सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । हुमागाईंले ७ बुँदे असन्तुष्टि सार्वजनिक गर्दै पार्टीबाट राजीनामा दिएका छन् ।
उनले प्रतिनिधिसभा सदस्य उम्मेदवार छनोट प्रक्रियामा चरम चलखेल भएको आरोप लगाउँदै समर्पित कार्यकर्तालाई पाखा लगाएर चाकडी गर्ने, नेतृत्वलाई खुसी पार्ने र वरिपरि घुम्ने व्यक्तिहरूलाई प्राथमिकता दिइएको बताएका छन् ।
‘पार्टीमा समर्पित कार्यकर्ताहरूलाई पाखा लगाई अन्य दलबाट हालसालै आएका व्यक्तिहरूलाई प्राथमिकता दिइएको छ,’ उनले उल्लेख गरेका छन्, ‘गीत गाइरहेका सामाजिक अभियन्ता भनेर हिँडिरहेका चटकदार व्यक्तिहरूलाई स्वार्थका आधारमा उम्मेदवार बनाइएको छ ।’
यसका साथै उनले केन्द्रीय संरचना विस्तारमा अपारदर्शिता, सदस्यता तथा आर्थिक व्यवस्थापनमा गम्भीर प्रश्न, विधान उल्लंघन, आन्तरिक लोकतन्त्रमाथि प्रहार, प्रदेश तथा तल्लो तहको आवाजको बेवास्ता, शीर्ष नेतृत्वमाथि नैतिक प्रश्न तथा पार्टीभित्र संरचनागत विकृति र निजी स्वार्थ मौलाएको आरोप लगाएका छन् ।
हुमागाईंले अघिल्लो निर्वाचनमा काभ्रे २ बाट १० हजार ५७३ मत प्राप्त गरेका थिए ।
पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र उम्मेदवार चयन प्रक्रिया र आर्थिक पारदर्शितामाथि प्रश्न उठाउँदै पार्टी छाड्नेको संख्या बढ्दो क्रममा छ । हिजो मात्रै ममता शर्मा र खेम कुमारी भुर्तेलले पनि पार्टी परित्याग गरेका थिए ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा