• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ अषाढ १०, बुधबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘अलगै लेभलका बन्दा’ भनेको तीन दिनमै प्रधानमन्त्री बालेनमाथि खनिए सीके राउत

      ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

      पासपोर्ट ठेक्का काण्डमा नयाँ खुलासा, बयानमा ओलीको निर्देशनको दाबी

      रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

      वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

      सहकारी क्षेत्रले उत्पादनमा महत्त्वपूर्ण योगदान दिएपनि नीतिगत अवरोध कायम

      ललितपुर महानगरपालिकाले ल्यायो ७ अर्ब ४८ करोडको बजेट : विकास, सम्पदा संरक्षण र सुशासनलाई प्राथमिकता

      रोकिएन नेप्सेको ओरालो यात्राः १४ अंकले घटेस“गै २६ सय विन्दुमा बजार

      सिट बढाउने निर्णय फिर्ता नलिए अनसन बस्ने डा. गोविन्द केसीको चेतावनी

      गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च पुगिन् विष्णु पौडेलकी श्रीमती

      रास्वपालाई केही भयो भने देशलाई असर पर्छ : सुलभ खरेल

      बर्ड फ्लु संक्रमण ११ जिल्लामा फैलियो, ५ लाख ६९ हजारभन्दा बढी कुखुरा नष्ट

      न्यूयोर्कदेखि जेरुसेलमसम्म : ३५ वर्षीय रिजालले राखे विश्व मञ्चमा नेपालको नाम

      रास्वपा महाधिवेशनः खुल्ला मधेसी केन्द्रीय सदस्य पदमा श्रम मन्त्री रामजी यादवको उम्मेदवारी

      सभापति थापाको अभिव्यक्तिप्रति नेता शाहीको आपत्ति : ‘पार्टी कसैको पेवा, व्यक्तिगत सम्पत्ति र बपौती होइन’

    होमपेज /  अन्य

    सिट बढाउने निर्णय फिर्ता नलिए अनसन बस्ने डा. गोविन्द केसीको चेतावनी

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ अषाढ १०, बुधबार (२ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ८५ पटक पढिएको
  • काठमाडौं । चिकित्सा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले चिकित्सा शिक्षामा विदेशीसहितका विद्यार्थीको भर्ना संख्या वृद्धि गर्ने सरकारी तयारीप्रति गम्भीर आपत्ति जनाएका छन्। उनले उक्त निर्णय तत्काल फिर्ता नलिए पुनः अनसन बस्न बाध्य हुने चेतावनी दिएका छन्।

    बुधबार जारी प्रेस विज्ञप्तिमार्फत डा. केसीले नीति अनुसन्धान प्रतिष्ठानमार्फत चिकित्सा शिक्षा क्षेत्रसँग सम्बन्धित विभिन्न नीतिगत सुझावहरू कार्यान्वयन गर्ने सरकारको तयारीबारे आफू गम्भीर रूपमा चिन्तित भएको बताएका छन्। उनका अनुसार विदेशी विद्यार्थीको संख्या बढाउने निर्णय मात्र होइन, चिकित्सा शिक्षा ऐनको मर्म र उद्देश्यविपरीत जाने अन्य प्रस्तावहरू पनि लागू गर्ने तयारी भइरहेको सूचना प्राप्त भएको छ।

    डा. केसीले विगतका सरकारले राष्ट्रिय चिकित्सा शिक्षा ऐन तथा नियमावलीले तोकेका मापदण्ड र पूर्वाधार पूरा नगरेका निजी मेडिकल, डेन्टल तथा नर्सिङ कलेजहरूलाई समेत ठूलो संख्यामा सिट वृद्धि गर्ने निर्णय गरेको स्मरण गराएका छन्। उनले त्यसलाई सुधार गर्न आफूहरूले पटक–पटक आग्रह गरे पनि सरकारले त्यसलाई बेवास्ता गरेको आरोप लगाएका छन्।

    उनले भनेका छन्, “अघिल्लो सरकारको गलत निर्णय सच्याउनुपर्नेमा उल्टै सिट वृद्धि गर्ने विषय बजेट भाषणमै समावेश गरियो। त्यसलाई उचित देखाउन अनुसन्धानको नाममा झारा टार्ने काम भइरहेको छ। यस्ता निर्णयले चिकित्सा शिक्षाको गुणस्तरमा गम्भीर असर पार्ने र नागरिकको स्वास्थ्य अधिकारमाथि नै खेलबाड हुने खतरा बढेको छ।”

    डा. केसीले वर्तमान सरकारमाथि पनि स्वार्थ समूहहरूको प्रभावमा परेर चिकित्सा शिक्षा र स्वास्थ्य सेवाको गुणस्तर तथा समतामूलक पहुँच कमजोर पार्ने नीति ल्याउन खोजेको आरोप लगाएका छन्। उनका अनुसार यस्ता निर्णय कार्यान्वयन भए नेपाल चिकित्सा शिक्षा ऐन लागू हुनुअघिको अव्यवस्थित र मनपरी अवस्थातर्फ फर्किने जोखिममा पर्नेछ।

    उनले सरकारलाई लक्षित गर्दै प्रश्न गरेका छन्, “के जनताले यही उद्देश्यका लागि नयाँ नेतृत्वलाई निर्वाचित गरेका हुन् ?” उनले चिकित्सा शिक्षा क्षेत्रलाई फेरि माफिया र राजनीतिक स्वार्थको नियन्त्रणमा लैजान खोजिएको दाबी गरेका छन्।

    डा. केसीका अनुसार चिकित्सा शिक्षा ऐनको भावना विपरीतका गतिविधिका कारण राष्ट्रिय चिकित्सा शिक्षा आयोग र ऐनको प्रभावकारिता नै कमजोर बन्दै गएको छ। यदि सिट वृद्धि लगायत नीति अनुसन्धान केन्द्रका विवादास्पद सुझावहरू लागू गरिए चिकित्सा शिक्षा ऐन र आयोगको अस्तित्व नै संकटमा पर्ने उनको चेतावनी छ।

    उनले सरकारले तत्काल विवादास्पद प्रस्तावहरू फिर्ता लिएर चिकित्सा शिक्षा ऐनको पूर्ण कार्यान्वयन सुनिश्चित गर्नुपर्ने माग गरेका छन्। अन्यथा चिकित्सा शिक्षा सुधारको आन्दोलनलाई पुनः सशक्त बनाउँदै आफू अनसनसहितका संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने बताएका छन्।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ‘अलगै लेभलका बन्दा’ भनेको तीन दिनमै प्रधानमन्त्री बालेनमाथि खनिए सीके राउत

    पासपोर्ट ठेक्का काण्डमा नयाँ खुलासा, बयानमा ओलीको निर्देशनको दाबी

    गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै सर्वोच्च पुगिन् विष्णु पौडेलकी श्रीमती

    न्यूयोर्कदेखि जेरुसेलमसम्म : ३५ वर्षीय रिजालले राखे विश्व मञ्चमा नेपालको नाम

    अनुभव, इमान्दारी र परिवर्तनको एजेन्डासहित रास्वपाको केन्द्रीय सदस्यमा सुजित श्रेष्ठको उम्मेदवारी 

    हाँसो र सौहार्दले भरिएको रास्वपा महाधिवेशन परिसर

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘अलगै लेभलका बन्दा’ भनेको तीन दिनमै प्रधानमन्त्री बालेनमाथि…

    ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

    पासपोर्ट ठेक्का काण्डमा नयाँ खुलासा, बयानमा ओलीको निर्देशनको…

    रास्वपा केन्द्रीय सदस्यमा ३८४ जनाको उम्मेदवारी

    ललितपुर महानगरले ल्यायो ‘फायर फाइटिङ’ क्रेन सञ्चालनमा

    बर्ड फ्लु संक्रमण ११ जिल्लामा फैलियो, ५ लाख…

    रास्वपा महाधिवेशन बन्दशत्रमा रविको सम्बोधनः पुरानै शैलीले फरक…

    गृहमन्त्री सुधन गुरुङमाथि आक्रमण भएको हल्ला असत्य :…

    आर्थिक

    वीरगन्ज महानगरले ल्यायो ७३ करोड बढी बजेट : यस्ता छन् बजेटका प्राथमिकता

    सहकारी क्षेत्रले उत्पादनमा महत्त्वपूर्ण योगदान दिएपनि नीतिगत अवरोध कायम

    रोकिएन नेप्सेको ओरालो यात्राः १४ अंकले घटेस“गै २६ सय विन्दुमा बजार

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह...  विस्तृतमा

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑