सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली अबदेखि भक्तपुरको गुण्डुमा बस्ने भएका छन्। भदौ २४ गतेको आन्दोलनका क्रममा बालकोटस्थित ओलीको निवास जलेर ध्वस्त भएपछि उनी बालकोट नफर्की गुण्डुमै बस्ने तयारीमा छन्।
एमाले पोलिटब्युरो सदस्य महेश बस्नेतले सामाजिक सञ्जालमार्फत गुण्डुमा ‘ओलीकुटी’ नामक नयाँ आवास निर्माणको तयारी भइरहेको जानकारी दिएका छन्। उनका अनुसार, गुण्डुबासीको भावनात्मक पहलमा ओलीका लागि आवास निर्माणको संकल्प गरिएको हो।
बस्नेतले भने, “अध्यक्ष केपी शर्मा ओलीका लागि ‘ओलीकुटी’ निर्माण गर्ने संकल्प स्थानीयले गरेका छन्। म संयोजकको भूमिकामा रहनेछु,” भन्दै उनले भवनको डिजाइनबारे सुझाव सङ्कलन गर्न थालिएको र देशभरबाट समर्थन आइरहेको बताए।
उनले केही संभावित नमुना घरका तस्वीरहरू पनि सार्वजनिक गरेका छन्।
ओलीले यसअघि आफ्नो बालकोटस्थित निवास मरणोपरान्त राज्यलाई दिने घोषणा गरिसकेका छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा