• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ भाद्र ७, आईतबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • चुनावपछि पनि पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न सकेन : गगन थापा

      सात हजारभन्दा बढी विद्यार्थीलाई सहयोग गरेका समाजसेवी मोहन गिरी सम्मानित

      रास्वपा कसरी आयो भन्ने हिसाब–किताब चोकचौतारामा दिएर हिँड्न जरुरी छैन : रवि लामिछाने

      १५औँ महाधिवेशनको तयारीमा देउवा सक्रिय, चुनदेवी कार्यालयमा दोस्रोपटक पुगे

      बेलगाम घोडाजस्तो अधिनायकवादतर्फ सरकार चलिरहेको छ : प्रदीप ज्ञवाली

      ‘शैक्षिक परामर्श क्षेत्रलाई विदेश पठाउने व्यवसायका रूपमा मात्र बुझ्नु गलत’

      मिस नेवाः नेपालको उपाधि तिशा शाक्यलाई

      जनताको अपार समर्थन हुँदाहुँदै कम्युनिस्ट आन्दोलन जोगाउन सकेनौं : प्रचण्ड

      नेपाल भलिबल लिगकाे ट्रफी अनावरण (तस्विरहरू)

      मैले सानो उमेरमा बोलेको शब्दलाई काटेर नकारात्मकता फैलाइयोः सोविता गौतम

      सप्तरीमा २ वर्षीया बालिकाको हत्या, सौतेनी आमा पक्राउ

      नेपाली आरोहीलाई नेपालमै अवसर दिनुपर्छ : सांसद शेर्पा

      रवीन्द्र मिश्रको दाबी– भदौ २३ र २४ को घटना ‘विदेशी जासुसी’ विद्रोह थियो

      सरकारसँग सहमति भएपछि घर फर्किए लघुवित्त पीडित

      सकुशल भेटिइन बारामा हराएकी दुई वर्षीया बालिका

    होमपेज /  कला/मनोरञ्जन

    ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित बालिकाको कथा

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ २५, बिहिबार (१ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ९९ पटक पढिएको
  • काठमाडौँ । आगामी साउन १ गतेदेखि नेपाली फिल्म ‘गौँथली’ प्रदर्शन हुँदैछ । झन्डै २५ वर्ष अगाडि प्रदर्शन भएको सोही शीर्षकको चलचित्र गीतिकथामा आधारित रहेर ‘गौँथली’ तयार गरिएको हो ।

    सानै उमेरमा विवाह हुने बालिकाको पढ्ने चाहनालाई कथामा तयार गरिएको गीति फिल्म ‘गौँथली’ को कथा लेखनका साथै निर्माण डाक्टर भोला रिजालले गरेका हुन् ।

    सोही शीर्षक र भावमा रहेर डा रिजालकै छोरा डा.कपिल रिजालले ‘गौँथली’को निर्माण तथा निर्देशन गरेका छन् । निर्देशक डा.रिजालको यो दोस्रो फिल्म हो, यसअघि उनले ‘ह्यारीकी प्यारी’ नामक फिल्म निर्देशन गरिसकेका छन् ।

    बेलायतमा दन्त चिकित्सकका रुपमा प्रसिद्ध डा.रिजाल पछिल्लो समय फिल्मको काममै निरन्तर सकिएछन् । उनका कथाले सामजिक विषयसँगै स्वास्थ्य समस्यालाई चित्रण गरेको पाइन्छ ।

    ‘ह्यारीकी प्यारी’ मा ‘स्पर्म डोनेशन’ (वीर्य दान) को विषयवस्तुलाई प्रस्तुत गरेका निर्देशक डा रिजालले ‘गौँथली’ मा ‘अटिजम’ भएको व्यक्तिको जीवनशैलीलाई प्रस्तुत गरेका छन् ।

    ‘म चिकित्सक भएकाले पनि मलाई ती विषयहरू सोचमा आउने गरेको हुनसक्छ, सोही कारण मैले निर्देशन गरेका फिल्मको कथा तयार गर्दा स्वास्थ्य पनि जोडिन्छ । यसले आम दर्शकले ती स्वास्थ्य समस्यासँग परिचित गराउनुका साथै त्यस्ता समस्या भएमा के गर्ने भन्नेबारेमा सुक्ष्म तरिकाले जानकारी दिइरहेको हुन्छ’, उनले भने ।

    उनले ‘गौँथली’ मा एउटी अध्ययन गर्न चाहिरहेकी बालिका र असामान्य देखिने युवकको जोडीलाई चलचित्रमा प्रस्तुत गरेकाछन् । शिक्षाबाट वञ्चित बालिकाले गर्ने सङ्घर्ष नै फिल्मको मुख्य विषय हो । ग्रामीण परिवेशमा तयार गरिएको फिल्ममा ‘अटिजम’ भएका युवकको रुपमा अभिनेता अरुण क्षेत्री र एसइई पास गर्ने सपना बोकेकी बालिकाको रुपमा अभिनेत्री सिम्रन खड्का देखिएका छन् ।

    पढ्ने रहर हुँदाहुँदै कम उमेरमै विवाह गर्नुपरेकी युवती र असामान्य व्यवहार देखाउने जोडीको कथामाले ग्रामिण परिवेशसँगै मन छुने कथालाई प्रस्तुत गरेको प्रतिक्रिया ट्रेलर हेरेका दर्शकले गरिरहेका छन् । झट्ट हेर्दा असामान्य देखिने जोडीले जीवनमा भोग्ने उतारचढावमा शिक्षाले पार्ने प्रभाव फिल्ममा देखाइएको छ । गम्भीर विषयमा सरल फिल्म बनाउने कोसिस निर्देशक डा रिजालले गरेका छन् ।

    फिल्ममा अभिनेता अरुण क्षेत्री, सिम्रन खड्का, मदनकृष्ण श्रेष्ठ, प्रकाश घिमिरे, लुनिभा तुलाधर, रवीन्द्र झा, ईश्वरी बराल, सन्जोग रसाइली, सीतादेवी तिमिल्सिना, लक्ष्मीनाथ तिमिल्सिनालगायत कलाकारको रहेको छ ।

    डा भोला रिजालको कथामा आधारित उक्त फिल्मको संवाद निश्चल कुँवर, नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका छन् ।

    निर्देशक रिजालले ‘गौँथली’ले घर, परिवार र आपसी सामीप्यताको प्रतीकात्मक अर्थ बोकेको बताए । भोला रिजाल प्रोडक्सन र सुमन गिरी प्रोडक्सनको प्रस्तुतिमा निर्माण भएको फिल्मकी कार्यकारी निर्माता सरला रिजाल हुन् भने निर्माता सुमन गिरी र डा. कपिल रिजाल रहेका छन् ।

    शम्भुजीत बासकोटा, थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको फिल्ममा एलिस कार्कीको पाश्र्व संगीत, हरि हुमागाईंको छायांकन र मिलन श्रेष्ठको सम्पादन रहेको छ। फिल्मलाई रीच इन्टरटेनमेन्टले वितरण गर्दैछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    आजदेखि प्रदर्शनमा आयो ‘मास्टर्नी’

    ‘सारथी’ को प्रदर्शन मिति घोषणा

    बाबा रामदेवसँग अभिनेत्री कंगनाको आग्रह : मेरो जवानी र बेडरुमको सपना नदेख्नुस

    ‘NASOCHA ‘ Ashalboy YouTube च्यानलमा सार्वजनिक भइसकेको छ!

    म्यान्मारमा ‘मिसेस ग्राण्ड इन्टरनेशनल-२०२६’: नेपालको प्रतिनिधित्व गर्न प्रतिक्षा थापा प्रस्थान

    ‘झिँगेदाउ २’ को टिजर सार्वजनिक हुँदै 

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चुनावपछि पनि पुँजीबजार अपेक्षाअनुसार अघि बढ्न सकेन :…

    सात हजारभन्दा बढी विद्यार्थीलाई सहयोग गरेका समाजसेवी मोहन…

    रास्वपा कसरी आयो भन्ने हिसाब–किताब चोकचौतारामा दिएर हिँड्न…

    १५औँ महाधिवेशनको तयारीमा देउवा सक्रिय, चुनदेवी कार्यालयमा दोस्रोपटक…

    १५औँ महाधिवेशनको तयारीमा देउवा सक्रिय, चुनदेवी कार्यालयमा दोस्रोपटक…

    राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री मातहत नै राख्नुपर्छ :…

    प्रधानमन्त्रीको भ्रमणबारे मुस्ताङका सुरक्षा निकाय वेखबर

    गाडी चढ्ने सपना अधुरै : राष्ट्रिय सडक सञ्जालसँग…

    आर्थिक

    उद्योगीलाई सेजको सास्तीः उद्योग बन्द भएपछि आफ्नै संरचना बिक्री गर्न समेत रोक

    सुनचाँदीको मूल्य बढ्यो

    मुक्तिनाथ विकास बैंकको कृषि तथा एसएमई कर्जामा विशेष सुविधा, प्रिमियम न्यूनतम ०.५० प्रतिशत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑