सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । पूर्व गोर्खा सैनिक हरि बुढा मगरलाई गिनिज वल्र्ड रेकड्र्सले ‘आइकन’को रूपमा सम्मान गरेको छ ।
अफगानिस्तानमा ब्रिटिस सेनाको सेवाका क्रममा सन् २०१० मा घुँडाभन्दा माथिबाट दुवै खुट्टा गुमाएका हरिले हार नमानी सन् २०२३ मे १९ मा सगरमाथा आरोहण गर्ने विश्वकै पहिलो डबल एबभनी एम्प्युटी बनेर इतिहास रचेका थिए ।
तीन सन्तानका पिता हरिले यो उपलब्धि कीर्तिमानका लागि मात्र नभई अपांगताप्रतिको सोच परिवर्तन गर्न र विश्वभरका मानिसलाई प्रेरित गर्न हासिल गरेको बताएका छन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा