सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी पूर्वसचिव डा. सङ्गीता मिश्रविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले एमआरआई मेसिन खरिदमा अनियमितता गरेको आरोपमा आइतबार विशेष अदालतमा मुद्दा दर्ता गरेको हो। अख्तियारका अनुसार, मिश्रले स्वास्थ्य सेवा विभागकी महानिर्देशकका रूपमा रहँदा खरिद प्रक्रिया अघि बढाएका थिए।
खरिदका क्रममा सार्वजनिक खरीद ऐन र नियमावली उल्लङ्घन गरी राज्यलाई करिब १४ करोड रुपैयाँ बिगो पुगेको ठहर गर्दै उनीविरुद्ध मुद्दा दायर गरिएको आयोगले जनाएको छ।
अख्तियारका प्रवक्ताका अनुसार, “एमआरआई खरिदका क्रममा मूल्याङ्कन, स्वीकृति प्रक्रिया र आपूर्तिकर्ता छनोटमा अनियमितता भेटिएको छ। सोही आधारमा उनीविरुद्ध मुद्दा दायर गरिएको हो।”
डा. मिश्र हालै गठन भएको अन्तरिम सरकारले स्वास्थ्य मन्त्रालयको नेतृत्व गर्न तयार गरेको सम्भावित व्यक्तिमध्ये एक थिइन्। उनी जेनजी आन्दोलनपछि बनेको नयाँ सरकारमा स्वास्थ्य मन्त्री बन्ने तयारीमा थिइन्।
तर अख्तियारले उनीमाथि भ्रष्टाचारको मुद्दा दर्ता हुनसक्ने संकेत प्रधानमन्त्री सुशीला कार्की निकट संयन्त्रलाई दिएको केही दिनमै उनको नाम अन्तिम सूचीबाट हटाइएको स्रोतले बताएको छ।
मिश्राले त्यसअघि मन्त्रालयको सचिव पदबाट राजीनामा दिएकी थिइन्, जसपछि मन्त्रीको रूपमा उनको नाम चर्चामा आएको थियो।
मुद्दा विशेष अदालतमा दर्ता भइसकेको र अब प्रारम्भिक सुनुवाइ प्रक्रिया अघि बढ्ने अख्तियारले जनाएको छ। अदालतले मुद्दा दर्ता भएको केही दिनभित्र नै मिश्रालाई उपस्थित हुन समन्स पठाउने तयारी गरेको बताइएको छ।
अख्तियारले एमआरआई खरिदमा संलग्न अन्य अधिकारीहरूमाथि पनि अनुसन्धान जारी रहेको जनाएको छ।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा