• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ११, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • विष्णु पौडेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

      बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

      भेनेजुएलालाई विश्वभरबाट सहयोगको घोषणा, कार्यवाहक राष्ट्रपति रोड्रिगेजद्वारा आभार व्यक्त

      ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु, सहसेनानी घाइते

      निर्जला एकादशीमा बुढानीलकण्ठमा भक्तजनको घुइँचो

      चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ सम्पन्न, विजयी खेलाडीहरूलाई पुरस्कार वितरण

      रास्वपा महाधिवेशन : रविले मतदान गर्नसँगै पहिलो चरणको मतदान सम्पन्न

      रोजगार र सम्मानजनक व्यवहारको माग गर्दै दृष्टिविहीनहरूको माइतीघरमा प्रदर्शन

      बाजुरामा असारे रोपाईँ : परम्परा, श्रम र संस्कृतिको पहिचान

      बर्ड फ्लुको हटस्पट बन्दै काठमाडौं उपत्यका, ६० करोड रुपैयाँभन्दा धेरैको क्षति : डा. उमेश दाहाल

      सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

      भेनेजुएलामा ३९ सेकेन्डको अन्तरमा ७.१ र ७.५ म्याग्निच्युडको भूकम्प, १० हजारभन्दा बढीको ज्यान गएको आशंका

      विमानस्थलको तस्बिरबारे सबिना काफ्लेको स्पष्टीकरण: झोला मेरो होइन, सुरक्षाकर्मीको आफ्नै थियो, चरित्रहत्या गर्न खोजियो

      बाजुराको हिमाली सौन्दर्य : जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली

      गोलबजार नगरपालिकाद्वारा ७५ करोड ५६ लाखको बजेट प्रस्तुत

    होमपेज /  अन्य

    बर्ड फ्लुको हटस्पट बन्दै काठमाडौं उपत्यका, ६० करोड रुपैयाँभन्दा धेरैको क्षति : डा. उमेश दाहाल

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ११, बिहिबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५० पटक पढिएको
  • काठमाडौं । नेपालमा पछिल्ला तीन महिनादेखि फैलिरहेको बर्ड फ्लु संक्रमण अहिले विशेषगरी काठमाडौं उपत्यकामा केन्द्रित बनेको छ । पशुसेवा विभागका महानिर्देशक डा. उमेश दाहालका अनुसार हालसम्म ११ जिल्लामा संक्रमण पुष्टि भए पनि पछिल्लो समय काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा संक्रमणको जोखिम बढी देखिएको छ ।

    उनका अनुसार देशभरका प्रयोगशालामार्फत नियमित निगरानी र नमुना परीक्षण भइरहे पनि काठमाडौं उपत्यकाबाहेक अन्य क्षेत्रमा हाल नयाँ संक्रमण पुष्टि भएको छैन । अहिले विभागको मुख्य ध्यान उपत्यकाभित्र संक्रमणलाई चाँडो नियन्त्रण गर्नेमा केन्द्रित रहेको उनले बताए ।

    डा. दाहालका अनुसार हालसम्म साना–ठूला गरी करिब ८० भन्दा बढी कुखुरा फार्ममा बर्ड फ्लु देखिएको छ । बिहीबार मात्रै थप पाँच स्थानका नमुनामा संक्रमण पुष्टि भएको जानकारी प्राप्त भएको र ती स्थानमा तत्काल प्राविधिक टोली परिचालन गरी नियन्त्रणको काम अघि बढाइएको उनले बताए ।

    संक्रमणको सुरुवात चैत्र अन्तिमतिर कागमा देखिएको थियो । त्यसपछि जेठ दोस्रो सातादेखि काठमाडौंको चन्द्रागिरि, कीर्तिपुर, टोखा, तारकेश्वर लगायत क्षेत्रमा फैलिन थालेको डा. दाहालले बताए ।

    ‘संक्रमित कागबाट नै रोग सरेको देखिन्छ । कागमा परीक्षण गरेर बर्ड फ्लु पुष्टि भइसकेको छ,’उनले भने । उनका अनुसार गोदावरी, चाँगुनारायण, सूर्यविनायक लगायत क्षेत्रमा पनि संक्रमण फैलिएको छ । हाल सदर चिडियाखानामा समेत संक्रमित काग भेटिएपछि वन्यजन्तु तथा जंगली चराहरूमा समेत संक्रमण फैलिएको संकेत देखिएको छ ।

    डा. दाहालले बर्ड फ्लुलाई अत्यन्त संक्रामक भाइरस भएको उल्लेख गर्दै यसले ठूलो संख्यामा कुखुरा मार्ने र मानिसमा समेत सर्न सक्ने सम्भावना रहने बताए । ‘यो उपचार र प्रभावकारी खोप नभएको रोग हो । त्यसैले जहाँ संक्रमण देखिन्छ, त्यहाँका पन्छी र संक्रमणका सबै स्रोत नष्ट गर्ने ‘स्टाम्पिङ आउट’ विधि अपनाइन्छ,’उनले भने ।

    नेपालमा हालसम्म मानवमा संक्रमणको एउटा मात्रै पुरानो घटना देखिएको उल्लेख गर्दै उनले अहिले मानव संक्रमण पुष्टि नभएको जानकारी दिए । चिडियाखाना तथा अन्य जनावरमा एच–नाइन (एच९) प्रकारको अर्को एभियन इन्फ्लुएन्जा देखिएपछि भाइरसको स्वरूप परिवर्तन भएको हो कि भन्ने विषयमा पनि अध्ययन सुरु गरिएको छ ।

    डा. दाहालका अनुसार बर्ड फ्लु समन्वय समिति, जनस्वास्थ्य क्षेत्र, वातावरणविद् तथा सरोकारवालासँग छलफल गरी भाइरसको जीनोमिक सिक्वेन्सिङ गर्ने तयारी भइरहेको छ ।

    ६ लाखभन्दा बढी कुखुरा नष्ट

    संक्रमण नियन्त्रणका लागि हालसम्म झन्डै ६ लाखभन्दा बढी कुखुरा नष्ट गरिएको छ । त्यस्तै साढे ५० लाखभन्दा बढी अण्डा र करिब दुई लाख किलो दाना पनि नष्ट गरिएको विभागले जनाएको छ । डा. दाहालका अनुसार यसबाट हालसम्म ६० करोड रुपैयाँभन्दा बढी प्रत्यक्ष क्षति भइसकेको छ । तर उत्पादन बन्द हुनु, फार्म खाली राख्नुपर्ने अवस्था र पुनः उत्पादन सुरु गर्न लाग्ने समयका कारण अप्रत्यक्ष क्षति भने अर्बौं रुपैयाँ पुगेको उनको भनाइ छ ।

    ‘कुखुरा नष्ट भएपछि कम्तीमा ४२ दिन अर्थात् झन्डै डेढ महिनासम्म नयाँ चल्ला राख्न पाइँदैन । त्यसैले किसानले लामो समय उत्पादन गुमाउनुपरेको छ,’ उनले बताए ।

    क्षतिपूर्तिको व्यवस्था

    बर्ड फ्लु रोग नियन्त्रण नियमावली–२०७८ अनुसार संक्रमित फार्मका किसानलाई लागत मूल्यको ७५ प्रतिशतसम्म क्षतिपूर्ति दिने व्यवस्था रहेको डा. दाहालले जानकारी दिए ।

    जिल्लास्तरमा दररेट निर्धारण समितिले लागत मूल्य निर्धारण गर्ने र नष्ट गरिएका कुखुरा, अण्डा तथा दानाको प्रमाणका आधारमा किसानकै बैंक खातामा रकम पठाइने उनले बताए । हाल पहिलो चरणमा प्रभावित किसानहरूको विवरण तथा आवश्यक कागजात संकलनको काम भइरहेको छ ।

    डा. दाहालले बर्ड फ्लु बाहेक रानीखेत, गम्बोरो, इ–कोलाई लगायत रोगविरुद्ध उपचार र खोप उपलब्ध रहेकाले किसानले नियमित जैविक सुरक्षा अपनाउनुपर्ने बताए । उनले कुखुरा व्यवसायीलाई पशुपन्छी बीमा गर्न पनि आग्रह गरे । ‘बीमा प्रिमियमको ८० प्रतिशतसम्म सरकारले अनुदान दिन्छ। किसानले २० प्रतिशत मात्रै तिरेर आफ्नो व्यवसाय सुरक्षित बनाउन सक्छन्,’ उनले भने ।

    संक्रमित पक्षी नष्ट गर्नु नै बर्डफ्लु नियन्त्रणको प्रभावकारी उपाय

    डा. दाहालले बर्डफ्लुको उपचार तथा प्रभावकारी खोप उपलब्ध नभएकाले संक्रमित पक्षी तथा पक्षीजन्य सामग्री नष्ट गर्नु नै रोग नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय भएको बताएका छन् ।

    उनले कुनै फार्ममा संक्रमण देखिएलगत्तै आकस्मिक रोग अनुसन्धान टोली परिचालन गरी जोखिम क्षेत्र पहिचान गर्ने र आवश्यकताअनुसार संक्रमित पक्षी तथा उत्पादन सामग्री नष्ट गर्ने गरिएको बताए । उनका अनुसार बर्डफ्लु मानिसमा समेत सर्न सक्ने सम्भावना भएकाले संक्रमण फैलिन नदिन तत्काल नियन्त्रणका उपाय अपनाइन्छ । हालसम्म नेपालमा अन्य जनावरमा संक्रमण व्यापक रूपमा नदेखिएको भए पनि निगरानीलाई निरन्तरता दिइएको उनले जानकारी दिए ।

    महानिर्देशक दाहालले किसानलाई संक्रमण देखिए तुरुन्तै सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गर्दै सरकारले क्षतिपूर्तिको व्यवस्था गरेको बताए । बजारमा उपलब्ध मासु तथा अण्डा सुरक्षित रहेको उल्लेख गर्दै उनले सबै प्रकारका मासु राम्ररी पकाएर मात्र उपभोग गर्न उपभोक्तालाई आग्रह गरे ।

    उनले कुखुरा पालनमा जैविक सुरक्षा मापदण्डको पालना, नियमित सरसफाइ तथा बिमाको प्रयोगले किसानलाई थप सुरक्षित बनाउन मद्दत पुग्ने पनि बताए ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    निर्जला एकादशीमा बुढानीलकण्ठमा भक्तजनको घुइँचो

    भेनेजुएलामा ३९ सेकेन्डको अन्तरमा ७.१ र ७.५ म्याग्निच्युडको भूकम्प, १० हजारभन्दा बढीको ज्यान गएको आशंका

    विमानस्थलको तस्बिरबारे सबिना काफ्लेको स्पष्टीकरण: झोला मेरो होइन, सुरक्षाकर्मीको आफ्नै थियो, चरित्रहत्या गर्न खोजियो

    एकै दिन चार वटा स्थानीय तह ल्याए , बजेट सहित नीति तथा कार्यक्रम सार्वजनिक

    निर्जला एकादशीमा किन गरिन्छ भगवान विष्णु र तुलसीको विशेष पूजा ?

    आज निर्जला एकादशी, तुलसीको दल राख्ने दिन

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    विष्णु पौडेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट…

    भेनेजुएलालाई विश्वभरबाट सहयोगको घोषणा, कार्यवाहक राष्ट्रपति रोड्रिगेजद्वारा आभार…

    ग्रिनेड विस्फोट हुँदा नेपाली सेनाका हुद्दाको मृत्यु, सहसेनानी…

    विष्णु पौडेलको रिटमा सर्वोच्चको कारण देखाऊ आदेश

    ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

    बर्ड फ्लु संक्रमण ११ जिल्लामा फैलियो, ५ लाख…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    आर्थिक

    बाजुराका ९ वटै स्थानीय तहले प्रस्तुत गरे बजेट : कुन पालिकाको बजेट कति ?

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    गोलबजार नगरपालिकाद्वारा ७५ करोड ५६ लाखको बजेट प्रस्तुत

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑