सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । लुम्बिनी प्रदेश सभाकी सदस्य अम्बिका काफ्लेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार खगेन्द्र सुनारलाई कानुनअनुसार तीन वर्षसम्म कैद सजाय हुनुपर्ने माग गरेकी छन्।
बुधबार बसेको लुम्बिनी प्रदेश सभाको बैठकमा बोल्दै सांसद काफ्लेले खगेन्द्र सुनारले ‘गाईको मासु खान पाउनुपर्ने’ अभिव्यक्ति दिएको भन्दै त्यसले सामाजिक तथा धार्मिक सद्भावमा नकारात्मक असर पार्ने बताएकी हुन्।
उनले संविधानले नेपाललाई धर्मनिरपेक्ष राज्य घोषणा गरे पनि गाईगोरु सम्बन्धी विषय अत्यन्त संवेदनशील रहेको उल्लेख गरिन्। ‘सामाजिक र धार्मिक सद्भाव बिगार्ने किसिमका अभिव्यक्ति कसैले पनि दिन हुँदैन। कानुन सबैका लागि समान हुन्छ,’ सांसद काफ्लेले भनिन्।
उनका अनुसार मुलुकी अपराध संहिताले गाईगोरु मार्न तथा मासु खान निषेध गरेको छ र यस्तो कसुरमा तीन वर्षसम्म कैद सजायको व्यवस्था रहेको छ। ‘कानुनले निषेध गरेको विषयमा सार्वजनिक रूपमा यस्ता अभिव्यक्ति आउनु गम्भीर विषय हो,’ उनले भनिन्।
सनातन धर्मावलम्बीहरूले पूज्ने गाईगोरुका विषयमा यस्तो धारणा सार्वजनिक हुनु दुर्भाग्यपूर्ण भएको उल्लेख गर्दै उनले कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाउन सरकारसँग माग गरिन्।
यस विषयमा रास्वपा वा उम्मेदवार खगेन्द्र सुनारको तर्फबाट हालसम्म औपचारिक प्रतिक्रिया आएको छैन।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा