• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ ११, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ सम्पन्न, विजयी खेलाडीहरूलाई पुरस्कार वितरण

      रास्वपा महाधिवेशन : रविले मतदान गर्नसँगै पहिलो चरणको मतदान सम्पन्न

      रोजगार र सम्मानजनक व्यवहारको माग गर्दै दृष्टिविहीनहरूको माइतीघरमा प्रदर्शन

      बाजुरामा असारे रोपाईँ : परम्परा, श्रम र संस्कृतिको पहिचान

      बर्ड फ्लुको हटस्पट बन्दै काठमाडौं उपत्यका, ६० करोड रुपैयाँभन्दा धेरैको क्षति : डा. उमेश दाहाल

      सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

      भेनेजुएलामा ३९ सेकेन्डको अन्तरमा ७.१ र ७.५ म्याग्निच्युडको भूकम्प, १० हजारभन्दा बढीको ज्यान गएको आशंका

      विमानस्थलको तस्बिरबारे सबिना काफ्लेको स्पष्टीकरण: झोला मेरो होइन, सुरक्षाकर्मीको आफ्नै थियो, चरित्रहत्या गर्न खोजियो

      बाजुराको हिमाली सौन्दर्य : जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली

      गोलबजार नगरपालिकाद्वारा ७५ करोड ५६ लाखको बजेट प्रस्तुत

      सर्लाहीमा बिभिन्न मुद्दाका ११ जना फरार प्रतिवादीहरु पक्राउ

      फिफा विश्वकप : चेक गणतन्त्रलाई पराजित गर्दै मेक्सिको नकआउट चरणमा प्रवेश 

      फिफाद्वारा एन्फा निलम्बित, तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष

      श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् रौतहटमा पक्राउ

      रौतहटमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, चालक गम्भीर घाइते

    होमपेज /  समाचार

    बाजुरामा असारे रोपाईँ : परम्परा, श्रम र संस्कृतिको पहिचान

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ ११, बिहिबार (१ घण्टा अघि)
    अनुमानित पढ्ने समय : १ मिनेट
  • २२ पटक पढिएको
  • बाजुरा । बाजुरामा यतिवेला असारे रोपाईँको चटारो छ । बर्षायामको समय सुरु भए पश्चात् यहाँका किसानहरु दिनरात खेतबारीको काममा व्यस्त छन् । रोपाईँ हुने यहाँका नौं वटै स्थानीय तहमा अहिले धमाधम कामकाज जारी छ ।

    अहिले स्थानीय किसाहरुको खेतबाट सुरु भएको समय साँझसम्म खेतबारीमै हुने गर्छ । स्थानीय परिवेश,परम्परा र ग्रामिण परिवेशको यथार्थ झल्को यहाँका विभिन्न खेतबारीमा देख्न सकिन्छ।महिला र पुरुष दुबै मिलेर असारे रोपाईँलाई अघि बढाउँदै आएका छन् ।

    पुरुषहरु (हलि बाउस्या) जमिन जोत्दै, गोरु डोर्याउँदै र कोदालीका साथ धपधपे हिलोमा व्यस्त छन् । अर्कातिर महिलाहरु (रोप्न्यारी) बीउ गाड्ने,रोप्ने काममा व्यस्त छन् । न भोक,न निद्रा,असारे कामको चटारो किसानको लागी परम्परा र संस्कृति बनेको छ ।

    असारे रोपाईँ केवल कृषि कार्य मात्रै नभई, बाजुराको संस्कृति र जीवनशैलीसंग गाँसिएको परम्परा समेत हो।खेतमा काम गर्ने क्रममाः गाईने असारे गीत, रमाइला भाका र सामुहिक सहभागीताले रोपाईँलाई उत्सवमय बनाउने गर्दछ । हिलोमा रमाउँदै काम गर्ने किसानहरुको अनुहारमा देखिने उत्साहले श्रमलाई पनि आनन्दमय बनाएको हुन्छ ।

    यहाँका किसानहरुलाई रोपाईँको चटारोले राम्रोसँग बस्न,सुत्न र खान समेत फुर्सद छैन् । हली,बाउस्या र रोपन्यारीको सामुहिक सहभागीताले खेतबारी निकै चाखलाग्दा देखिने गरेका छन् । साथमा रोप्न्यारीले धान रोप्दै गर्दा गाईने गीतका भाकाले झनै रोपाईँ क्षेत्रको वातावरण आनन्दित हुन्छ । साथै भेना, साली, देवर, भाउजू बिच खेतमै हिलो छ्याप्दै रमाइलो हुने गर्छ ।

    बाजुराको बडीमालिका नगरपालिका वडा.नम्बर ७ की स्थानीय कृषक जुना पाध्यायले रोपाईँ परम्परागत संस्कृति भएकोले हरेक बर्ष उत्साहका साथ रोपाईँ हुने गरेको बताईन् ।

    उनले भनिन्,‘असारको महिना फुर्सद हँुदैन् । एकातिर खेतमा रोपाईँसंगै कोदो सार्ने कामको चटारो हुन्छ । महिनाभरी खेत जोत्न,रोप्न, कोदो सार्ने काममा व्यस्त हुन्छौँ।’

    किसानी मान्छेको लागि असारको महिना मेहेनत नगरे पछि खानमा समेत समस्या हुने गरेको उनको भनाई छ । रोपाईँ परम्परा र संस्कृति भएकाले यसबेला हिलोमैलो, भोक, घाम पानी कसैको प्रभाव नहुने स्थानीयको भनाई छ । रोपाईँ स्थानीयको रहर नभई बाध्यता समेत हो । यहाँका कृषकको मुख्य पेशा नै कृषि भएकोले यो पेशा अनिवार्य मानिन्छ ।

    खेतमा कामसंगै रमाइलो गर्ने परम्परागत शैली अझै जीवित छ । पुरुषको काम जोत्ने र खन्ने हुन्छ भने,महिलाको काम बिउ उखेल्ने र रोप्ने हुन्छ । गाउँघरमा रोपाईँलाई श्रमको रुपमा मात्र नभई यसलाई उत्सवको रुपमा समेत लिईने गरेको स्थानीय कृषक मोती पाध्याको भनाई छ । ‘यो हाम्रो परम्परा,संस्कृति र संस्कार हो।यसलाई हामी जीवन्त बनाई राख्छौँ ।’

    अहिले यहाँका गाउँघर भन्दा पनि खेतबारीमा चहलपहल बढि छ।खेतमा ‘हाहा–होहो’ गर्दै गोरु जोतेको र रोप्न्यारीले रोप्दै भाका हालेर गित गाएको गुञ्जायमान आवाज जताततै सुन्न सकिन्छ । एकता र सहकार्य मजबुत बनाउन,परम्परा र संस्कृतिको संरक्षण गर्न तथा श्रमलाई सहज बनाउन खेतमा असारे भाका गाईन्छ । जसले हरेक रोपाईँलाई अविस्मरणीय र यादगार बनाउने गर्छ ।

    रोपाईँः परम्परा र श्रमको उत्सव :

    रोपाईँ केवल कृषि उत्पादन मात्र नभई,यो परम्परा र श्रमको उत्सव समेत हो । यसलाई पहाडी क्षेत्रमा परम्परा र श्रमको उत्सवका रुपमा बढि लिइन्छ । धान खेतीको मुख्य चरण, बिउबेडमा उमारिएको बीउ (धान) को बेर्नालाई उपयुक्त समयमा हिलोयुक्त खेतमा सराई गर्नु नै रोपाईँ हो ।

    देशभर प्रायः जेठको अन्तिम सातादेखि मनसुन सक्रिय भएसँगै रोपाईँको सुरुवाती हुने गर्छ । देशभर अधिकांश स्थानमा धान खेती गर्ने गरिन्छ । मानिसको मुख्य आधारको कृषि पेशा नै धान खेती हो । रोपाईँले कृषि उत्पादनको बढवा गर्न सहजता प्रदान गर्दछ । गाउँघरतिर स्थानीयहरुले एक–अर्कामा (पणिमु) निकालेर रोपाईँ गर्ने गर्छन् ।

    ग्रामिण क्षेत्रमा रोपाईँ केवल खेतीपातीको काम मात्र नभई सामाजिक सद्भाव,सहकार्य र सांस्कृतिक परम्परासँग पनि जोडिएको हुन्छ । रोपाईँका बेला असारे भाका गाउने, हिलो खेल्ने तथा सामुहिक भोज गर्ने चलन रहिआएको छ।मौलिक परम्परा,माटोको सुगन्ध,आपसी सम्बन्ध र कृषि कार्यलाई रोपाईँले नयाँ जीवन प्रदान गर्छ। लाग्छ,‘रोपाईँ हाम्रो अभिन्न अंग हो।हाम्रो हाँसो र माटोको सुगन्ध हो ।’

    परम्परा र श्रमलाई जीवन्त बनाई राख्न रोपाईँले महत्त्वपूर्ण भुमिका निर्वाह गर्छ । बीउलाई मात्र केवल जमिनमा रोप्नु होईन्,आफ्नो पहिचान र मेहेनतको फल समेत फलाउनु हो । रोपाईँले ग्रामिण भेगको बस्तुस्थिति,यहाँको यथार्थ जीवनशैली,महिला र पुरुषको श्रम र कृषि कार्यलाई चित्रण गरेको पाईन्छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    रोजगार र सम्मानजनक व्यवहारको माग गर्दै दृष्टिविहीनहरूको माइतीघरमा प्रदर्शन

    बाजुराको हिमाली सौन्दर्य : जहाँ बादलले चुम्छन् डाँडाकाँडा, हिमालले ओढ्छन् हरियालीको चोली

    सर्लाहीमा बिभिन्न मुद्दाका ११ जना फरार प्रतिवादीहरु पक्राउ

    फिफाद्वारा एन्फा निलम्बित, तेस्रो पक्षको हस्तक्षेप भएको निष्कर्ष

    श्रीमतीको हत्या गरी फरार रहेका श्रीमान् रौतहटमा पक्राउ

    रौतहटमा मोटरसाइकल दुर्घटना : एक जनाको मृत्यु, चालक गम्भीर घाइते

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    चौथो नेशनल गोल्डेन एथलेटिक्स मिट–२०२६ सम्पन्न, विजयी खेलाडीहरूलाई…

    रास्वपा महाधिवेशन : रविले मतदान गर्नसँगै पहिलो चरणको…

    रोजगार र सम्मानजनक व्यवहारको माग गर्दै दृष्टिविहीनहरूको माइतीघरमा…

    बाजुरामा असारे रोपाईँ : परम्परा, श्रम र संस्कृतिको…

    ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

    बर्ड फ्लु संक्रमण ११ जिल्लामा फैलियो, ५ लाख…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य :…

    आर्थिक

    सूनको मूल्यमा ठूलो गिरावट, कतिमा हुँदैछ कारोबार ?

    गोलबजार नगरपालिकाद्वारा ७५ करोड ५६ लाखको बजेट प्रस्तुत

    वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑