सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । विभिन्न कारणले कम्बोडियामा अलपत्र परेका २० नेपाली नागरिकलाई उद्धार गरी स्वदेश ल्याइएको छ।
विभिन्न आकर्षक प्रलोभनमा परेर कम्बोडिया पुगेका उनीहरूको गैरआवासीय नेपाली संघ (एनआरएनए) कम्बोडियाको सहजीकरणमा थाइल्याण्डको बैंककस्थित नेपाली दूतावासले उद्धार गरेको हो।
उद्धार गरिएका नेपालीहरू बुधबार कम्बोडियाबाट उडेर बिहीबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका छन्। उनीहरूको व्यक्तिगत परिचय भने सार्वजनिक गरिएको छैन।
दूतावासका अनुसार ती नेपालीहरू अनलाइन ठगी, अनलाइन क्यासिनो तथा अन्य गैरकानुनी गतिविधिमा संलग्न रहेका वा बिना भिसा बसिरहेका अवस्थामा फेला परेका थिए।
कम्बोडियामा अझै केही नेपालीहरू अलपत्र रहेको जनाउँदै दूतावासले उनीहरूलाई पनि सुरक्षित रूपमा स्वदेश फर्काउने पहल भइरहेको जानकारी दिएको छ।
यसअघि गत महिना पनि मानव तस्करको प्रलोभनमा परी कम्बोडिया पुगेका १६ नेपाली नागरिकलाई उद्धार गरिएको थियो।
दूतावासले नेपाली नागरिकलाई कुनै पनि प्रलोभनमा नपर्न, विदेश जानुअघि नेपाल सरकारबाट आवश्यक श्रम स्वीकृति लिन र वैधानिक प्रक्रिया पूरा गरेर मात्र कम्बोडिया, लाओस, म्यानमार तथा थाइल्याण्डलगायतका देशमा जान आग्रह गरेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा