सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग ले अन्तर्राष्ट्रिय बजारमा देखिएको अभावको बहाना बनाएर खाना पकाउने एलपी ग्यासको अवैध कारोबार भइरहेको सूचना पाएमा तत्काल ११३७ नम्बरमा निःशुल्क फोन गरेर जानकारी दिन सर्वसाधारणलाई आग्रह गरेको छ।
पछिल्ला दिनमा ग्यासमा कालोबजारी बढेको, अत्यधिक मात्रामा लुकाएर राखिएको तथा बढी मूल्य लिएर बिक्री गरिएको गुनासो बढेपछि विभागले यस्तो आग्रह गरेको हो। उपभोक्ताले देशभर जहाँबाट पनि उक्त नम्बरमा निःशुल्क रूपमा फोन गरेर जानकारी दिन सक्ने विभागले जनाएको छ।
नेपाल आयल निगम ले आधा सिलिण्डर मात्रै ग्यास बिक्री गर्ने व्यवस्था मिलाए पनि बजारमा ग्यासको अभाव कायम रहेको छ। विभागले अनुचित व्यापारिक क्रियाकलाप सञ्चालन भएको पाइएमा कडा कारबाही गरिने चेतावनी दिएको छ।
विभागका अनुसार हाल देशभर स्थलगत अनुगमन तथा निरीक्षणलाई तीव्र बनाइएको छ। अनुगमनका क्रममा कैफियत भेटिएमा उपभोक्ता संरक्षण ऐन २०७५ बमोजिम कारबाही गरिँदै आएको छ।
ग्यासको माग उच्च रहेको अवस्थामा आपूर्ति प्रणालीलाई सहज बनाउन, कृत्रिम अभाव सिर्जना गर्ने तथा अन्य गैरकानुनी गतिविधि नियन्त्रण गर्न विभाग सक्रिय रहेको जनाएको छ। साथै सबै ग्यास उत्पादक उद्योग तथा वितरकलाई कानुनअनुसार व्यापार व्यवसाय गर्न र कुनै पनि गैरकानुनी गतिविधि नगर्न सचेत गराइएको छ।
यसैबीच सोमबार विभागले ग्यास लुकाइएको पाइएपछि श्रीराम ग्यास उद्योग लाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ। उद्योगको ललितपुरको हरिसिद्धि स्थित गोदाममा लुकाएर राखिएको १४.२ किलोग्राम तौलका ६ हजार ३७७ सिलिण्डर फेला परेको विभागले जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा