सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले अभिनेता सुनील थापाको असामयिक निधनप्रति दुःख व्यक्त गरेकी छिन् ।
शनिबार विज्ञप्ती जारी गर्दै उनले नेपाली सिनेमा क्षेत्रका लोकप्रिय अभिनेता सुनील थापाको असामयिक निधनको खबरले आफू मर्माहत भएको बताएकी हुन् ।
थापाको निधनसँगै नेपाली र भारतीय चलचित्र जगतले एक बहुआयामिक कलाकार मात्र नभई दरिलो खम्बा गुमाउन पुगेको उनको भनाई छ ।
‘चिनो’ का राते काइँलादेखि ‘मेरी कोम’ का प्रशिक्षकसम्ममा खलनायक र सहनायकका उम्दा भूमिकाबाट करोडौँ मन जित्न थापा सफल भएको भन्दै उनका यी हरेक चरित्र दर्शकको स्मृतिमा सदैव जीवित रहने उनले बताइन् ।
प्रधानमन्त्री कार्कीले चार दशकभन्दा बढी समयको उनको साधना, समर्पण र योगदान भावी पुस्ताका कलाकारका लागि प्रेरणाको स्रोत रहने धारणा राखिन् ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा