सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
रामेछाप। काठमाडौंबाट ओखलढुंगाका लागि छुटेको यात्रुवाहक बस तामाकोशी नदीमा खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको छ भने छ जना घाइते भएका छन्।
काठमाडौंबाट ओखलढुंगाको रगनी जाँदै गरेको बा ९९७५ नम्बरको बस रामेछापको मन्थली नगरपालिका–स्थित मचानेटार भन्ने स्थानबाट अनियन्त्रित भई तामाकोशी नदीमा खसेको हो।
दुर्घटनामा घाइते भएका छ जना यात्रुलाई उद्धार गरी उपचारका लागि नजिकको स्वास्थ्य संस्थामा पठाइएको उद्धारमा संलग्न एक जना प्रहरीले जानकारी दिएका छन्।
बसमा कति जना यात्रु सवार थिए भन्ने कुरा हालसम्म यकिन हुन नसकेको र घटनास्थलमा सुरक्षाकर्मी तथा स्थानीयको सहयोगमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।
युवराज गौतम / काठमाडौँ । मुलुकमा यतिबेला प्रतिनिधि सभा निर्वाचनको तयारी भइरहेको छ । आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा विदेशमा बस्ने नेपालीहरुलाई कसरी सहभागि... विस्तृतमा