• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र १५, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जा मन्त्री श्रेष्ठ

      देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध

      महिला सशक्तीकरणका लागि आत्मविश्वास, शिक्षा र आर्थिक आत्मनिर्भरता अपरिहार्य : ‘मिसेस नेपाल वल्र्ड’का सहभागीहरू

      २४ घण्टामा ट्राफिक प्रहरीले गर्यो ६२१ जनालाई कारबाही

      विपतमा सक्रिय रेडक्रम, हेलिकप्टरमार्फत रसुवा पठाइयो अत्यावश्यक औषधि

      रसुवागढी जलविद्युत् आयोजनाबाट सम्पर्कविहीन ९३ जनाको खोजी सुरु

      बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जा मन्त्री श्रेष्ठ

      बाजुराको बडीमालिका मेलाअवधिभर एक हजार बढीको स्वास्थ्य उपचार सेवा

      चन्दा बाकसमा संकलित ७ लाख १८ हजार बाढीपीडितका लागि

      अहिले सरकारको आलोचना गर्ने समय होइन, सुझाव दिने समय हो : माधव कुमार नेपाल

      एमाले मधेस प्रदेशले बाढी प्रभावित क्षेत्रमा २०० स्वयंसेवक पठाउने

      चन्दा बाकसमा संकलित ७ लाख १८ हजार बाढीपीडितका लागि

      देवीघाटमा सामान हटाउँदै नेवि संघका स्वयंसेवकहरू

      बालबालिका र युवाको पहलमा बाढीपीडितका लागि १३ हजार ७५० रुपैयाँ सहयोग

      अहिले सरकारको आलोचना गर्ने समय होइन, सुझाव दिने समय हो : माधव कुमार नेपाल

    होमपेज /  स्वास्थ्य

    सरकारले बाल स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ, प्रत्येक प्रदेशमा बाल अस्पताल आवश्यक ः प्राडा चौधरी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ३२, बिहिबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १०६ पटक पढिएको
  • काठमाडौं । वरिष्ठ बाल शल्यचिकित्सक तथा बाल मूत्ररोग विशेषज्ञ एवं ईशान बाल तथा महिला अस्पतालका कार्यकारी निर्देशक प्राडा रमानन्द प्रसाद चौधरीले नेपालमा बाल स्वास्थ्य अझै पनि सरकारी प्राथमिकतामा नपरेको भन्दै प्रत्येक प्रदेशमा कम्तीमा एउटा सरकारी बाल अस्पताल स्थापना गर्नुपर्ने आवश्यकता औँल्याएका छन्।

    नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले बाल र मातृ अधिकारका विषयमा धेरै चर्चा भएपनि व्यवहारमा त्यसअनुसार काम हुन नसकेको बताए । उनले नेपालमा संघीय संरचना कार्यान्वयनमा आएको वर्षौं बितिसक्दा पनि काठमाडौंबाहिर एउटा पनि सरकारी बाल अस्पताल स्थापना हुन नसकेकोमा चिन्ता व्यक्त गरे ।

    उनका अनुसार नवजात शिशुदेखि १८ वर्षसम्मका बालबालिकाले देशको करिब ४० प्रतिशत जनसंख्या ओगट्ने भएकाले उनीहरूको स्वास्थ्यलाई राज्यको पहिलो प्राथमिकतामा राख्नुपर्ने समय आएको छ ।

    उनले भने,‘सरकारले ‘चाइल्ड राइट’ र ‘म्याटरनल राइट’ को कुरा धेरै गर्छ, तर व्यवहारमा त्यसअनुसार काम भएको देखिँदैन । ०५२ सालमा मैंले कान्ति बाल अस्पतालमा सेवा सुरु गर्दा नेपालमा एउटै सरकारी बाल अस्पताल थियो । आज पनि अवस्था लगभग उस्तै छ । कम्तीमा सातै प्रदेशमा एउटा–एउटा सरकारी बाल अस्पताल स्थापना गर्न आवश्यक छ ।’

    उनले सातै प्रदेशमा बाल अस्पताल स्थापना भए नवजात शिशु मृत्युदर, शिशु मृत्युदर तथा पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर घटाउन ठूलो सहयोग पुग्ने बताए। उनले बाल स्वास्थ्यमा अहिले नसर्ने रोगसँगै जन्मजात शल्यक्रियासम्बन्धी समस्या पनि बढ्दै गएको उल्लेख गर्दै समयमै विशेषज्ञ सेवा उपलब्ध गराउन सके धेरै बालबालिकाको जीवन बचाउन सकिने बताए।

    नेपालको बाल शल्यचिकित्सा सेवामा ठूलो प्रगति

    प्राडा चौधरीले आफू नेपालका पहिलो योग्य (त्तगबषिष्भम) बाल शल्यचिकित्सकमध्ये एक रहेको स्मरण गर्दै विगत तीन दशकमा बाल शल्यचिकित्सा क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताए ।

    उनका अनुसार आफूले नेपालमा सेवा सुरु गर्दा देशमा एक जना मात्रै विशेषज्ञ बाल शल्यचिकित्सक थिए भने अहिले करिब ३२–३३ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । प्रविधि, दक्ष जनशक्ति र उपचार सेवामा उल्लेखनीय सुधार भए पनि सरकारी संरचनाको विस्तार भने अझै हुन नसकेको उनको भनाइ छ ।

    उनले ईशान बाल तथा महिला अस्पताललाई नेपालकै पहिलो निजी बाल अस्पतालको रूपमा विकास गरिएको उल्लेख गर्दै अहिले भारत, बेलायत, दुबई, बंगलादेश तथा विभिन्न देशमा रहेका गैरआवासीय नेपाली (एनआरएन) समेत आफ्ना बालबालिकाको उपचारका लागि नेपाल आउने गरेको जानकारी दिए।

    ‘पहिले नेपालीहरू उपचारका लागि विदेश जान्थे, अहिले विदेशबाट पनि बच्चाहरूको शल्यक्रिया गराउन नेपाल आउने क्रम बढेको छ । यसलाई म नेपाली स्वास्थ्य सेवाप्रतिको विश्वासको रूपमा लिन्छु,’ उनले भने।

    गर्भमै शल्यक्रिया गर्ने प्रविधि नेपालमा आवश्यक

    डा.चौधरीले विश्वका विकसित मुलुकहरूमा गर्भमै रहेका शिशुको शल्यक्रिया (फिटस सर्जरी) समेत हुने गरेको उल्लेख गर्दै नेपालमा पनि यस्तो सेवा सुरु गर्नुपर्ने आवश्यकता औँल्याए ।

    उनले अमेरिकामा करिब दुई दशकअघि उक्त प्रविधिको तालिम लिएको स्मरण गर्दै नेपालमा पनि भविष्यमा यस्तो अत्याधुनिक सेवा सञ्चालन गर्न सकिने विश्वास व्यक्त गरे ।

    बालमैत्री उपचार प्रणाली

    उनले ईशान बाल तथा महिला अस्पतालले बालमैत्री वातावरणमा उपचार सेवा दिइरहेको जानकारी दिए ।

    उनका अनुसार अस्पतालमा बाल शल्यचिकित्सा, बाल मूत्ररोग, नवजात शिशुको शल्यक्रिया, बाल पोलेको उपचार (पेडियाट्रिक बर्न), बाल ल्याप्रोस्कोपिक सर्जरीलगायत बहुविशेषज्ञ (मल्टिस्पेसियालिटी) सेवा उपलब्ध छ ।

    अस्पतालमा बालबालिकाकै लागि छुट्टै ल्याप्रोस्कोपी मेसिन, सिस्टोस्कोपी उपकरण, अत्याधुनिक सिटी स्क्यान सेवा तथा बालमैत्री आकस्मिक उपचार प्रणाली सञ्चालनमा रहेको उनले बताए ।

    ‘धेरै अस्पतालमा वयस्कका लागि बनेका उपकरणबाट बच्चाको शल्यक्रिया गरिन्छ। हाम्रो अस्पतालमा भने बालबालिकाकै लागि छुट्टै उपकरण प्रयोग गरिन्छ,’ उनले बताए।

    २४ सै घण्टा विशेषज्ञ सेवा

    डा. चौधरीका अनुसार ईशान बाल तथा महिला अस्पतालमा २४सै घण्टा विशेषज्ञ बालरोग तथा बाल शल्यचिकित्सा सेवा उपलब्ध छ ।

    उनले नेपालका अधिकांश निजी अस्पतालमा शनिबार विशेषज्ञ सेवा बन्द रहने भए पनि ईशान अस्पतालमा शनिबार बिहान ७ बजेदेखि बेलुका ८ बजेसम्म ओपीडी सञ्चालन हुने जानकारी दिए।

    त्यस्तै सातै दिन खोप सेवा, २४ घण्टा अल्ट्रासाउन्ड, आकस्मिक शल्यक्रिया, हालै सुरु गरिएको २४ घण्टे बालमैत्री सिटी स्क्यान सेवा लगायत सुविधा उपलब्ध रहेको उनले बताए।

    मेडिकल टुरिजमको केन्द्र बन्न सक्छ नेपाल

    डा.चौधरीले नेपालमा मेडिकल टुरिजमको ठूलो सम्भावना रहेको पनि बताए। उनका अनुसार भारत, सिंगापुर वा बैंककमा लाखौं रुपैयाँ खर्च गरेर गरिने धेरै बाल शल्यक्रिया नेपालमै अन्तर्राष्ट्रियस्तरको गुणस्तरमा निकै कम लागतमा गर्न सकिन्छ ।

    ‘भारतमा पाँच लाख रुपैयाँ लाग्ने शल्यक्रिया हामी यहाँ करिब एक लाख रुपैयाँमै गर्न सक्छौँ। गुणस्तरमा कुनै सम्झौता नगरी सुलभ मूल्यमा सेवा दिनु हाम्रो लक्ष्य हो,’ उनले भने।

    उनले नेपाल सरकारले मेडिकल टुरिजमलाई राष्ट्रिय नीतिको रूपमा अघि बढाउन सके दक्षिण एसियाकै स्वास्थ्य गन्तव्य (हब) बन्न सक्ने धारणा व्यक्त गरे।

    गुणस्तरीय र सुलभ सेवा प्राथमिकतामा

    प्रा. डा. चौधरीले ईशान बाल तथा महिला अस्पतालको मूल उद्देश्य भनेको गुणस्तरीय सेवा सामान्य शुल्कमा रहेको उल्लेख गर्दै बाल स्वास्थ्य सेवामा गुणस्तर, अत्याधुनिक प्रविधि, अनुभवी चिकित्सक र समयमै उपचारलाई विशेष प्राथमिकता दिइएको बताए।

    उनले सरकारले बाल स्वास्थ्यलाई दीर्घकालीन लगानीका रूपमा लिएर सातै प्रदेशमा सरकारी बाल अस्पताल स्थापना गरे मात्र नेपालको बाल स्वास्थ्य क्षेत्रमा वास्तविक परिवर्तन सम्भव हुने निष्कर्ष व्यक्त गरे।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    दैनिक फलफूलको रस सेवन डिप्रेसनको औषधि !

    किन खराब निद्राले केही मानिसको मस्तिष्कलाई बढी असर गर्छ ?

    स्वास्थ्य मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच समझदारी, दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने लक्ष्य

    केएमसीमा नेपालमै पहिलो पटक ‘बिना चिरफार’ नसाको जटिल उपचार

    केएमसीमा नेपालमै पहिलोपटक मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार उपचार

    नेपालमा जलन उपचारका लागि पर्याप्त स्रोत–साधन छैनन् : चन्द्र भण्डारी

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४…

    हेलिकोप्टर उद्धारमा चाप बढेपछि वैकल्पिक सडकमार्ग प्रयोग गर्न…

    विपतमा सक्रिय रेडक्रम, हेलिकप्टरमार्फत रसुवा पठाइयो अत्यावश्यक औषधि

    भोटेकोशी बाढी : ९०३ जनाको शव फेला, ४…

    बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न…

    सुरुङबाट ४३ विदेशीसहित २०८ जनाको उद्धार

    प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३६ घण्टामै १…

    नागरिकको सहयोगमा आवश्यक मिनी एक्सकाभेटर जुटेपछि गृहमन्त्रीद्वारा आभार…

    आर्थिक

    बाढी प्रभावित विद्यार्थी र विद्यालयका लागि ग्रेस इन्टरनेसनलको २५ लाख सहयोग

    बाढीपीडितका लागि बिर्तामोड नगरपालिकाले पाँच लाख रुपैयाँ सहयोग गर्ने

    कामना सेवा विकास बैंकद्वारा रसुवा बाढीपीडितका लागि २५ लाख सहयोग

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑