदायहरूलाई न्याय दिने, उहाँहरूको जीवनस्तर उकास्ने भन्ने कुरामा आयोगले काम गर्नुपर्छ। गुनासो मात्रै गरेर प्रगतितर्फ जान सकिँदैन।’

    सभापति अवस्थीले आयोगका सिफारिसहरू कागजमै सीमित हुने अवस्था अन्त्य गर्न सरकारसँग समन्वय गरेर कार्यान्वयनको अवस्था अनुगमन गर्ने प्रणाली विकास गर्नुपर्ने आवश्यकता औँल्याइन्।

    उनले भनिन्, ‘सिफारिस गरेर टेबलमा छोड्दैमा कार्यान्वयन हुँदैन। आयोगले सिफारिसको अवस्था ट्र्याकिङ गर्ने सिस्टम बनाउनुपर्छ। अबका सिफारिसमा समयसीमा तोक्नुपर्छ र यति समयभित्र सरकारले काम नगरे समुदायमा कस्तो असर पर्छ भन्ने पनि स्पष्ट गर्नुपर्छ।’

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    प्रधानमन्त्री शाहले महिला उद्यमी महासंघका पदाधिकारीसँग छलफल गर्दै

    सुनको मूल्य बढ्दा चाँदी घट्यो

    आगामी आर्थिक वर्ष संसदमा १६६ विधेयक ल्याइने, २०८३\८४ लाई ‘कानुन सुधार तथा निर्माण वर्ष’ घोषणा 

    इलामका जीर्ण सडक तत्काल मर्मत गर्न सांसद निष्कल राईको माग

    इटहरीको लाइसेन्स कार्यालयको सेवा अवरुद्ध, सांसद लिम्बुद्वारा तत्काल समाधानको माग

    मानसिक स्वास्थ्य परिषद् गठन गर्न रास्वपा सांसद खनालको माग

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अर्को भ्रष्टाचार मुद्दामा पनि टेलिकमका पूर्वप्रबन्ध निर्देशक पौडेललाई…

    मुक्त कमैया र कमलरीको अवस्था अझै दयनीय, सरकारको…

    युवा कोडर प्रविधि अधिकारी ‘योङ्ग साइन्टिस्ट प्रोग्राम’ मा…

    काठमाडौंमा अन्तर्राष्ट्रिय आदिवासी मातृभाषा पत्रकार सम्मेलन हुँदै, २७…

    सांसदले फेरि स्वकीय सचिव राख्न पाउने मन्त्रिपरिषद्को निर्णय

    खावालिङ स्कुलमा विद्यार्थी कुटिएको घटनाप्रति शिक्षा मन्त्रालयको चासो

    डीआरआई खारेज गर्ने निर्णय आर्थिक सुधारका लागि गरिएको…

    शिक्षामन्त्रीद्वारा सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका नवनियुक्त उपकुलपति…

    आर्थिक

    भारतबाट ल्याएको १५ वटा मुर्रा राँगाबाट १ लाख ३० हजार डोजभन्दा धेरै वीर्य सङ्कलन

    सुनको मूल्य बढ्दा चाँदी घट्यो

    कर्णाली प्रदेश सरकारको साढे १२ अर्ब बढी बजेट फ्रिज 

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑