सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
धनगढी। दार्चुला, महाकाली नगरपालिका–४ मा प्रहरी हवल्दार योगेन्द्र घर्तीको हत्या प्रकरणमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ भने चार जना अझै फरार छन्।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टका अनुसार पक्राउ पर्नेमा महाकाली नगरपालिका–४ का २० वर्षीया दिपिका पाल, २१ वर्षीया पायल लुहार र सुरेन्द्र बम रहेका छन्।
एसएसपी विष्टले भनेका छन् कि घटनामा संलग्न तथा सहयोगीको भूमिका खेलेका अन्य चार जना फरार छन्। फरार हुनेमा अस्मिता बियर बारका सञ्चालक आशिक पाल, उनकी जेठी श्रीमती लक्ष्मी बडु, भाइ मनिस पाल र शव व्यवस्थापनमा सहयोग गर्ने राजेन्द्र डडाल रहेका छन्।
प्रहरीका अनुसार, पक्राउ परेकी दिपिका पाल आशिक पालकी कान्छी श्रीमती हुन्। प्रारम्भिक अनुसन्धानका क्रममा अस्मिता बियर बारमा कान्छी श्रीमती दिपिकालाई जिस्काएको भन्दै उनका श्रीमान आशिकले प्रहरी हवल्दार घर्तीमाथि कुटपिट गरेका थिए।
पक्राउ परेकाहरुले प्रहरीलाई दिएको बयान अनुसार आशिक र उनका भाइले घर्तीलाई कुटपिट गरी हत्या गरेको पुष्टि भएको छ। एसएसपी विष्टले घर्तीको टाउकोमा धारिलो हतियार प्रहार गरिएको पाइएको पनि जानकारी दिए।
प्रहरीले फरार व्यक्तिहरूको खोजी तथा घटनाबारे थप अनुसन्धान जारी राखेको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा