सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले इद उल फित्रको अवसरमा देश-विदेशमा रहेका सम्पूर्ण मुस्लिम दाजुभाइ तथा दिदीबहिनीलाई शुभकामना व्यक्त गरेकी छन् ।
सामाजिक सञ्जाल फेसबुक मार्फत शनिबार प्रधानमन्त्री कार्कीले शुभकामना व्यक्त गर्दै इद उल फित्रले आपसी सद्भाव र एकताको भावना अझ सुदृढ बनाउने विश्वास रहेको बताइन् ।
उनले लेखेकी छन,‘रमजानको महिना दिन लामो एवं कठिन व्रतले हामीलाई सहनशीलता, सहिष्णुता, त्याग र मानवताप्रतिको समर्पणको सन्देश दिन्छ । त्यही पवित्र महिमाकै कारण रमजानको रोजा बस्ने यस समयलाई सत्कर्म र संयमको महिना पनि भनिएको हो । यी मूल्यहरूले हाम्रो समाजलाई मानव मूल्यको महसुस, सहअस्तित्व र समृद्धिका लागि प्रेरणा प्रदान गर्छन् । इद उल फित्रले आपसी सद्भाव, भाइचारा र एकताको भावना अझ सुदृढ बनाउने विश्वास लिएकी छु ।’
उनले यस पर्वले नेपालीबिच आपसी सम्मान, सद्भाव र सहकार्यको भावना अभिवृद्धि गर्दै राष्ट्रको समृद्धि र स्थायित्वमा योगदान पु¥याओस् भन्ने कामना समेत गरेकी छन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा