सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभा निर्वाचनको सुरक्षामा कुनै चुक्न नदिने गरी सुरक्षा फौजलाई विशेष निर्देशन दिएकी छन्।
महाशिवरात्रि र सेना दिवसको पूर्वसन्ध्यामा सैनिक मुख्यालय जङ्गी अड्डामा आजदेखि सुरु भएको पृतनापति समन्वयात्मक बैठकमा उनले विगतका निर्वाचनका क्रममा देखिएका समन्वयगत त्रुटि र रिक्तता यसपटक दोहोरिन नदिन विशेष ध्यान दिन आग्रह गरेकी हुन्।
प्रधानमन्त्री कार्कीले बैठकमा भनिन्, “यस निर्वाचनलाई सुरक्षित तवरले सम्पन्न गर्न अघिल्ला चुनावका अनुभव र आसन्न निर्वाचनका विविध आयामको विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायसँग समन्वय गरेर त्रुटिरहित ढङ्गले काम गर्नु आवश्यक छ।”
उक्त बैठकमा उनी नेपाली सेनाले निर्वाचनी सुरक्षा सुनिश्चित गर्न पाएको जिम्मेवारी उत्कृष्ट ढंगले सम्पादन गर्नेमा पूर्ण विश्वस्त रहेको पनि स्पष्ट गरेकी छिन्। साथै, उनले जनतालाई सुरक्षाको प्रत्याभूति दिलाउँदै सबै राजनीतिक दलका गतिविधि बिनाअवरोध सञ्चालन हुने वातावरण सुनिश्चित गर्न अन्य सुरक्षा निकायसँग सहकार्यमा स्पष्ट कार्ययोजना बनाउन निर्देशन दिइन्।
बैठकमा प्रधानसेनापति अशोकराज सिग्देल, रक्षा सचिव, बलाधिकृत, रथी वृन्द, रक्षा मन्त्रालय तथा नेपाली सेनाका उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा