सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
सुर्खेत । कर्णाली प्रदेशको १२ निर्वाचन क्षेत्रमध्ये सबैभन्दा बढी मत हुम्लामा खसेको छ ।
प्रदेश निर्वाचन कार्यालय सुर्खेतका अनुसार दिउसो १ बजेसम्म कर्णालीमा ३०.७ प्रतिशत मत खसेको छ ।
सबैभन्दा बढी हुम्लामा ४३.७२ प्रतिशत मत खसेको छ भने सबैभन्दा कम दैलेख निर्वाचन क्षेत्र नम्बर २ मा १६.८३ प्रतिशत मत खसेको छ ।
मुगुमा ३७.५५, जाजरकोटमा ३४.५३, डोल्पामा ३४.०५, सल्यानमा ३३.५७, सुर्खेत क्षेत्र नम्बर २ मा ३१.५३ र क्षेत्र नम्बर १ मा ३०.७२ प्रतिशत मत खसेको निर्वाचन आयोेगले जनाएको छ ।
त्यस्तै जुम्लामा ३१.२६, कालिकोटमा २६.७९, दैलेख क्षेत्र नम्बर १ मा २१ दशमलव ९२ प्रतिशत र रुकुम पश्चिममा ३४.५३ मत खसेको छ ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा