सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी । कैलालीमा फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका एक हुद्दाको मृत्यु भएको छ भने अर्का एक सैनिक अधिकृत घाइते भएका छन्।
जिल्लाको मोहन्याल गाउँपालिका–७ स्थित जालपा सामुदायिक वन क्षेत्रमा बिहीबार बिहान सञ्चालन भइरहेको फायरिङ अभ्यासका क्रममा ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दा हिमाल विक्रम विष्ट गम्भीर घाइते भएका थिए।
घटनापछि उनलाई तत्काल उपचारका लागि लम्कीस्थित लालरत्न अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा दिउँसो करिब १२ बजे विष्टको मृत्यु भएको नेपाली सेनाले जनाएको छ।
सोही घटनामा नजिकै रहेका सहसेनानी हिमराज जोशी पनि ग्रिनेडका छर्रा लागेर घाइते भएका छन्। उनको अवस्था सामान्य रहेको बताइएको छ। थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत उनलाई काठमाडौं पठाइएको छ।
मृतक विष्ट र घाइते जोशी सुदूरपश्चिम पृतना अन्तर्गतको तालिम शिक्षालय गोराङ्गे ब्यारेकबाट फायरिङ अभ्यासका लागि खटिएका थिए।
घटनापछि नेपाली सेनाले विस्फोटको कारणबारे अनुसन्धान सुरु गरेको छ। फायरिङ अभ्यासका क्रममा भएको उक्त दुर्घटनाले सुरक्षा निकायमा शोकको वातावरण सिर्जना गरेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा