सेतो खबरद्वारा प्रकाशित गरिएको हो |
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ तोसिमा कार्कीले नयाँ पुस्ताका राजनीतिक शक्तिहरूबीच एकता आवश्यक रहेको बताएकी छन्। उनले देशको समृद्धि र राजनीतिक स्थायित्वका लागि नयाँ पुस्ताले अब “अलमल नगरी एउटै मोर्चामा” उभिनुपर्नेमा जोड दिएकी छन्।
कार्कीले मंगलबार बिहान सामाजिक सञ्जाल फेसबुकमा लेख्दै नयाँ पुस्ताका नेताहरूबीच अहंकार र हठका कारण विखण्डन भइरहेको भन्दै त्यसले परिवर्तनको सपना कमजोर बनाएको टिप्पणी गरेकी हुन्।
उनले लेखेकी छन्–’अलमल गर्ने समय छैन। नो इफ, नो बट्स! नयाँ भन्नेहरू एकढिक्का हुनैपर्छ। देश बनाउने नै हो भने मत क्रान्तिको लागि एकै ठाउँ उभिन नयाँ भन्नेहरू, रास्वपालगायत सबैले आ–आफ्नो हठ त्याग्नैपर्छ।’
कार्कीका अनुसार नयाँ सोचका दल र व्यक्तिहरूबीच आपसी अविश्वास र स्वार्थी राजनीति हाबी हुँदा जनतामा परिवर्तनप्रतिको विश्वास घट्दै गएको छ। उनले राजनीतिक हठ र व्यक्तिगत स्वार्थले देशको हितभन्दा ठूलो रूप लिनु दुःखद रहेको बताएकी छन्।
व्यङ्ग्यात्मक शैलीमा उनले लेखेकी छन्–’हठकै राजा महाराजा हुनुथ्यो त ओली छँदै थिए नि!’
उनको उक्त अभिव्यक्तिलाई राजनीतिक वृत्तमा नयाँ पुस्ताका दलहरू—जस्तै रास्वपा, जनमत, नेवाज, स्वतन्त्र उम्मेदवार समूहहरू लगायतबीच देखिएको दूरी र असहमतिप्रति लक्षित टिप्पणीका रूपमा व्याख्या गरिएको छ।
राजनीतिक विश्लेषकहरूले कार्कीको टिप्पणीलाई आगामी चुनाव र नयाँ पुस्ताको राजनीतिक पुनर्संरचना सन्दर्भमा महत्वपूर्ण सन्देशका रूपमा लिएका छन्। उनीहरूले यसलाई “विभिन्न युवा र सुधारवादी शक्तिहरूबीच सम्भावित एकताको संकेत” पनि भनेका छन्।
तोसिमा कार्की हाल रास्वपाकी केन्द्रीय नेतृ हुन्। चिकित्सक पृष्ठभूमिबाट राजनीतिमा प्रवेश गरेकी उनले संसदमा सशक्त बहस गर्ने नेतृको रूपमा पहिचान बनाएकी छन्। हालसालै उनले पार्टीभित्र र बाहिर दुवै पक्षप्रति समीक्षात्मक र एकतामूलक सन्देश दिँदै आएकी छन्।
काठमाडौं । भावी प्रधानन्यायाधीश नियुक्तिका लागि सिफारिस गर्ने उद्देश्यले आज संवैधानिक परिषद्को बैठक बस्दैछ। परिषद्का अध्यक्ष तथा प्रधानमन्त्री बालेन्द्र शाह... विस्तृतमा