सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । कुमारी बैंक लिमिटेडले जीवित देवी कुमारी तृष्णा शाक्य (निवर्तमान) लाई छात्रवृत्ति रकम हस्तान्तरण गरेको छ। बैंकले विगतका वर्षहरूमा संकलन गर्दै आएको शैक्षिक छात्रवृत्ति कोष अन्तर्गत एक औपचारिक समारोहमार्फत कुल रु. ७,३८,८११.९५ को रकम शाक्यलाई प्रदान गरेको हो।
बैंकले प्रत्येक वर्ष बसन्तपुरकी जीवित देवी कुमारीको शैक्षिक प्रयोजनका लागि उनको कार्यकाल सुरु भएको वर्षदेखि हरेक वर्ष रु. १ लाख का दरले छात्रवृत्ति कोषमा रकम जम्मा गर्दै आएको छ। यस छात्रवृत्तिको उद्देश्य कुमारीको कार्यकाल समाप्तिपछि उनको आगामी शैक्षिक यात्रामा सहयोग पुर्याउनु रहेको बैंकले जनाएको छ।
२४ वर्षदेखि निरन्तर बैंकिङ सेवा दिँदै आएको कुमारी बैंकले देशभरका ३०२ शाखा, ५० एक्सटेन्सन काउन्टर, ४८ शाखारहित बैंकिङ इकाइ र ३१७ एटीएम मार्फत सेवा दिइरहेको छ। बैंकले शिक्षा, स्वास्थ्य, उद्यमशीलता र वातावरण संरक्षणजस्ता क्षेत्रमा सामाजिक उत्तरदायित्वअन्तर्गतका कार्यक्रमहरू निरन्तर सञ्चालन गर्दै आएको छ।
बैंकले आगामी दिनमा पनि यस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ सशक्त रूपमा अघि बढाउने प्रतिबद्धता जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा