सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । अमेरिकाले इरानमाथि वर्षौंदेखि लागू गर्दै आएको तेलसम्बन्धी प्रतिबन्ध अस्थायी रूपमा स्थगित गर्दै अन्तर्राष्ट्रिय बजारमा इरानी तेल बिक्रीका लागि बाटो खुला गरेको छ।
नयाँ सहमतिअनुसार इरानले कम्तीमा दुई महिनासम्म अमेरिकी डलरमा तेल बिक्री गर्न पाउनेछ। यस अवधिमा इरानले अमेरिकी तथा अन्य अन्तर्राष्ट्रिय कम्पनीहरूमार्फत खुला रूपमा तेल कारोबार गर्न सक्ने व्यवस्था गरिएको छ।
यसअघि अमेरिकी प्रतिबन्धका कारण इरानको तेल निर्यात सीमित रहेको थियो। इरानले मुख्य रूपमा अनौपचारिक तथा छायाँ सञ्जालमार्फत चीनलगायत केही मुलुकमा तेल निर्यात गर्दै आएको थियो।
अमेरिका र इरानबीच स्विट्जरल्याण्डमा जारी वार्तापछि ६० दिनका लागि युद्धविराम गर्ने प्रारम्भिक सहमति बनेको बताइएको छ। सो अवधिमा दुवै पक्षले स्थायी शान्ति सम्झौता गर्न कूटनीतिक प्रयास जारी राख्ने जनाएका छन्।
सहमतिअनुसार विश्वको महत्वपूर्ण ऊर्जा मार्ग मानिने हर्मुज जलडमरूमध्यबाट तेल तथा ग्यास बोकेका जहाजहरूको आवतजावत अवरोधरहित रहनेछ। साथै, अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (IAEA) का निरीक्षकहरूलाई पनि यही सातादेखि इरान फर्केर आफ्नो काम पुनः सुरु गर्न अनुमति दिइनेछ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले उक्त सहमतिलाई महत्वपूर्ण कूटनीतिक उपलब्धि भन्दै यसको प्रभावकारी कार्यान्वयनले मध्यपूर्वमा तनाव कम हुनुका साथै विश्व ऊर्जा आपूर्तिमा स्थिरता आउने विश्वास व्यक्त गरेका छन्।
यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सहमतिका सर्त उल्लंघन गरे पुनः कडा प्रतिबन्ध वा सैन्य कारबाहीसमेत हुन सक्ने चेतावनी दिएका छन्। उनले आणविक हतियारको जोखिमलाई आर्थिक चुनौतीभन्दा गम्भीर विषयका रूपमा व्याख्या गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सुरक्षालाई प्राथमिकतामा राखिएको बताएका छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा