सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गृहमन्त्री सुधन गुरुङविरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी दर्ता गरिएको छ। प्रहरी हिरासतमा रहेका व्यक्तिहरूलाई मानसिक दबाब र ज्यान मार्ने धम्की दिएको आरोप लगाउँदै आयोगमा निवेदन पेश गरिएको हो।
अजय सोडारी, प्रकाश बम र सुजन पौडेलले सोमबार आयोगको केन्द्रीय कार्यालय पुल्चोक पुगेर गृहमन्त्री गुरुङविरुद्ध उजुरी दर्ता गराएका हुन्। उनीहरूले आफूहरूमाथि राज्यको उच्च जिम्मेवारीमा रहेका व्यक्तिबाट मानव अधिकार उल्लंघन भएको दाबी गरेका छन्।
निवेदनअनुसार जेठ १९ गते कालापानी, लिपुलेक र लिम्पियाधुरासम्बन्धी सीमा विवादको विषयमा भारतीय दूतावासअगाडि शान्तिपूर्ण प्रदर्शन गर्ने क्रममा उनीहरूलाई सोह्रखुट्टे प्रहरी वृत्तको टोलीले पक्राउ गरेको थियो।
उजुरीकर्ताहरूले हिरासतमा राखिएको करिब आधा घण्टापछि गृहमन्त्री गुरुङको नेतृत्वमा आएको टोली अनधिकृत रूपमा हिरासत कक्षभित्र प्रवेश गरेको र त्यहाँ मानसिक दबाब तथा ज्यान मार्ने धम्की दिएको आरोप लगाएका छन्।
उनीहरूले घटनाको निष्पक्ष छानबिनका लागि राष्ट्रिय मानव अधिकार आयोगको विशेष टोलीले सोह्रखुट्टे प्रहरी वृत्तमा पुगेर पीडितहरूको बयान लिनुपर्ने, त्यस दिनको सीसीटीभी फुटेज सुरक्षित गर्नुपर्ने तथा आगन्तुक अभिलेख नियन्त्रणमा लिएर अनुसन्धान गर्नुपर्ने माग गरेका छन्।
यस विषयमा गृहमन्त्री गुरुङ वा गृह मन्त्रालयको औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन। आयोगले उजुरी दर्ता गरी आवश्यक प्रक्रिया अघि बढाउने जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा