सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेपाली कांग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिका सभापति सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अकुत सम्पत्ति आर्जन गरेको आरोपमा चालिसेसहित पाँच जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। आयोगले चालिसेकी पत्नी मन्दिरा चालिसे, छोराहरू सागर चालिसे र सन्दीप चालिसे तथा बुहारी प्रमिला पोखरेललाई पनि प्रतिवादी बनाएको छ।
अख्तियारले चालिसेविरुद्ध करिब ३ करोड ६८ लाख रुपैयाँ बराबरको बिगो दाबी गरेको छ।
चालिसे २०७४ देखि २०७९ सम्म काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका मेयर रहेका थिए। २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा उनी काठमाडौं क्षेत्र नं. ३ बाट सांसद निर्वाचित भएका हुन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा