सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले अबको तीनदेखि चार दिनभित्र देशभर मनसुन फैलिने सम्भावना रहेको जनाएको छ। महाशाखाका अनुसार आउँदो मंगलबारसम्म गण्डकी र लुम्बिनी प्रदेशका बाँकी क्षेत्रसँगै कर्णाली र सुदूरपश्चिम प्रदेशभर मनसुन विस्तार हुने अनुमान गरिएको छ।
यस वर्ष मनसुन औसत समयभन्दा ६ दिन ढिला गरी असार ५ गते (जुन १९) पूर्वी नेपालबाट भित्रिएको थियो। त्यसपछि असार ८ गते सम्म आइपुग्दा मनसुन गण्डकी र लुम्बिनी प्रदेशसम्म विस्तार भएको भए पनि यसको प्रभाव अझै कमजोर रहेको महाशाखाले जनाएको छ।
हाल देशका बाँकी क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायम रहेकाले पर्याप्त वर्षा हुन सकेको छैन। वर्षा अभावका कारण विशेषगरी लुम्बिनीसहित पश्चिमी तराईमा अत्यधिक गर्मी महसुस भइरहेको छ भने धान रोपाइँसमेत प्रभावित बनेको छ।
महाशाखाका अनुसार आज कोशी प्रदेशको तराई तथा मधेश प्रदेशका केही स्थान, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै, कोशी प्रदेशका पहाडी तथा तराईका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। साथै, आज पनि लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा थोरै स्थानमा तातो लहर (हीटवेभ) को सम्भावना रहेकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा