सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । गगन थापा ले पार्टीको निर्वाचन पराजयको नैतिक जिम्मेवारी लिँदै सभापति पदबाट राजीनामा दिने तयारी गरेको जानकारी दिएका छन्।
नेपाली कांग्रेस का सभापति थापाले उपसभापति विश्वप्रकाश शर्मा सँग भएको भेटवार्ताका क्रममा आफू पद त्याग गर्ने सोचमा रहेको बताएका हुन्।
भेटका क्रममा थापाले पार्टीको हारको जिम्मेवारी आफूले लिनुपर्ने भन्दै राजीनामा दिने तयारीमा रहेको बताएका थिए। स्रोतका अनुसार उनले भनेका छन्, “पार्टीको पराजयको जिम्मेवारी लिएर मैले पद त्याग गर्नु उचित हुन्छ, अब म राजीनामा दिन्छु।”
तर उपसभापति शर्माले भने उनलाई तत्काल राजीनामा नदिन आग्रह गरेका छन्। दुवै नेताबीच यस विषयमा सोमबार साँझदेखि काठमाडौंको नयाँ बानेश्वर मा छलफल जारी रहेको स्रोतले जनाएको छ।
पार्टीभित्र निर्वाचन परिणामबारे समीक्षा सुरु भइरहेका बेला सभापति थापाले राजीनामाको संकेत दिएपछि कांग्रेसभित्र थप राजनीतिक चर्चा सुरु भएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा