सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं। चर्चित लोक गायिका सुनिता दुलाल करिब ४० वर्षको उमेरमा औपचारिक रूपमा राजेश केसीसँग इन्गेजमेन्ट गरेकी छन्। बिहीबार सम्पन्न इन्गेजमेन्ट समारोहका केही तस्बिरहरू उनले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेकी हुन्।
फोटोसहित दुलालले आफूहरूको नयाँ यात्राबारे लेख्दै भावनात्मक सन्देश साझा गरेकी छन्—
“जीवनको नयाँ अध्याय—एक अर्काको हात समाएर, साथ–साथै अघि बढ्ने प्रतिज्ञा । हामीले सुरु गरेको यो नयाँ यात्रा प्रेम, सम्मान र विश्वासले भरियोस् । हाम्रो सँगैको यो खुसी तपाईँहरूको आशिषमा अझ सुन्दर बनोस् ।”
उनीहरूको विवाह मंसिर १३ गते (शनिबार) काठमाडौँस्थित एक रिसोर्टमा सम्पन्न हुने भएको छ। नजिकका साथी–परिवारको उपस्थितिमा हुने यो विशेष क्षणलाई दुलालले सार्वजनिक गर्दै आफ्ना खुसीका भावना व्यक्त गरेकी छन्।
इन्गेजमेन्टपछि सुनिताले लेखिन्ः
“जीवनको नयाँ अध्याय, एकअर्काको हात समाएर, साथ–साथै अघि बढ्ने प्रतिज्ञा। हामीले शुरू गरेको यो नयाँ यात्रा प्रेम, सम्मान र विश्वासले भरियोस्। हाम्रो सँगैको यो खुसी तपाईंहरूको आशिषमा अझ सुन्दर बनोस्।”
चर्चित गायिका सुनिता दुलालले आफ्नो लामो र गहिरो प्रेम सम्बन्धलाई अन्ततः वैवाहिक रूप दिन लागेकी हुन्। उनी आगामी १३ मंसिरमा प्रेमी राजेश केसीसँग विवाह गर्ने तयारीमा छिन्। रुकुम पश्चिमका रहने राजेश केसी हाल काठमाडौँमा बस्दै आएका छन्। पेशाले इन्जिनियर रहेका केसी निर्माण व्यवसायमा समेत सक्रिय छन्। करिब चार वर्षअघि मित्रताको रूपमा सुरु भएको सम्बन्ध समयसँगै प्रेममा बदलिएको सुनिताले नजिकका साथीहरूलाई बताउँदै आएकी छन्।
काठमाडौं । स्पेनले अर्जेन्टिनालाई १–० ले पराजित गर्दै सन् २०२६ को फिफा विश्वकपको उपाधि जितेपछि विश्व फुटबलमा युवा स्टार लामिन यामाल सबैभन्दा बढी चर्चामा रहे। फाइनलमा... विस्तृतमा