• मुख्य समाचार
  • समाचार
  • प्रदेश
  • आर्थिक
  • राजनीती
  • खेलकुद
  • सूचना-प्रबिधि
  • लेख/साहित्य
  • प्रवास
  • लाईफस्टाईल
  • शिक्षा
  • समाज
  • Home
  • About
  • Contact
  • Preeti to Unicode
  • रोमनमा लेख्नुहोस
२०८२ फागुन ७, बिहिबार
    • मुख्य समाचार
    • समाचार
    • प्रदेश
      • कोशी
      • मधेश
      • बागमति
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • आर्थिक
      • अटो
      • कृषि / पशुपालन
      • पर्यटन
      • बजार
      • बैंक
      • रोजगार
    • राजनीती
    • खेलकुद
    • सूचना-प्रबिधि
    • लेख/साहित्य
    • थप
      • पत्रपत्रिका
      • समाज
      • विश्व
      • कला/मनोरञ्जन
      • स्वास्थ्य
      • प्रवास
      • बिचित्र संसार
      • लेख/साहित्य
    • English
    • सुर्खेत पुगेर रवि लामिछानेले भनेः गरिबको बस्तीमा होइन, भ्रष्टाचारीको महलमा डोजर चल्छ

      सिकारुलाई देश जिम्मा दिनुहुँदैन, कांग्रेसले सम्हाल्नुपर्छ : विश्वप्रकाश शर्मा

      भदौ २३ र २४ को आन्दोलनमा मानव अधिकार उल्लङ्घनको घट्ना उल्लेख्य

      निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन माइतीघरमा खबरदारी

      अभिव्यक्ति स्वतन्त्रलाई जीवन्त राख्न मिडियाहरुले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ : उपराष्ट्रपति यादव

      अब सक्रिय चुनावी राजनीतिबाट बाहिरिने माधव कुमार नेपालको उद्घोष

      लोकतन्त्र सुरक्षित हुनका लागि मध्यम वर्गको आर्थिक आकार बढाउन जरुरी : डा.वाग्ले

      डीपी अर्यालद्वारा दुईतिहाइका लागि अपिल

      पुराना दलहरुलाई रविको चुनौती : सबै दल मिलेर चुनाव लड्नुहोस्, घण्टी भर्सेस अल

      चोरी भएका ५३ ओटा दुई पाङ्ग्रे सवारी साधन म्बन्धित धनीलाई हस्तान्तरण

      युवालाई ‘आगो’ को संज्ञा दिँदै ओलीले भने : आगोलाई दिशा र उर्जा आवश्यक हुन्छ

      एमाले नेताविरुद्ध जाहेरी प्रहरीले लिन नमानेपछि पीडित जमुना मिडियामा

      कांग्रेसले पाँच वर्षमा १५ लाख रोजगारी सिर्जना गर्ने

      गगनकुमार थापाद्वारा कांग्रेसको चुनावी प्रतिज्ञा : समृद्धि र समुन्नतीमा सामाजिक न्यायको जोड

      कर्णालीको गहिराइ बुझ्ने र सभ्यता जोगाउने पार्टी हो रास्वपा : बालेन शाह

    होमपेज /  अन्य

    एमालेको घोषणापत्र सार्वजनिक: स्थिरता, विकास र राष्ट्रिय सुरक्षामा जोड

    Authorसेतो खबर

    सेतो खबरद्वारा प्रकाशित गरिएको हो |

    २०८२ फागुन ७, बिहिबार (१४ घण्टा अघि)
    अनुमानित पढ्ने समय : ० मिनेट
  • ५२ पटक पढिएको
  • काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनको पूर्वसन्ध्यामा नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ ।

    विहीबार एक कार्यक्रमकाबीच सार्वजनिक गरिएको घोषणापत्रमा पार्टीले देशको राजनीतिक स्थिरता, सुशासन, समृद्धि र राष्ट्रिय सुरक्षालाई मुख्य प्राथमिकताका रूपमा प्रस्तुत गरेको छ ।

    पार्टीले आफ्नो घोषणापत्रमा भदौ २४ गते भएका हिंसात्मक घटनालाई अप्रत्यासित नभई योजनाबद्ध आक्रमणको रूपमा उल्लेख गरेको छ । सो घटनामा संलग्न केही तत्वहरूले नयाँ शक्ति नामक समूहको मुखुण्डो लगाएर राष्ट्रघात गर्ने प्रयास गरेको पार्टीको तर्क छ ।

    घोषणापत्रमा भनिएको छ,‘देशभर गत भदौ २४ गते गरिएको महाविनाश अप्रत्यासित घटना होइन । नेपाल राष्ट्रको सार्वभौमसत्ता र यसको अस्तित्व मेट्न योजनावद्ध रूपमा गरिएको आक्रमण हो। त्यसका लाभग्राहीहरू सरकारमा कुन रूपमा छन् र निर्वाचनमा कुन रूपमा आएका छन्, तपाईहरूले देख्नुभएकै छ । राष्ट्रका विरुद्ध यति ठूलो महाअपराधको अनुहार छोप्न त्यस घटनामा सामेल केही तत्वहरूले ‘नयाँ शक्ति’को मुखुण्डो लगाएका छन् । हामीले तिनलाई चिन्न ढिलो गर्नु हुँदैन ।’

    नेकपा एमालेले आफूलाई निर्माण र स्थिरताको पक्षमा रहेको र समाजलाई शान्ति, सुव्यवस्था र राजनीतिक स्थिरताको मार्गमा फर्काउने प्रतिबद्धता व्यक्त गरेको छ ।

    पार्टीको भनाइ अनुसार, वर्तमान राजनीतिक अस्थिरता विकास र अर्थतन्त्रको गतिमा अवरोध सिर्जना गर्ने मुख्य कारण हो। यसैले घोषणापत्रमा राजनीतिक स्थिरतालाई सबैभन्दा उच्च प्राथमिकता दिइएको छ ।
    घोषणापत्रमा तत्काल कार्यान्वयन गरिने ११ काम, पाँच आधारभूत घोषणा र समृद्धिका २५ स्तम्भलाई नीतिगत प्राथमिकतामा राखिएको छ ।

    यी योजनाहरू अन्तर्गत सार्वजनिक संरचनाहरूको पुनर्निर्माण, प्रशासनिक कार्यक्षमता सुधार, र नागरिकमा विश्वास फर्काउने काम प्राथमिकतामा राखिएका छन्। पार्टीले सिंहदरबार, सर्वोच्च अदालतलगायत जलाइएका सरकारी संरचनाहरूको पुनर्निर्माण कार्यलाई समयसीमा तोकेर अगाडि बढाउने योजना सार्वजनिक गरेको छ ।

    पार्टीले नेपालको सार्वभौमसत्ता, भौगोलिक अखण्डता, राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको रक्षा गर्ने दाबी गरेको छ । घोषणापत्रमा उल्लेख छ कि असुरक्षा, अव्यवस्था र शान्तिभंग गर्ने स्रोतहरू अन्त्य गरेर नेपाली समाजलाई भयमुक्त, व्यवस्थित र सुरक्षित बनाउने लक्ष्य राखिएको छ ।

    पार्टीले आफ्ना योजनाहरू कार्यान्वयन गर्ने क्रममा प्राथमिकता, समयसीमा र नीतिगत ढाँचा सुनिश्चित गर्ने प्रतिबद्धता पनि जनाएको छ । यससँगै, राजनीतिक अस्थिरता रोक्न, विकासका कार्यक्रमलाई द्रुत गति दिने, र समृद्ध नेपाल, सुखी नेपाली निर्माण गर्ने लक्ष्य घोषणापत्रमा राखिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    सुर्खेत पुगेर रवि लामिछानेले भनेः गरिबको बस्तीमा होइन, भ्रष्टाचारीको महलमा डोजर चल्छ

    निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन माइतीघरमा खबरदारी

    एमाले नेताविरुद्ध जाहेरी प्रहरीले लिन नमानेपछि पीडित जमुना मिडियामा

    उम्मेदवार छनोटमा चलखेल आरोप लगाउँदै रास्वपा बागमति उपसभापति हुमागाईंले दिए राजीनामा

    सुदूरपिश्चमको कुशासन, बेरोजगारी र अशिक्षा सबैको सटर एकैपटक बन्द गरिने छ : सभापति लामिछाने

    राष्ट्रिय स्वतन्त्र पार्टी भोट होइन, काम माग्न आएको हो : बालेन शाह

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सुर्खेत पुगेर रवि लामिछानेले भनेः गरिबको बस्तीमा होइन,…

    सिकारुलाई देश जिम्मा दिनुहुँदैन, कांग्रेसले सम्हाल्नुपर्छ : विश्वप्रकाश…

    भदौ २३ र २४ को आन्दोलनमा मानव अधिकार…

    निर्वाचन निष्पक्ष र धाँधलीरहित बनाउन माइतीघरमा खबरदारी

    अभिव्यक्ति स्वतन्त्रलाई जीवन्त राख्न मिडियाहरुले महत्वपूर्ण भूमिका निर्वाह…

    राष्ट्रपति पौडेलद्वारा राष्ट्रिय प्रजातन्त्र दिवस २०८२ विशेष समारोहमा…

    दुर्गा प्रसाईंको रिहाइ माग्दै नेपाल बन्दसहित आन्दोलन घोषणा

    प्रजातन्त्र दिवसमा ओलीको आह्वान : शहीदको बलिदान सम्झँदै…

    आर्थिक

    सुनचाँदीको मूल्य बढ्यो

    फेरी अण्डाको मुल्य बढ्यो, क्रेटको कति पुग्यो ?

    १५ सय रुपैयाँले घट्यो सुनको मूल्य

    भिडियो संवाद

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    अमन अधिकारीको “गड्स प्लान” सार्वजनिक

    संविधानको भीमार्जुनद्धारा चिरफार, नेपालमा कस्तो संविधान ? कुन देशमा कस्तो व्यवस्था ?

    ज्योतिष डा.अधिकारीको भविष्यवाणी : मुलुक मध्यावधिमा जाने, सरकार कामचलाउ हुने, ओलीलाई संकट

    जाने होइन त गोसाइँकुण्ड ? जहाँ महादेवले त्रिशुलले पहाडमा हानेर पानी निकाले || Gosainkunda Mela

    सेतोखबर बिशेष

    विदेशबाट मतदान कति संभव ?

    युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि...  विस्तृतमा

    दलगत स्वार्थ र व्यवस्थापकीय कमजोरीको नमूना : ‘शान्ति वनस्पति घ्यू उद्योग’

    किसुनजी’को सम्पत्ति टिनको बाकस, सुराही र छाता : क्षणभरमै भयो खरानी

    सुशीला कार्की : प्रधानन्यायाधीशदेखि प्रधानमन्त्रीसम्म

    अब कसरी बन्छ राष्ट्रिय सरकार ?

    जेनजीको प्रस्ताव : सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार

    कांग्रेस महामन्त्रीद्वयको ९ बुँदे निष्कर्ष : प्रधानमन्त्रीले पद त्याग गर्न ढिलाइ गर्दा स्थिति चर्कियो

    महेश बस्नेतको बिलौना : अढाई करोड ऋणमा छु, मेरो सबै सकियो तर विचलित भएको छैन्

    निर्मला पन्त प्रकरणको सात वर्ष : राज्य निरिह हुँदा घट्ना रहस्यमै

    एसइईमा ४ जीपीए ल्याएकी गोमालाई भाटभटेनीका अध्यक्ष गुरुङले एमबीबीएससम्म पढाउने

    न्यायको खोजीमा सिर्जनात्मक आवाज : ‘निर्मला पन्त प्रकरणमा कलाकारहरूको भावुकता’

    पत्राचार ठेगाना

    साझा मिडिया प्रा.ली. का लागी
    - बानेश्वर-१०, काठमाण्डौ
    सम्पादक -आत्माराम खड्का
    [email protected]
    +977-9851113779
    सुचना बिभाग दर्ता नं.: २२५४/०७७–७८
    www.setokhabar.com

    लाईफस्टाईल

    • स्वास्थ्य
    • फिटनेस
    • खाना
    • रिलेशनशिप

    आर्थिक

    • अटो
    • कृषि / पशुपालन
    • पर्यटन
    • बजार
    • बैंक
    • रोजगार

    आबश्यक लिंकहरु

    • हाम्रो टिम
    • हाम्रो बारेमा
    • सम्पर्क
    • FIFA World Cup 2018
    • स्थानीय चुनाव २०७९

    सामाजिक सञ्जाल

    • Facebook
    • Twitter
    • YouTube
    • Instagram
    • Linkedin
    • Tiktok
    © 2016 - 2026: Seto Khabar सर्वाधिकार सुरक्षित | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑