• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ३१, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • नेपाल–चीन संसदीय कूटनीतिलाई अघि बढाउन उपसभामुख रुवीको चीन भ्रमण

      गणेश नेपाली प्रकरणपछि सडकबाट हराएका नगर प्रहरी फेरि फर्किए सडकमा

      हामी आफ्नै क्षमताले सेमिफाइनलसम्म पुगेका हौं : अर्जेन्टिनी प्रशिक्षक स्कालोनी

      फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध अन्तर्राष्ट्रिय ओलम्पिक समितिमा उजुरी

      आईजीपीद्वय कार्की र पौडेल स्वदेश फिर्ता

      मन्त्री पुनद्वारा नेपालमा नवप्रवर्तन प्रवद्र्धन गर्न गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

      अतिक्रमण हटाएर जग्गा संरक्षणमा कोशी अस्पताल, अब पर्खाल लगाइने

      कर्णाली प्रदेश सरकारबाट बाहिरियो काँग्रेस, मन्त्रीपरिषद् बैठकमा गएका मन्त्रीहरु राजिनामा दिएर फर्किए 

      मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी ठहर

      मन्त्री पुनद्वारा नेपालमा नवप्रवर्तन प्रवद्र्धन गर्न गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

      बालेन सरकारलाई मनिष झाको प्रश्नः यस्तो बचपना देखाएर राजकाज चल्छ ?

      रौतहटमा २८ वर्षीय युवकले पनि गरे आत्मदाहको प्रयास

      घर–घरका ग्यास सिलिन्डरको डिजिटल रेकर्ड बनाउन संसदीय समितिको आग्रह

      सञ्चार माध्यमलाई व्यवस्थित बनाउँदै पत्रकारको क्षमता विकासमा जुट्छौं : प्रतिष्ठान अध्यक्ष दाहाल

      आजदेखि देशभर पुनः भरी सिलिन्डर किन्न पाइने

    होमपेज /  राजनीती

    मन्त्री पुनद्वारा नेपालमा नवप्रवर्तन प्रवद्र्धन गर्न गैरआवासीय नेपाली विज्ञहरूलाई आह्वान

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ३१, बुधबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • २६ पटक पढिएको
  • काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विश्वभर रहेका नेपाली विज्ञ, अनुसन्धानकर्ता र पेशाकर्मीहरूलाई नेपालको नवप्रवर्तन यात्रामा सक्रिय योगदान गर्न आह्वान गरेका छन् । उनले नेपालको आर्थिक रूपान्तरणका लागि विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्नुपर्नेमा जोड दिए ।

    विज्ञ, अनुसन्धानकर्ता, शिक्षाविद् तथा विदेशमा कार्यरत नेपाली पेशाकर्मीहरूसंगको छलफल कार्यक्रममा बोल्दै मन्त्री पुनले नवगठित मन्त्रालय अहिले शून्यबाट सुरुवात गरिरहेको बताउँदै यसको संस्थागत विकासका लागि स्वदेश तथा विदेशका नेपाली विज्ञहरूको सहकार्य अपरिहार्य रहेको बताए ।

    ‘हाम्रो उद्देश्य राष्ट्रको हित हुने र अर्थतन्त्रलाई बलियो बनाउने नवप्रवर्तनको विकास गर्नु हो,’ मन्त्री पुनले भने। ‘विदेशमा रहेका सक्षम नेपालीलाई प्राथमिकता दिँदै उनीहरूको ज्ञान र अनुभवलाई नेपालसँग जोड्ने वातावरण निर्माण गर्नुपर्छ ।’

    उनले मन्त्रालयसँग हालसम्म समर्पित प्राविधिक टोली, स्पष्ट कार्य संरचना तथा आवश्यक कानुनी आधार तयार भइनसकेको स्वीकार गर्दै आगामी तीन महिनाभित्र संस्थागत संरचना निर्माणसँगै विश्वविद्यालयमा हुने अनुसन्धानलाई व्यावहारिक तथा उत्पादनमुखी अनुसन्धानमा रूपान्तरण गर्ने लक्ष्य रहेको बताए ।

    मन्त्री पुनले नेपाली विश्वविद्यालयहरूमा नवप्रवर्तन केन्द्र (क्ष्ललयखबतष्यल ऋभलतचभ) तथा उत्कृष्टता केन्द्र स्थापना गर्नुपर्ने आवश्यकता औँल्याउँदै  गम्भीर अनुसन्धानमा संलग्न हुने अनुसन्धानकर्ताका लागि आवासीय सुविधा सहितका अनुसन्धान केन्द्र स्थापना गर्ने सोचाइ भै रहेको पनि जानकारी दिए ।

    उनले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) सम्बन्धी कानुन पुरानो भइसकेकाले त्यसलाई समयानुकूल परिमार्जन गर्न पहल सुरु गरिएको पनि जनाए ।

    सूचना प्रविधि (आईटी) र कृत्रिम बौद्धिकता (एआई) नेपालका राष्ट्रिय प्राथमिकताका विषय भएको उल्लेख गर्दै उनले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले समेत यी क्षेत्रलाई विशेष प्राथमिकताका साथ अघि बढाइरहेको जानकारी दिए ।

    छलफलमा नेपाल तथा विदेशका प्रतिष्ठित वैज्ञानिक, अनुसन्धानकर्ता र नीतिविज्ञहरूले विज्ञान, प्रविधि र नवप्रवर्तनलाई नेपालको आर्थिक विकासको प्रमुख आधार बनाउने विषयमा आ–आफ्ना धारणा राखेका थिए ।

    अष्ट्रेलियास्थित सीएसआईआरओ (खाद्य तथा कृषि) का परामर्शदाता तथा आरएमआइटी विश्वविद्यालयका प्राध्यापक डा. राजु अधिकारीले नेपालका लागि दीर्घकालीन विज्ञान तथा प्रविधि रणनीति प्रस्तुत गर्दै कृत्रिम बौद्धिकता, नवीकरणीय ऊर्जा, जैविक प्रविधि, जलवायु विज्ञान, कृषि प्रविधि, विपद् जोखिम न्यूनीकरण, उन्नत सामग्री, जल तथा वातावरणीय प्रविधि, रोबोटिक्स र अन्तरिक्ष प्रविधिलाई प्राथमिकताका क्षेत्रका रूपमा अघि बढाउनुपर्ने बताए ।

    डा अधिकारीले राष्ट्रिय विज्ञान तथा प्रविधि सह–लगानी कोष, उच्चस्तरीय विज्ञान, प्रविधि, अनुसन्धान तथा नवप्रवर्तन सल्लाहकार परिषद् तथा १० वर्षे राष्ट्रिय रणनीतिक मार्गचित्र निर्माण गर्न सुझाव दिए । उद्योग, विश्वविद्यालय र गैरआवासीय नेपाली (एनआरएन) समुदायबीच अनुसन्धान साझेदारीलाई प्रवद्र्धन गर्न तथा लगानीमैत्री कर नीतिको व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिए ।

    डा. अधिकारीले सन् २०१९ को विज्ञान तथा प्रविधि नीति पुरानो भइसकेको, अनुसन्धानमा न्यून लगानी, कमजोर संस्थागत नेतृत्व, वैज्ञानिक पूर्वाधारको अभाव, प्रतिभा पलायन तथा नीतिको कमजोर कार्यान्वयन नेपालका प्रमुख चुनौती रहेको बताए ।

    प्यानल छलफलमा बेलायतको चेष्टर विश्वविद्यालयका डीन तथा जनस्वास्थ्य विज्ञ डा.पदम सिम्खडाले राष्ट्रिय नवप्रवर्तन नीति निर्माण, अनुसन्धान कोषको प्रभावकारी व्यवस्थापन तथा जलवायु परिवर्तन, दिगोपन र नयाँ प्रविधिमा बेलायत सरकार, विश्वविद्यालय तथा अनुसन्धान संस्थाहरूसँग सहकार्यको प्रशस्त सम्भावना रहेको बताए ।

    स्विडेनस्थित क्यारोलिन्स्का युनिभर्सिटी हस्पिटल सेन्टर फर फिटल मेडिसिनमा कार्यरत प्राध्यापक गणेश आचार्यले नेपालमा विश्वस्तरीय क्लिनिकल अनुसन्धान सञ्चालन गर्न सरकारको दीर्घकालीन प्रतिबद्धता, बौद्धिक सम्पत्ति (आईपी) संरक्षण, अनुसन्धान पूर्वाधारको विकास तथा नीतिगत निरन्तरता आवश्यक रहेको बताए । उनले मन्त्रालयसँग सहकार्य गर्न आफू तयार रहेको पनि बताए ।

    बेलायतको हल विश्वविद्यालयका सहायक प्राध्यापक भूपेश मिश्रले विशेषगरी स्वास्थ्य र शिक्षाजस्ता संवेदनशील क्षेत्रमा क्षेत्रगत कृत्रिम बौद्धिकता नीति आवश्यक रहेको औँल्याउँदै पश्चिममुखी एआई मोडलमा मात्र निर्भर नहुन सुझाव दिए । उनले नेपाल तथा दक्षिण एसियाको आवश्यकता अनुसार क्षेत्रीय एआई मोडल विकास गर्नुपर्ने धारणा राखे ।

    वरिष्ठ पत्रकार तथा शिक्षक मासिकका सम्पादक राजेन्द्र दाहालले विद्यालय तहदेखि नै नवप्रवर्तनको संस्कार विकास गर्नुपर्नेमा जोड दिँदै शिक्षक तालिम र विद्यालयमा प्रविधिमैत्री वातावरण निर्माण गर्नुपर्ने बताए ।

    मन्त्री पुनका प्रमुख सल्लाहकार सञ्जय पौडेलले नास्टसँग सम्बन्धित नीति तथा जिम्मेवारी प्रधानमन्त्री कार्यालयबाट विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा स्थानान्तरण भइरहेको जानकारी दिँदै नास्टको अनुसन्धान संरचनालाई पुनर्गठन गरी विज्ञान तथा नवप्रवर्तन सेवा प्रणाली विकास गर्नुपर्ने सुझाव दिए ।

    उनले सार्वजनिक हितका लागि काम गर्ने राष्ट्रिय ज्ञान तथा विज्ञता केन्द्र स्थापना गर्नुपर्ने तथा रिसर्च सेन्टर फर एप्लाइड साइन्स एन्ड टेक्नोलोजी (रिकाष्ट) को भूमिकालाई समेत पुनरावलोकन गर्नुपर्ने बताए।

    मन्त्रालयले प्रत्येक मन्त्रालयका अनुसन्धान इकाइलाई समन्वय गर्ने, विज्ञहरूका लागि सन्दर्भ पुस्तिका तयार गर्ने, गैरआवासीय नेपाली तथा अन्तरराष्ट्रिय बजारसँग सहकार्य गर्ने छुट्टै संयन्त्र स्थापना गर्ने तथा विज्ञान, प्रविधि, इन्जिनियरिङ र गणित शिक्षालाई केन्द्रमा राखेर राष्ट्रिय विज्ञान दृष्टिपत्र तयार गर्ने प्रतिबद्धता जनाएको छ ।

    छलफलमा विज्ञान, प्रविधि र नवप्रवर्तनलाई नेपालको आर्थिक रूपान्तरणको प्रमुख आधार बनाउने साझा प्रतिबद्धता व्यक्त गर्दै विश्वभर रहेका नेपाली विज्ञहरूको ज्ञान, अनुभव र सहभागिता यस अभियानको सफलताको प्रमुख आधार हुने निष्कर्ष पनि निकालिएको थियो ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    कर्णाली प्रदेश सरकारबाट बाहिरियो काँग्रेस, मन्त्रीपरिषद् बैठकमा गएका मन्त्रीहरु राजिनामा दिएर फर्किए 

    घर–घरका ग्यास सिलिन्डरको डिजिटल रेकर्ड बनाउन संसदीय समितिको आग्रह

    सञ्चार माध्यमलाई व्यवस्थित बनाउँदै पत्रकारको क्षमता विकासमा जुट्छौं : प्रतिष्ठान अध्यक्ष दाहाल

    समस्याग्रस्त पाँच सहकारीका बचतकर्ताको बचत फिर्ता सुरु, पहिलो चरणमा ४२ जनाले पाए रकम

    उपराष्ट्रपति यादव कतार प्रस्थान

    उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र नेपालका लागि अष्ट्रेलियन राजदूतबीच शिष्टाचार भेटवार्ता

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नेपाल–चीन संसदीय कूटनीतिलाई अघि बढाउन उपसभामुख रुवीको चीन…

    गणेश नेपाली प्रकरणपछि सडकबाट हराएका नगर प्रहरी फेरि…

    हामी आफ्नै क्षमताले सेमिफाइनलसम्म पुगेका हौं : अर्जेन्टिनी…

    फिफा अध्यक्ष इन्फान्टिनोविरुद्ध अन्तर्राष्ट्रिय ओलम्पिक समितिमा उजुरी

    आईजीपीद्वय कार्की र पौडेल स्वदेश फिर्ता

    मधेश प्रदेशका पूर्वप्रमुख राजेश अहिराज बलात्कार मुद्दामा दोषी…

    एमाले प्रमुख सचेतक ऐन महरलाई ज्यान मार्ने धम्की

    महानगरबाट सिंहदरबार र नख्खुबाट सभापति बनाउन सरकार बनेको…

    आर्थिक

    कर्णाली प्रदेश सरकारको साढे १२ अर्ब बढी बजेट फ्रिज 

    अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजस्व सल्लाहकारमा एफसीए भोजन अर्याल नियुक्त

    सिटी एक्सप्रेस मनि ट्रान्सफरको २०औँ वार्षिकोत्सवमा रक्तदान, उत्कृष्ट कर्मचारी सम्मानित

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑