• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन २६, मंगलबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

      अबको सरकारले औषधि ऐनमा आवश्यक संशोधन गर्छ : तोसिमा कार्की

      पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत जाँदै

      मध्यपूर्वको तनावका कारण भारतमा ग्यास आपूर्ति संकट

      नाफा बुकिङपछि नेप्सेमा सामान्य करेक्सन, कारोबार साढे ७ महिनायताकै उच्च

      बाजुराकी भण्डारीले बाटोमै जन्माइन् बच्चा

      काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च, विशेष शतर्कता अपनाउन आग्रह

      अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

      देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ :कुलमान घिसिङ

      देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ :कुलमान घिसिङ

      सुनचाँदीको मूल्यमा वृद्धि

      राजीनामा दिने होइन जिम्मेवारी पुरा गर्ने समय आयो : चन्द्र भण्डारी

      यस्तो छ कोशी प्रदेशबाट नव निर्वाचित माननीयको सूची, को को भए निकटतम प्रतिस्पर्धी ?

      बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल

      धनुषा–१ बाट निर्वाचित मातृका यादवले पाए निवार्चन आयोगबाट प्रमाणपत्र

    होमपेज /  अन्य

    देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको छ :कुलमान घिसिङ

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन २६, मंगलबार (५ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ३० पटक पढिएको
  • काठमाडौं । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले देशलाई दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका छन् ।

    सामाजिक सञ्जालमार्फत उनले देशको समस्या आन्दोलन र घोषणा नभई समस्याको जड कार्यान्वयनको कमजोरी रहेको भन्दै काम गर्न सक्ने नेतृत्व आवश्यक रहेको बताएका हुन् ।

    ‘देशलाई नाराले होइन–दृष्टिकोण, योजना र काम गर्न सक्ने नेतृत्व आवश्यक छ । हामीले धेरै आन्दोलन र घोषणा देख्यौँ, तर समस्याको जड घोषणा होइन, कार्यान्वयनको कमजोरी हो । आज पनि एउटा पुल बनाउन १५ वर्ष लाग्ने, ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई कारबाही गर्न नसक्ने र निर्णय गर्न नसक्ने प्रणालीले विकासलाई रोकिरहेको छ,’ उनले लेखेका छन् ।

    उनले हाल सम्पन्न चुनावलाई केवल राजनीतिक प्रतिस्पर्धा मात्र नभइ भ्रष्टाचार, अनियमितता र अकर्मण्यताविरुद्ध उठेको जनआवाजपछि आएको परिवर्तनको अवसरको रूपमा व्याख्या गरेका छन् ।

    नेपालले विगतमा १८ घण्टासम्मको लोडसेडिङ भोगेको स्मरण गर्दै उनले दृढ निर्णय र नेतृत्वले अँध्यारो हटाउन सम्भव भएको उदाहरण प्रस्तुत गरे । उनले नेपाल विद्युत प्राधिकरणलाई पुनर्जीवित गर्दै विद्युत सेवा विस्तार गरी देशलाई ऊर्जा क्षेत्रमा आत्मनिर्भरतातर्फ अघि बढाइएको दाबी गरे।

    उनले लेखेका छन्, ‘हामीले १८ घण्टासम्मको लोडसेडिङको अँध्यारो पनि देख्यौँ। तर साहसी निर्णय र दृढ नेतृत्वले त्यो अँध्यारोलाई चिरेर उज्यालो सम्भव छ भन्ने प्रमाणित ग¥यौँ । करिब ५८ प्रतिशत घरधुरीमा मात्र विद्युत पुगेको अवस्थाबाट ९९ प्रतिशतसम्म विद्युत पु¥याउने काम भयो । नेपाल विद्युत प्राधिकरणलाई पुनर्जीवित गर्दै देशलाई विद्युत आयातकर्ताबाट निर्यातकर्ता बन्न सक्ने आत्मविश्वास दिलायौँ।’

    त्यसैगरी, आफूले ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा शहरी विकास मन्त्रालयको जिम्मेवारी सम्हाल्दा बञ्चरेडाँडाको फोहोर व्यवस्थापनको अवरोध हटाउने, मेलम्ची खानेपानी पुनः सञ्चालन गर्ने, तातोपानी नाका खुलाउने तथा अलपत्र परेका विकास आयोजनाका ठेक्का तोड्ने जस्ता काम अघि बढाइएको उनले उल्लेख गरेका छन् ।

    घिसिङले चुनावबाट परिवर्तनको अपेक्षासहित राष्ट्रिय स्वतन्त्र पार्टीलाई जनताले ठूलो जनमत दिएको उल्लेख गर्दै सुशासन कायम गर्न उनीहरू सफल होऊन् भन्ने शुभकामना व्यक्त गरेका छन् । साथै सरकारका राम्रा काममा समर्थन र गलत काममा उज्यालो नेपाल पार्टीले रचनात्मक रूपमा खबरदारी गर्ने बताएका छन् ।

    उनले चुनावी हारलाई अन्तिम परिणाम नभई प्राविधिक विषय मात्र भएको उल्लेख गर्दै उज्यालो नेपाल निर्माणको अभियानलाई निरन्तर अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

    ‘हामी काम र परिणाम दिने प्रतिबद्धतासहित चुनावमा होमिएका थियौँ। लोडसेडिङ अन्त्यजस्ता काम गरेर जनताको मन जित्यौँ, तर यसपटक मतमा जित्न सकेनौँ। तर चुनावमा हार प्राविधिक विषय मात्र हो । छोटो समयमै तपाईंहरूले जनअभिमतमार्फत दिएको माया, विश्वास र सद्भाव हाम्रो लागि ठूलो ऊर्जा र मार्गदर्शन बनेको छ,’ उनले लेखेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    यस्तो छ कोशी प्रदेशबाट नव निर्वाचित माननीयको सूची, को को भए निकटतम प्रतिस्पर्धी ?

    बैकल्पिक शक्तिका रुपमा उदाएको रास्वपा अब सबैभन्दा ठूलो दल

    पार्टीले लज्जास्पद हार ब्यहोरेपछि योगेशले भनेः ‘हामी ढलेका हौँ, मरेका होइनौंँ’

    बालेनको चुनावी खर्च १४ लाख १७ हजार, कुन शीर्षकमा कति ?

    कर्णालीको चुनावी नतिजा : रास्वपालाई पत्याएनन् मतदाताले, रहेन कम्युनिस्ट ‘गढ’

    सयद मोज्तबा खामेनेई इरानका नयाँ सर्वोच्च नेता नियुक्त, देशभर उत्सव

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

    अबको सरकारले औषधि ऐनमा आवश्यक संशोधन गर्छ :…

    पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत जाँदै

    मध्यपूर्वको तनावका कारण भारतमा ग्यास आपूर्ति संकट

    पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत जाँदै

    काठमाडौं उपत्यकासहित देशका प्रमुख शहरहरूमा वायु प्रदूषण उच्च,…

    अर्थमन्त्री खनालले गरे राहदानी फिर्ता

    देशले दृष्टिकोण, योजना र काम गर्नसक्ने नेतृत्व खोजेको…

    आर्थिक

    कामना सेवाले सार्वजनिक गर्‍यो २०८३ सालको डिजिटल क्यालेन्डर

    नाफा बुकिङपछि नेप्सेमा सामान्य करेक्सन, कारोबार साढे ७ महिनायताकै उच्च

    सुनचाँदीको मूल्यमा वृद्धि

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    इरान–इजरायल युद्धको प्रभावः रेमिट्यान्सदेखि इन्धन संकटसम्म नेपाल उच्च जोखिममा, सुन–चाँदीको मूल्यमा कस्तो असर ?

    काठमाडौं । इरान र इजरायलबीच चर्किएको युद्ध (जसमा अमेरिका समेत संलग्न छ) ले नेपालजस्तो आयात र रेमिट्यान्समा निर्भर अर्थतन्त्रलाई ‘दोहोरो खतरा’ तर्फ धकेल्ने संकेत...  विस्तृतमा

    को हुन् तारिक रहमान ? १७ बर्षको वनवास सकेर बन्न सक्छन् बंगलादेशको प्रधानमन्त्री, ४ बर्षको उमेरमा पुगेका थिए जेल

    काठमाडौं आइपुगे पुर्वराज ज्ञानेन्द्र शाह, समर्थकहरुको नाराः ‘राजा आउँ देश बचाउँ’

    यस्तो छ, नेपाली कम्युनिष्ट पार्टीको आगामी निर्वाचनका लागि प्रतिबद्धता

    बालेन प्रधानमन्त्री बनेनन् भने आत्मदाह गर्नेछु :अमरेशकुमार सिंह

    विदेशबाट मतदान कति संभव ?

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑