• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८३ श्रावण १८, सोमबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • ‘कामी’ होइन, ‘विश्वकर्मा’ लेख्न पाउने सर्वोच्चको ऐतिहासिक फैसला, सरकारका नाममा परमादेश

      अमेरिकी भिसाको लागी नेपालीले ३० लाख धरौटी राख्नुपर्ने

      मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

      सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

      किशोरी र डा.सुनिलको पहलमा हुम्लाका प्रतापे दमाईको केएमसीमा निशुल्क उपचार

      वायुसेवा निगमको यात्रु र आम्दानी बृद्धि : आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बढ्यो

      ब्रड पीकमा फेला परेका आरोहीको शव जापानी क्याम्पबाट हेलिकोप्टरबाट ल्याउने प्रयास

      ‘बियोन्ड मेडल्सः प्रिजर्भिङ नेपाल्स स्पोट्र्स हिस्ट्री’ प्रदर्शनी हुँदै

      सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ

      स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

      नायिका रेखा थापा र मिस नेपाल उषा खड्गीद्वारा ‘महिला शक्ति जागरण अभियान’को शुभारम्भ

      रास्वपाको कार्यकर्ता हिन्दुवादी हुन पाउँछः मनिष झा

      Social संयुक्त हिन्दू मोर्चा र गृहमन्त्रीबीच पुनः वार्ता, ६ माग थप

      सिक्री लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘कर्मा समूह’का नाइकेसहित पाँच जना पक्राउ

      नयाँ पुस्ताले इतिहास र अग्रजको सम्मान गर्नुपर्छ : माधव नेपाल

    होमपेज /  कला/मनोरञ्जन

    ‘काजी’ मा प्रेमको सूक्ष्म अनुभूति, विपिन भन्छन् : ‘काजी–कजिनीको प्रेम नै फिल्मको आत्मा हो’

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८३ जेष्ठ २, शनिबार (२ महिना अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • १३० पटक पढिएको
  • काठमाडौं । जेठ ८ गतेदेखि प्रदर्शनमा आउन लागेको नेपाली चलचित्र ‘काजी’ अहिले चर्चामा छ । चलचित्रको ट्रेलर र गीत सार्वजनिक भएसँगै दर्शकमाझ उत्साह बढिरहेको बेला अभिनेता विपिन कार्कीले चलचित्रको कथा, आफ्नो पात्र र अभिनय अनुभवबारे बताएका छन् ।

    नेपाल न्यूज बैंकसँगको कुराकानीमा विपिनले ‘काजी’ आफूले यसअघि नगरेको फरक शैलीको प्रेमकथामा आधारित चलचित्र भएको बताए । उनका अनुसार सुरुवातमा चलचित्रको कथा अर्कै थियो, तर केही समयपछि निर्माण टोलीले नयाँ कथासहित आफूलाई पुनः प्रस्ताव गरेको थियो ।

    उनले भने, ‘पहिले हामी अर्को कथामा ‘काजी’को कामलाई अगाडि बढाउने सहमतिमा थियौं । पछि टिम फेरिएर आयो र कथा परिवर्तन गरियो । अहिले बनेको कथा फरक स्वादको छ, जुन मलाई पनि निकै मन पर्यो ।’

    विपिनका अनुसार चलचित्रले प्रेमलाई केवल ठूला संवाद वा भावनात्मक अभिव्यक्तिमा मात्र सीमित नगरी दैनिक जीवनका साना व्यवहार र सम्बन्धभित्र खोजेको छ । उनले श्रीमान–श्रीमतीबीचको समझदारी, त्याग र सँगै खुशी भएर बाँच्ने भावनालाई चलचित्रको केन्द्रमा राखिएको बताए ।

    उनले भने, ‘साना–साना कुरामा पनि प्रेम प्रकट हुन्छ । श्रीमतीको खुशीमा आफ्नो खुशी खोज्ने, एकअर्काका लागि त्याग गर्ने यस्ता सूक्ष्म भावनालाई ‘काजी’ले निकै सुन्दर ढंगले प्रस्तुत गरेको छ ।’

    उनका अनुसार चलचित्रले प्रेमलाई केवल संवाद वा भावनामा सीमित नगरी व्यवहारिक जीवनका साना–साना पक्षमा खोजेको छ ।

    ‘ठूला–ठूला प्रेमका कुरा मात्रै होइन, व्यवहारका साना कुरामा पनि प्रेम हुन्छ । यही कुरा ‘काजी’ले सूक्ष्म ढंगले देखाएको छ,’ उनले भने, ‘मलाई लाग्छ फिल्म हेरेपछि दर्शकले ‘काजी–कजिनीको प्रेम पो प्रेम’ भन्नुहुनेछ ।’

    विपिनले आफू पनि वैवाहिक जीवन बाँचिरहेको व्यक्ति भएकाले पात्र बुझ्न धेरै कठिन नभएको अनुभव सुनाए । उनले काजीको पात्रलाई आफ्नो जीवनसँग नजिक महसुस गरेको बताए ।

    ‘म आफैँ पनि एउटा श्रीमान् हुँ । त्यसैले यो पात्रका भावनाहरू मैले जीवनमै अनुभव गरिरहेको छु । अन्य केही फिल्ममा जस्तो धेरै तयारी गर्नुपरेन,’ उनले भने ।

    चलचित्रको समय परिवेश २०५० सालअघिको रहेको र आफूले निभाएको पात्र ‘काजी खानदान’ को विरासत बोकेको युवक भएको उनले बताए । प्रेममा डुबेको, बाहिरी संसारसँग खास सरोकार नराख्ने पात्र आफूले यसअघि नगरेको भन्दै उनले यसलाई चुनौतीपूर्ण र नयाँ अनुभवका रूपमा लिएको बताए ।

    अभिनयबारे बोल्दै विपीनले आफूले हरेक पात्रलाई फरक बनाउने प्रयास गर्ने गरेको उल्लेख गरे । दर्शकको अपेक्षाले जिम्मेवारी बढाएको स्वीकार्दै उनले अझ राम्रो काम प्रस्तुत गर्ने प्रयास जारी रहने बताए ।

    ‘दर्शकले मबाट राम्रो कामको अपेक्षा गर्नुहुन्छ । त्यो विश्वासले दबाब पनि दिन्छ र कामप्रतिको जिम्मेवारी पनि बढाउँछ,’ उनले भने ।

    कलाकारले आफूले चाहेको भूमिका रोज्न नसक्ने भन्दै आफूलाई दिइएको पात्रलाई न्याय गर्नु नै मुख्य जिम्मेवारी भएको विपिनले बताए ।

    ‘यदि कलाकारले आफैं भूमिका रोज्ने हो भने ऊ कास्टिङ निर्देशक बन्छ,’ उनले हाँस्दै भने, ‘मलाई यो पात्रका लागि निर्माण टोलीले रोजेको हो, मैले त्यसलाई स्वीकृति दिएको हुँ ।’

    चलचित्रको ट्रेलर र गीतप्रति दर्शकबाट सकारात्मक प्रतिक्रिया आइरहेको भन्दै उनले अहिलेको नेपाली चलचित्रभन्दा फरक स्वाद दर्शकले ‘काजी’मा पाउने दाबी गरे । विशेषगरी ‘वारी बर पारी पिपलु’ गीत टिकटकमा भाइरल भइरहेकाले पनि चलचित्रले राम्रो माहोल बनाइरहेको उनको भनाइ छ ।

    उनले सामाजिक सञ्जाल र डिजिटल प्लेटफर्मले चलचित्र प्रचारमा ठूलो सहयोग पुगेको उल्लेख गर्दै राम्रो कथा, बलियो प्रस्तुति र टिमवर्क नै दर्शक हलसम्म तान्ने मुख्य आधार भएको बताए ।

    चलचित्रमा केकी अधिकारीको पनि अभिनय रहेको छ । विपिनका अनुसार निर्देशक, निर्माता र सम्पूर्ण कलाकार टोलीले इमान्दारीपूर्वक मेहनत गरेका छन् ।

    छायांकनका क्रममा भएको एउटा रमाइलो घटना पनि उनले सुनाए । काभ्रेमा गीत छायांकनका लागि जाँदा गुगल म्यापले गलत बाटो देखाउँदा टोली खोलामै फसेको उनले सम्झिए । ‘त्यतिबेला निकै तनाव भयो, तर अहिले सम्झिँदा रमाइलो लाग्छ,’ उनले हाँस्दै भने ।

    उनले दर्शकलाई ‘काजी’ हेर्न आग्रह गर्दै यो चलचित्रले निराश नबनाउने विश्वास व्यक्त गरे । ‘यो घर–घरको कथा हो ।

    दर्शकले आफूलाई पात्रहरूसँग जोड्न सक्नुहुन्छ । अहिले आइरहेका फिल्ममध्ये फरक दृष्टिकोणको चलचित्र हो,’ उनले भने ।

    दर्शकको विश्वासले जिम्मेवारी थप बढाउने उनले स्वीकार गरे । ‘दर्शकले मबाट राम्रो कामको अपेक्षा गर्नुहुन्छ । त्यो माया र विश्वासले अझ राम्रो गर्न दबाब दिन्छ, यो घर–घरको कथा हो । दर्शकले आफूलाई पात्रहरूसँग जोड्न सक्नुहुन्छ, अहिले आइरहेका फिल्ममध्ये फरक दृष्टिकोण र स्वाद बोकेको चलचित्र हो ‘काजी,’ उनले भने ।

    उनले अझै आफूले धेरै कुरा देखाउन बाँकी रहेको पनि बताए । ‘अहिलेसम्म के देखाएको छु र ? अझै धेरै गर्न बाँकी छ ।

    चाहेको पात्र पाउने दिन अझै आउन बाँकी छ,’ उनले भने ।

    अभिनय क्षेत्रमा पूर्णता सम्भव नरहेको भन्दै विपीनले हरेक फिल्मले नयाँ सिकाइ दिने अनुभव सुनाए । ‘हरेक फिल्मपछि अब सिकियो जस्तो लाग्छ । तर अर्को फिल्म गर्दा फेरि अघिल्ला गल्ती महसुस हुन्छन्,’ उनले भने, ‘म आफ्नो कमजोरी आफैं खोज्ने गर्छु ।’

    लक्ष्मण रिजालको निर्देशनमा तयार भएको यस फिल्ममा विपिन र केकीका साथै गरिमा शर्मा, प्रकाश घिमिरे, हेमन्त बुढाथोकी, विशाल पहारी, विनोद न्यौपाने, रश्मी भट्ट, हिउँवाला गौतम लगायतको अभिनय रहेको छ । प्रदीप भारद्वाजको कथा रहेको यस फिल्मलाई रामप्रसाद रिजालले प्रस्तुत गरेका हुन् ।

    रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा नेहान रिजाल र विकाशराज जोशी निर्माता रहेका छन् । चिन्तन राजभण्डारीको छायांकन, कालीप्रसाद बास्कोटाको संगीत र विपीन मल्लको सम्पादन रहेको फिल्म ‘काजी’लाई श्रीराम बालाजी फिल्मस्ले वितरण गर्ने जिम्मेवारी लिएको छ ।

    RBB

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ऋतिकको नाम जोडिएपछि कंगनाको प्रतिक्रिया, ‘मलाई ट्रोल गर्नेहरूलाई रोक्नुस्’

    अब देशको विकास महिला उद्यमीले गर्ने समय आएको छ : सरोज खनाल

    महिला शिक्षकप्रति लक्षित गीतप्रति शिक्षक महासङ्घको आपत्ति, तत्काल रोक्न माग

    महेश र अञ्जनालाई लिएर शर्मिलाले घोषणा गरिन् ‘आशा’

    ट्रेलर सार्वजनिकपछि चर्चामा ‘गौँथली’, शिक्षाबाट वञ्चित बालिकाको कथा

    चर्चामा ‘गौँथली’, टिजर र ट्रेलरले हाइप बढाउँदै

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ‘कामी’ होइन, ‘विश्वकर्मा’ लेख्न पाउने सर्वोच्चको ऐतिहासिक फैसला,…

    अमेरिकी भिसाको लागी नेपालीले ३० लाख धरौटी राख्नुपर्ने

    मुगुको बाम गाउँमा पुग्यो नेपाल टेलिकमको फोरजी सेवा

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    सिरहाको गोलबजारमा कफ्र्यू हटाइयो

    विश्वले एक महान आरोही, साहसी र प्रेरणादायी व्यक्ति…

    पुर्जासहित ६ नेपाली आरोहीप्रति श्रद्धाञ्जली दिँदै बालेनले भने-…

    वर्तमान सरकार पाँच वर्षको भनिएपनि पाँच महिनामै कमजोर…

    आर्थिक

    स्थानीय प्रभावितलाई जलविद्युतको सेयर अंकित मूल्यमै उपलब्ध गराउनुपर्छ : इप्पान 

    कोदो–फापर उत्पादन बढाएर आयात घटाई निर्यात बढाउनुपर्छ : प्रकाशसिंह कार्की

    भारतमा व्यावसायिक एलपी ग्यासको मूल्य फेरि घट्यो, नेपालमा कस्तो प्रभाव पर्ला ?

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    सन् २०२६ को विश्वकप जितेपछि लामिन यामालभन्दा उनका ३ वर्षीय भाइ किन बने विश्वभर चर्चाको केन्द्र ?

    काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा...  विस्तृतमा

    प्रभु बैंकका सीईओ शेरचन र सिविओ रश्मि पन्तसहित १५ जनाविरुद्ध अदालतमा मुद्दा, ५९ करोड ७७ लाख कर्जा दुरुपयोगको आरोप

    एमालेकी पुर्व सांसद सपना प्रधान मल्ललाई प्रधानमन्त्री बालेनले प्रधानन्यायाधिश बनाउलान् ?

    नेपाल टेलिकम ले दुर्गम क्षेत्रमा स्याटेलाइट प्रविधिबाट मोबाइल सेवा विस्तार गर्दै ३८ स्थानमा पुर्‍यायो पहुँच

    बालेन शाह : र्यापरबाट मेयर हुँदै प्रधानमन्त्रीसम्म

    कांग्रेस निर्वाचनमा पराजय हुनुको कारण के ?

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑