सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । भारतको कम्पनी पीटीसी इन्डिया सँग गरिएको विद्युत् खरिद–बिक्री सम्झौतामा राष्ट्रलाई करोडौं रुपैयाँको नोक्सानी पुर्याएको आरोप लगाउँदै **‘जेन–जी मुभमेन्ट’**ले ऊर्जामन्त्री कुलमान घिसिङको बर्खास्तीको माग गरेको छ।
मुभमेन्टका प्रवक्ता विजय साहले मंगलबार जारी गरेको विज्ञप्तिमा ऊर्जा मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणको संलग्नतामा गरिएको सम्झौताबाट करिब ४३ करोड रुपैयाँ बराबरको आर्थिक क्षति भएको दाबी गरिएको छ।
विज्ञप्तिमा भनिएको छ, “ऊर्जामन्त्री कुलमान घिसिङलाई तत्काल पदमुक्त गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा मुद्दा दर्ता गर्नुपर्छ।”
त्यसैगरी, मुभमेन्टले प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवाललाई निलम्बन गरी सम्पत्ति शुद्धीकरण ऐन अन्तर्गत छानबिन सुरु गर्नुपर्ने माग गरेको छ।
विद्युत् नियमन आयोगलाई सम्बोधन गर्दै मुभमेन्टले स्वतन्त्र छानबिन समिति गठन गरी सबै विद्युत् सम्झौता सार्वजनिक गर्न र राष्ट्रघाती कार्यमा संलग्न व्यक्तिहरूलाई कानुनी कारबाही गर्नुपर्ने माग समेत अघि सारेको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा