सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा शुक्रबाट सुरु भएको तीनदिने कार्यक्रमको पहिलो दिन प्राविधिक सेमिनारको आयोजना गरिएको छ ।
विश्व सोतोकान कराँते महासङ्घका उप–मुख्य प्रशिक्षक तथा विशेष अतिथि तारो कासुयाले उक्त सेमिनारको अगुवाई गरेका थिए ।
नेपाल सोतोकान कराते सङ्घका अध्यक्ष तथा प्रमुख प्रशिक्षक हेम कुमार श्रेष्ठको अध्यक्षतामा भएको उद्घाटन समारोहका अवसरमा संघका महासचिव रञ्जन प्रकाश श्रेष्ठले स्वागत मन्तव्य राखेका थिए ।
त्यसैगरी नेपाल सोतोकान कराते सङ्घका प्रमुख सल्लाहकार विष्णुगोपाल श्रेष्ठले आफ्नो धारणा प्रस्तुत गरेका थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य–सचिव रामचरित्र मेहताले सातौं अन्तर्राष्ट्रिय सोतोकान कराते प्रतियोगिताको उद्घाटन गरेका थिए ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा